बालअधिकारका कुरा कागजमा मात्र सिमित

रेखाकुसुम रेग्मी

काठमाडौं। इट्टाभट्टामा काम गर्ने सिर्जना तामाङले शरीर अस्वस्थ्य भएको बेलामा समेत आराम गर्न पाउँदिनन् । “अरुले सञ्चो नहुँदा र महिनावारी हुदाँ समेत आराम गर्छन्, तर मलाई त आराम गर्नु भन्दा पनि कामको चटारो उस्तै हुन्छ,” सिर्जनाले बाध्यता सुनाईन्। आर्थिक अभावका कारण कामका लागि सपरिवार ललितपुरको इटाभटट्ामा आएकी १४ वर्षिया सिर्जना बिहान स्कूल जान्छिन् भने दिउँसो आमा बुवासँगै काम गर्ने गर्छिन्। बुवाआमासँगै काम गरेपनि, उत्तिकै समय खर्चेपनि  ठूल्ाो उमेरका मान्छे र आफूले पाउने पारिश्रमिकमा फरक रहेको उनलाई कत्तिपनि चित्त बुझेको छैन्। “ठूला मान्छेले इट्टा बनाए वापत सात आठ सय पाउँछन् तर मैले भने तीन सय रुपैया मात्रै पाउँछु।” पारिश्रमिक फरक हुनुमा उनको बुझाई यस्तो थियो, “साना मान्छे भनेर हेपेका होलान नी।” पाल टाँगेर इट्टाभट्टा परिसरमा सुत्ने सिर्जनासँग जाँडरक्सी खाएर होहल्ला गर्ने, जिक्साउने, यौनदुव्यवहार गर्न समेत आईलाग्नेलगायतका समस्या झेल्नु परेको तीतो अनुभव छ। “राति सुत्दा पनि आराम छैन हामीलाई” उनले मलिन अनुहारमा सुनाईन्।
कार्पेट क्षेत्रमा श्रम गरिरहेकी सिर्जनाकै साथी युगकुमारी श्रेष्ठको पनि आफ्नै समस्या छ। कहिलेकाही बिहान छ बजेदेखि बेलुका नौं बजेसम्म कार्पेट क्षेत्रमा काम गर्नुपर्ने बाध्यताका कारण धेरै पटक स्कुल छुट्ने गरेको उनको गुनासो छ। “काम नगरी खान पाईन्न, काम गर्न थाल्ने हो भने पढ्न पाईन्न। त्यसैले दिनभरी काम गर्छु, कहिले बिहान स्कुल जान्छु, तर राति नसुतेर भएपनि पढ्छु”– युगकुमारीले आफ्नो दिनचर्या सुनाईन्। उनले कुनै पुस्तकमा बिहान छ बजेदेखि बेलुका छ बजेसम्म बालबालिकालाई काम लगाए दण्डसजाय हुन्छ भन्ने कुरा पढेको भएपनि कार्पेट क्षेत्रमा काम गर्ने धेरै बालबालिकाहरू बिहान ४ बजेदेखि बेलुका ९ बजेसम्म काम गरिरहेको अवस्था सुनाईन्। आमाबुवा दुवैको मृत्यु भएपछि पेट पाल्न र पढ्नका लागि १५ वर्षिया सपना ओझा बालभरिया बन्न बाध्य भईन्। ‘मर्नु भन्दा बहुलाउनु बेश, नपढ्नु भन्दा काम गरेर पढ्नु बेश’ भन्ने सोचर आफू काम गरेर पढन थालेको भन्ने सपनाको मनै बिझाउने उक्ति छ। उनी पनि बिसञ्चो वा महिनावारी हुदाँ काममै जोतिनु पर्छ। राजधानीको एक सरकारी स्कुलमा कक्षा ९ मा पढिरहेकी सपनालाई स्कुलका साथीहरूले समेत भरिया भनेर जिस्काउँदा एकदमै नरमाईलो लाग्ने गर्दछ। “श्रम गरेर गर्वका साथ बाँच्न नपाईने भयो”,तिक्तताका साथ सुनाईन्। मनोरञ्जनका क्षेत्रमा काम गर्ने  १५ वर्षिया विन्दा पाण्डे  काम गर्दा धेरै बालिकाहरूले दबाबमा काम गर्नु पर्ने यसो नगरे शारीरिक तथा मानसिक यातना खप्नु पर्ने समस्या भोगिरहेको सुनाउन बिर्सिदैनन्। “बालबालिकालाई माया मात्रै हैन अवसर पनि सँगसँगै दिनुपर्छ” भेटिने जो कोहीसँग उनले माग गरिन्। ललितपुरस्थित हरिसिद्धि उच्चमाविका प्राधानाध्यापक धर्मगोविन्द महर्जनले सो विद्यालयका कूल विद्यार्थीहरूमध्ये करिब चार सय विद्यार्थी घरेलू, गलैचा, इट्टाभट्टामाहरूले अध्ययन गरिरहेको र दिनभरी काम गर्ने भएकाले यस्ता बालबालिकाको पढाई पनि कमजोर भएको बताउनुभयो।
श्रमिक बालिका राष्ट्रिय सञ्जालका अध्यक्ष रमा खड्का नेपालका विभिन्न श्रम क्षेत्रमा कार्यरत बालबालिकाहरूमध्ये बालिकाहरू जोखिममा परेको बताउदै नयाँ बन्ने संविधानमा बालश्रममुक्त नेपाल भनेर सुनिश्चित गरिनुपर्ने माग गर्नुहुन्छ। न्ोपालको अन्तरिम संविधानले १६ वर्षमुनिकालाई बालबालिका भनी परिभाषित गरेको छ। अन्तरराष्ट्रिय मान्यताले भने यो उमेरमा दुई वर्ष थप गरी १८ वर्षमुनिकालाई बालबालिका भनी अर्थ्याएको छ। तर, नेपाली समाजले यी सबै कानुनी मान्यता र प्रावधानहरूलाई चुनौती दिएकै कारण युगकुमारी, सिर्जना, विन्दा सपनाजस्ता करिब १८ लाख बालबालिका श्रमका क्षेत्रमा संलग्न छन्। ती मध्ये करिब एक लाख २७ हजार बालबालिका श्रमको जोखिम क्षेत्रमा काम गरिरहेको विभिन्न संस्थाका तथ्याङ्ले देखाएका छन्।
दश वर्षदेखि १४ वर्षउमेरका मजदुर बालबालिकाको तुलनामा बालिकाहरूले कडा काम गर्ने गरेका छन्। यसरी काम गर्दा बालिकाको शारीरिक तथा श्रमको अत्यधिक शोषण हुने गरेको छ। राजधानीमा झन धेरै श्रमिक बालबालिका छन्। समाज सेवा तथा मानव अधिकारमा महिला र वालवालिका (सिविस)ले  काठमाडौँ महानगरपालिकाको नौवटा वडामा गरिएको सर्वेक्षणका आधारमा तयार पारि हिजो सार्वजनिक गरिएको एक प्रतिवेदनमा कूल दुई हजार ३२४ जना घरेलु श्रमिक रहेकोमा १४ वर्षमुनिका ६५ प्रतिशत वालिका र ३५ प्रतिशत वालक रहेको उल्लेख छ।
बालबालिकालाई श्रम क्षेत्रबाट सधैंका लागि मुक्त गरी उनीहरूको गाँस,बास,कपास,शिक्षा र स्वास्थ्य सुनिश्चित गर्ने रणनीति र कार्यक्रमसहितको भरपर्दो अभियान थाल्न आवश्यक छ। चाहे त्यो अभियान पाँच वर्षसम्म किन नलम्बियोस्। तर पाँच वर्षपछि भएपनि सो अभियानले एउटा ठोस परिणाम ल्याउन सकोस्। जस्तो कि, श्रमको एउटा क्षेत्र जस्तै “इट्टाभट्टाका सबै श्रमिक बालबालिकालाई पुनस्थापित  गरिसकियो है” भन्ने परिणाम आओस्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: