प्रचण्डको राजनीतिका तीन वर्ष

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड करिब २५ वर्ष लामो भूमिगत जीवन त्यागेर सार्वजनिक जीवनमा उदाएको आज ठीक तीन वर्ष पुगेको छ। दश वर्षे जनयुद्ध हाकेर अन्तर्राष्ट्रिय चर्चामा आएका प्रचण्डले सार्वजनिक जीवनको तीन वर्षमा आफ्नो पुरानो छविलाई कायम राख्न सकेन जनयुद्धबाट सोझै प्रधानमन्त्री निवास बालुवाटारमा २०६३ असार २ गते सार्वजनिक भएका प्रचण्ड सत्ता सञ्चालनमा असफलता व्यहोर्दै बालुवाटारबाटै बहिर्गगमन भए। जनयुद्धमा मुलुक हल्लाएका प्रचण्ड अहिले माओवादी पार्टीको इतिहासमै अल्पमतमा परेको पीडा खेप्दै पोलिटब्यूरो बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन तयार गरिरहेका छन्। जुन प्रतिवेदन प्रचण्डले भूमिगत जीवन त्यागेकै दिन (असार २ गते) आजबाट सुरु हुने माओवादी पोलिटब्यूरो बैठकमा पेश हुँदैछ।करिब १५ हजार नेपालीको ज्यान लिएको जनयुद्ध विसर्जन गरी शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्डले यो तीन वर्षमा मुलुकमा छाप छोड्न लायक कुनै काम गर्न सकेनन्। गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्डको सपना प्रथम राष्ट्रपति बन्ने थियो। तर, समयले उनलाई यसरी ठग्यो कि संविधानसभा निर्वाचनमा उनको माओवादी पार्टी अप्रत्यासित रुपमा मुलुकको सबैभन्दा ठूलो पार्टी भए पनि प्रचण्ड राष्ट्रपति हुन सकेनन्। गणतन्त्र नेपालको भावी राष्ट्रपतिका रुपमा प्रचण्डलाई फिल्मी हिरो जस्तै प्रस्तुत गरेर माओवादीले संविधानसभा निर्वाचनमा मत मागेको थियो।

अस्थिर चरित्र
भूमिगत जीवन त्यागेर सार्वजनिक भएकै दिन नेपाली सेनालाई गाली गरेर विवादमा तानिएका प्रचण्डले संविधानसभामा बसेको व्यवस्थापिका संसदको बैठकमा माओवादी बाहेक सबै राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिलाई गाली गरेर प्रधानमन्त्रीको कुर्सी छोडे। नेकपा एमालेका नेता केपी शर्मा ओलीको भाषामा ‘अरुको कानमा चिनी भर्न’ खप्पिस प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वकालमा राष्ट्रिय सहमति कायम गर्न सकेनन्। अनौठो संयोग छ– प्रचण्ड र नेपाली सेनाबीच। २०६३ साल असार २ गते बालुवाटारमा नेपाली सेना ‘बलात्कारी’ भएको टिप्पणी गरेका प्रचण्डले सेनासँगको टसलकै कारण प्रधानमन्त्रीको  कुर्सी छोड्नुपरेको तीतो यथार्थता व्यहोरेका छन्। सेनाका बारेमा गरेको टिप्पणीको सर्वत्र आलोचना भएपछि प्रचण्डले ‘क्षमा’ मागेका थिए। त्यसपछि पार्टीले काठमाडौं खुलामञ्चमा आयोजना गरेको आमसभामा प्रधानसेनापति रुक्मांगत कटवाललाई सार्वजनिक रुपमै गाली गरेको घटना पनि प्रचण्डको तीन वर्षे खुला जीवनको चर्चायोग्य घटना हो।
निकटस्थहरु प्रचण्डको जीवन शम्भुजीत बाँस्कोटाको छनिमै रुने, छिनमै हाँस्ने’ गीत जस्तो भएको बताउँछन्। घटनाक्रमले पनि त्यसलाई पुष्टि गर्छन्। सार्वजनिक समारोहमा भाषण गर्दासमेत रुने र हास्ने दुवै कला देखाउन सक्ने प्रचण्डले तीन वर्षको अवधिमा कांगे्रस सभापति गिरिजाप्रसाद कोइरालाको प्रशंसा र विरोधमा थुप्रै शब्द खर्चेका छन्। भूमिगत जीवन त्यागेपछि सार्वजनिक कार्यक्रममा भाग लिन नयाँदिल्ली पुगेका प्रचण्डले भारतलाई खुशी पार्न पाकिस्तानी गुप्तचर संस्था आईएसआईले माओवादी जनयुद्धलाई सहयोग गर्न राखेको प्रस्ताव आफूले अस्वीकार गरेको गम्भीर र विवादास्पद अभिव्यक्ति दिएर कुटनीतिक कच्चापन पनि प्रदर्शन गरे।
अल्पमतमा प्रचण्ड
भूमिगतकालभरि माओवादीको शक्तिशाली अध्यक्ष रहेका प्रचण्डको सार्वजनिक छवि निरन्तर ओरालो लागेजस्तै पार्टीभित्र पनि प्रचण्ड अल्पमतमा परिरहे। संविधानसभा निर्वाचनपछि पार्टी घोषणापत्र अनुसार राष्ट्रपति पद प्राप्त नहुने तथा समीकरणको साझेदारी सत्ताबाट जनयुद्धको मूल्य मान्यता स्थापित गराउन नसक्ने ठहर गर्दै केन्द्रीय समितिको बहुमतले प्रचण्डलाई प्रधानमन्त्री नहुन सुझाव दिएका थिए। माओवादीको तत्कालीन ३५ सदस्यीय केन्द्रीय कमिटीमा २५ जनाले पार्टी प्रतिपक्षमा बसेर संविधान निर्माण प्रक्रियामा लाग्नुपर्ने मत राखेका थिए। तर, १० जना केन्द्रीय सदस्यको मतमा टेकेर प्रधानमन्त्री बनेका प्रचण्डले सरकार सञ्चालन गर्न सकेनन्। प्रचण्ड असफल हुनुमा पार्टीका नेताहरुको भूमिका पनि कम जिम्मेवार छैन।
त्यसो त माओवादी शान्ति प्रक्रियामा आएपछि बालाजुमा आयोजित पार्टीको राष्ट्रिय कार्यकर्ता भेलामा पनि प्रचण्ड अल्पमतमा परेका थिए। नाट्यकलामा पोख्त प्रचण्डले मञ्चमा उभिएर क्वाँक्वाँ रुँदै आफूले पार्टीको हितकै निम्ति काम गरेको र भविष्यमा पनि भेलाले पास गरेको निर्णय कार्यान्वयन गर्न लागिपर्ने भावुक मन्तव्य दिएर संकट टारेका थिए। प्रचण्डले भेलामा व्यक्त गरेको प्रतिबद्धता अनुसार काम नगरेको आरोप अहिले पनि पार्टीमा उठिरहेको छ। पार्टीमा निरन्तर अल्पमतमा परेपछि प्रचण्डले नेकपा एकताकेन्द्र–मसालसँग हतारमा पार्टी एकता पनि गरे। एकतापछि पनि प्रचण्ड पार्टीमा बहुमतमा पुग्न सकेनन्। प्रचण्डले लिएको लोकतान्त्रिक गणतन्त्रको लाइन विपरीत पार्टीका हार्डलाइनर नेता मोहन वैद्यले फरक मत प्रस्तुत गरेपछि माओवादीमा तल्लो कमिटीसम्म बहस पुग्यो। विवाद समाधान गर्न गत मंसिरमा राष्ट्रिय भेला आयोजना गरियो। खरिपाटी बैठकको नामले चर्चित त्यो भेलामा प्रचण्डको प्रस्तावको विपक्षमा मोहन वैद्यले जनगणतन्त्रको छुट्टै प्रस्ताव पेश गरे। खरिपाटी बैठकमा अन्तिम समयमा दिनानाथ शर्माले साथ दिएपछि एकमतले बहुमतमा पुगेका प्रचण्ड वैद्य समूहसामु आत्मसमर्पण गरे। फलस्वरुप दुवै प्रतिवेदन मिलाएर जनताको जनगणतन्त्रको लाइनमा प्रचण्डले अध्यक्ष पद सुरक्षित राख्न सफल भए। पार्टीभित्र दुई लाइन खडा गरी दुवै पक्षलाई लडाएर राजनीति गर्ने आरोप खेपिरहेका प्रचण्ड सत्ता छाडेपछि झन अल्पमतमा परेका छन्। प्रचण्ड अल्पमतमा परेकै कारण स्थगित पोलिटब्यूरोको बैठक पुनः बस्न एक महिनाभन्दा बढी लागेको छ।
सहमति कि विद्रोह?
सरकारबाट हटेपछि माओवादीमा सहमति कि विद्रोह भन्ने विषयमा गम्भीर विवाद भइरहेको छ। सरकारबाट हटेपछि गत बैशाख २८ गते बसेको माओवादीको ४५ सदस्यीय पोलिटब्युरोको बैठक बसेको थियो। बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको भावि कार्यदिशासम्बन्धी १३ बुँदे प्रस्ताव पेस गरेका थिए। तर बैठकमा पार्टीका अधिकांश सदस्यले केन्द्रीय सत्ता कब्जाका लाग जनविद्रोह गर्नुपर्ने मत राखेपछि प्रचण्ड झस्केका छन्।
माओवादीमा तत्काल जनविद्रोहमा जानुपर्ने पक्षमा मोहन वैद्य, सीपी गजुरेल, नेत्रविक्रम चन्द, कृष्णबहादुर महरा, देव गुरुङ, हितमान शाक्य, लीलामणि पोखरेल, पम्फा भुसाल, अमिक शेरचन, विश्वनाथ शाह, स्वनाम, इन्द्रमोहन सिग्देल, गोपाल किराँती, राम कार्की, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, देवेन्द्र पौडेल, हरिभक्त कँडेल, हरिबोल गजुरेल रहेका छन्। त्यस्तै जनविद्रोहमा जान नहुने पक्षमा प्रचण्डसँग बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, वर्षमान पुन, जनार्दन शर्मा, हेमन्तप्रकाश ओली, लेखराज भट्ट, हिसिला यमी, दीनानाथ शर्मा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, चन्द्रप्रकाश खनाल, हितराज पाण्डे, शक्ति बस्नेत, निनु चापागाईं रहेको बताइएको छ। प्रचण्डलाई यहाँसम्म ल्याइपुर्यााउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रामबहादुर थापा बादल भने रहस्यमय ढंगले मौन बसेका छन्। बादललाई अग्नि सापकोटा, नन्दकिशोर पुन, विश्वभक्त दुलाल र भीमप्रसाद गौतमले साथ दिइरहेको बताइएको छ। उता जनवर्गीय संगठनमा पनि प्रचण्डको अवस्था नाजुक छ। प्रचण्डलाई सुविधाभोगी भनेर पार्टीमा आलोचित राष्ट्रिय कर्मचारी संगठनका पूर्व अध्यक्ष रुक्म लामिछाने, राष्ट्रिय बुद्धिजीवी संगठनका अध्यक्ष खिमलाल देवकोटा र अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलको मात्र समर्थन छ। बाँकी अखिल नेपाल किसान संघ, अखिल नेपाल महिला संघ, अखिल क्रान्तिकारी, अखिल नेपाल जनसांस्कृतिक संगठन जनविद्रोहको पक्षमा उभिएको छ। त्यस्तै राजनीतिमा आतंक सिर्जना गरिरहेको योङ कम्युनिस्ट लिगले जनविद्रोहमा जान नेताहरुलाई दबाब दिइरहेको छ।
मध्यमार्गी प्रतिवेदन
निरन्तर पार्टीमा अल्पमतमा परेपछि मध्यमार्गी बाटो खोजेर प्रचण्डले जनताको गणतन्त्रमा जाने प्रतिवेदन तयार पारेका छन्। माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले खरिपाटी बैठकको निर्णयलाई टेकेर सबैलाई चित्त बुझ्ने प्रतिवेदन पेस गर्ने जानकारी दिए। चित्तबुझ्दो प्रतिवेदन नआए फरक मत प्रस्ताव गर्ने आन्तरिक तयारी वैद्य समूहले गरेपछि झस्केका प्रचण्डले सबैको सहमति लिनकै लागि प्रतिवेदन लेखनमा लामो समय लगाएको बताइएको छ। भारतसँगको परनिर्भरता हटाएर विकल्पमा चीनसँग सुमधुर सम्बन्ध विकास गर्नुपर्ने तथा शान्ति प्रक्रियामा गरिएका प्रतिबद्धता सर्वहारा वर्गलाई फाइदा पुग्नेबाहेक अन्य पालना गर्न नहुने अडान वैद्य समूहले पहिल्यैदेखि राख्दै आएको थियो। वैद्य समूहको यी दुईटा अडानका कारण नै प्रचण्ड सरकारबाट बाहिरिनुपरेको प्रचण्ड पक्षधरको बुझाइ छ। प्रचण्डले प्रतिवेदनमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै राजनीतिक संकट विकासका लागि छलफल, अन्तरक्रिया र सहमति कायम गरेर जाने त्यतिले नबुझे विद्रोहमा जाने दुवै पक्षको भावना समेटेर प्रतिवेदन तयार पारेका छन्। प्रतिवेदनमा पार्टीभित्र बढेको आर्थिक अराजकता कार्यकर्ता परिचालन संगठन सुदृढीकरणलगायतका विषय पनि समेटिएको छ।
दीर्घकालीन सोच राखेर सरकार सञ्चालन गर्न नसक्दा प्रचण्ड सत्ताबाट बाहिरिन पुगे। पार्टीमा ओरालो लागेको छवि उकास्न तथा शिविरमा रहेका छापामारको समर्थन लिइरहन प्रचण्डले सेनामा हस्तक्षेप गर्ने ‘गल्तीपूर्ण’ निर्णय गरेका थिए। जसले प्रचण्डलाई एकाएक सिंहदरबारबाट सडकमा पुर्याषयो। चार महिनापछि अवकाश हुने सेनापतिलाई राजनीतिक सहमति नजुटाइकन बर्खास्त गर्ने प्रचण्डको निर्णय सरकार सञ्चालनमा प्राप्त असफलता ढाक्ने रणनीति भएको माओवादीकै नेताहरु बताउँछन्। जनताका लागि केही गर्न नसकेको अवस्थामा सत्तामा बसेर निरन्तर कमजोर भइरहनुभन्दा क्रान्तिकारी कदम चालेर कार्यकर्ताको भावना ‘क्यास’ गर्ने योजनामा प्रचण्डले सेनापति प्रकरणमा भने सफलता हात पारेका छन्। तर, नेपालको इतिहासमा जनयुद्ध सफलतापूर्वक सञ्चालन गरेका प्रचण्डको खुला राजनीतिक जीवन भने यो भन्दा असफल अरु के हुन सक्ला?
राजनीतिक यात्रा
– २०२८ नेकपा पुष्पलाल समूहको पार्टी सदस्यता
– ०३१ मार्क्सवादी अध्ययन समूह गठन
– ०३४ नेकपा चौथो महाधिवेशनमा प्रवेश
– ०३५ पार्टीको पूर्णकालीन कार्यकर्ता
– ०३६ चितवन जिल्ला समिति सदस्य
– ०३८ अखिल नेपाल युवक संघको महासचिव, पार्टीको क्षेत्रीय ब्यूरो सदस्य, भूमिगत राजनीति
– ०४० अखिल नेपाल युवक संघको अध्यक्ष
– ०४१ पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्य
– ०४२ पार्टीको पोलिटब्युरो सदस्य
– ०४६ नेकपा मशालको महामन्त्री
– ०४८ नेकपा एकताकेन्द्रको महामन्त्री
– ०५१ नेकपा माओवादीको महामन्त्री
– ०५७ दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी अध्यक्ष
– ०५८ जनमुक्ति सेनाको सर्वोच्च कमान्डर
– ०६३ भूमिगत जीवनबाट सार्वजनिक
– ०६४ काठमाडौं र रोल्पाबाट निर्वाचित
– ०६५ गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री
– ०६६ वैशाख २०, प्रधानमन्त्री पदबाट राजीनामा

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड करिब २५ वर्ष लामो भूमिगत जीवन त्यागेर सार्वजनिक जीवनमा उदाएको आज ठीक तीन वर्ष पुगेको छ। दश वर्षे जनयुद्ध हाकेर अन्तर्राष्ट्रिय चर्चामा आएका प्रचण्डले सार्वजनिक जीवनको तीन वर्षमा आफ्नो पुरानो छविलाई कायम राख्न सकेनन्।जनयुद्धबाट सोझै प्रधानमन्त्री निवास बालुवाटारमा २०६३ असार २ गते सार्वजनिक भएका प्रचण्ड सत्ता सञ्चालनमा असफलता व्यहोर्दै बालुवाटारबाटै बहिर्गगमन भए। जनयुद्धमा मुलुक हल्लाएका प्रचण्ड अहिले माओवादी पार्टीको इतिहासमै अल्पमतमा परेको पीडा खेप्दै पोलिटब्यूरो बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन तयार गरिरहेका छन्। जुन प्रतिवेदन प्रचण्डले भूमिगत जीवन त्यागेकै दिन (असार २ गते) आजबाट सुरु हुने माओवादी पोलिटब्यूरो बैठकमा पेश हुँदैछ। करिब १५ हजार नेपालीको ज्यान लिएको जनयुद्ध विसर्जन गरी शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्डले यो तीन वर्षमा मुलुकमा छाप छोड्न लायक कुनै काम गर्न सकेनन्। गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्डको सपना प्रथम राष्ट्रपति बन्ने थियो। तर, समयले उनलाई यसरी ठग्यो कि संविधानसभा निर्वाचनमा उनको माओवादी पार्टी अप्रत्यासित रुपमा मुलुकको सबैभन्दा ठूलो पार्टी भए पनि प्रचण्ड राष्ट्रपति हुन सकेनन्। गणतन्त्र नेपालको भावी राष्ट्रपतिका रुपमा प्रचण्डलाई फिल्मी हिरो जस्तै प्रस्तुत गरेर माओवादीले संविधानसभा निर्वाचनमा मत मागेको थियो।

अस्थिर चरित्र

भूमिगत जीवन त्यागेर सार्वजनिक भएकै दिन नेपाली सेनालाई गाली गरेर विवादमा तानिएका प्रचण्डले संविधानसभामा बसेको व्यवस्थापिका संसदको बैठकमा माओवादी बाहेक सबै राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिलाई गाली गरेर प्रधानमन्त्रीको कुर्सी छोडे। नेकपा एमालेका नेता केपी शर्मा ओलीको भाषामा ‘अरुको कानमा चिनी भर्न’ खप्पिस प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वकालमा राष्ट्रिय सहमति कायम गर्न सकेनन्। अनौठो संयोग छ– प्रचण्ड र नेपाली सेनाबीच। २०६३ साल असार २ गते बालुवाटारमा नेपाली सेना ‘बलात्कारी’ भएको टिप्पणी गरेका प्रचण्डले सेनासँगको टसलकै कारण प्रधानमन्त्रीको  कुर्सी छोड्नुपरेको तीतो यथार्थता व्यहोरेका छन्। सेनाका बारेमा गरेको टिप्पणीको सर्वत्र आलोचना भएपछि प्रचण्डले ‘क्षमा’ मागेका थिए। त्यसपछि पार्टीले काठमाडौं खुलामञ्चमा आयोजना गरेको आमसभामा प्रधानसेनापति रुक्मांगत कटवाललाई सार्वजनिक रुपमै गाली गरेको घटना पनि प्रचण्डको तीन वर्षे खुला जीवनको चर्चायोग्य घटना हो। निकटस्थहरु प्रचण्डको जीवन शम्भुजीत बाँस्कोटाको छनिमै रुने, छिनमै हाँस्ने’ गीत जस्तो भएको बताउँछन्। घटनाक्रमले पनि त्यसलाई पुष्टि गर्छन्। सार्वजनिक समारोहमा भाषण गर्दासमेत रुने र हास्ने दुवै कला देखाउन सक्ने प्रचण्डले तीन वर्षको अवधिमा कांगे्रस सभापति गिरिजाप्रसाद कोइरालाको प्रशंसा र विरोधमा थुप्रै शब्द खर्चेका छन्। भूमिगत जीवन त्यागेपछि सार्वजनिक कार्यक्रममा भाग लिन नयाँदिल्ली पुगेका प्रचण्डले भारतलाई खुशी पार्न पाकिस्तानी गुप्तचर संस्था आईएसआईले माओवादी जनयुद्धलाई सहयोग गर्न राखेको प्रस्ताव आफूले अस्वीकार गरेको गम्भीर र विवादास्पद अभिव्यक्ति दिएर कुटनीतिक कच्चापन पनि प्रदर्शन गरे। अल्पमतमा प्रचण्ड भूमिगतकालभरि माओवादीको शक्तिशाली अध्यक्ष रहेका प्रचण्डको सार्वजनिक छवि निरन्तर ओरालो लागेजस्तै पार्टीभित्र पनि प्रचण्ड अल्पमतमा परिरहे। संविधानसभा निर्वाचनपछि पार्टी घोषणापत्र अनुसार राष्ट्रपति पद प्राप्त नहुने तथा समीकरणको साझेदारी सत्ताबाट जनयुद्धको मूल्य मान्यता स्थापित गराउन नसक्ने ठहर गर्दै केन्द्रीय समितिको बहुमतले प्रचण्डलाई प्रधानमन्त्री नहुन सुझाव दिएका थिए। माओवादीको तत्कालीन ३५ सदस्यीय केन्द्रीय कमिटीमा २५ जनाले पार्टी प्रतिपक्षमा बसेर संविधान निर्माण प्रक्रियामा लाग्नुपर्ने मत राखेका थिए। तर, १० जना केन्द्रीय सदस्यको मतमा टेकेर प्रधानमन्त्री बनेका प्रचण्डले सरकार सञ्चालन गर्न सकेनन्। प्रचण्ड असफल हुनुमा पार्टीका नेताहरुको भूमिका पनि कम जिम्मेवार छैन। त्यसो त माओवादी शान्ति प्रक्रियामा आएपछि बालाजुमा आयोजित पार्टीको राष्ट्रिय कार्यकर्ता भेलामा पनि प्रचण्ड अल्पमतमा परेका थिए। नाट्यकलामा पोख्त प्रचण्डले मञ्चमा उभिएर क्वाँक्वाँ रुँदै आफूले पार्टीको हितकै निम्ति काम गरेको र भविष्यमा पनि भेलाले पास गरेको निर्णय कार्यान्वयन गर्न लागिपर्ने भावुक मन्तव्य दिएर संकट टारेका थिए। प्रचण्डले भेलामा व्यक्त गरेको प्रतिबद्धता अनुसार काम नगरेको आरोप अहिले पनि पार्टीमा उठिरहेको छ। पार्टीमा निरन्तर अल्पमतमा परेपछि प्रचण्डले नेकपा एकताकेन्द्र–मसालसँग हतारमा पार्टी एकता पनि गरे। एकतापछि पनि प्रचण्ड पार्टीमा बहुमतमा पुग्न सकेनन्। प्रचण्डले लिएको लोकतान्त्रिक गणतन्त्रको लाइन विपरीत पार्टीका हार्डलाइनर नेता मोहन वैद्यले फरक मत प्रस्तुत गरेपछि माओवादीमा तल्लो कमिटीसम्म बहस पुग्यो। विवाद समाधान गर्न गत मंसिरमा राष्ट्रिय भेला आयोजना गरियो। खरिपाटी बैठकको नामले चर्चित त्यो भेलामा प्रचण्डको प्रस्तावको विपक्षमा मोहन वैद्यले जनगणतन्त्रको छुट्टै प्रस्ताव पेश गरे। खरिपाटी बैठकमा अन्तिम समयमा दिनानाथ शर्माले साथ दिएपछि एकमतले बहुमतमा पुगेका प्रचण्ड वैद्य समूहसामु आत्मसमर्पण गरे। फलस्वरुप दुवै प्रतिवेदन मिलाएर जनताको जनगणतन्त्रको लाइनमा प्रचण्डले अध्यक्ष पद सुरक्षित राख्न सफल भए। पार्टीभित्र दुई लाइन खडा गरी दुवै पक्षलाई लडाएर राजनीति गर्ने आरोप खेपिरहेका प्रचण्ड सत्ता छाडेपछि झन अल्पमतमा परेका छन्। प्रचण्ड अल्पमतमा परेकै कारण स्थगित पोलिटब्यूरोको बैठक पुनः बस्न एक महिनाभन्दा बढी लागेको छ।

सहमति कि विद्रोह?

सरकारबाट हटेपछि माओवादीमा सहमति कि विद्रोह भन्ने विषयमा गम्भीर विवाद भइरहेको छ। सरकारबाट हटेपछि गत बैशाख २८ गते बसेको माओवादीको ४५ सदस्यीय पोलिटब्युरोको बैठक बसेको थियो। बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको भावि कार्यदिशासम्बन्धी १३ बुँदे प्रस्ताव पेस गरेका थिए। तर बैठकमा पार्टीका अधिकांश सदस्यले केन्द्रीय सत्ता कब्जाका लाग जनविद्रोह गर्नुपर्ने मत राखेपछि प्रचण्ड झस्केका छन्। माओवादीमा तत्काल जनविद्रोहमा जानुपर्ने पक्षमा मोहन वैद्य, सीपी गजुरेल, नेत्रविक्रम चन्द, कृष्णबहादुर महरा, देव गुरुङ, हितमान शाक्य, लीलामणि पोखरेल, पम्फा भुसाल, अमिक शेरचन, विश्वनाथ शाह, स्वनाम, इन्द्रमोहन सिग्देल, गोपाल किराँती, राम कार्की, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, देवेन्द्र पौडेल, हरिभक्त कँडेल, हरिबोल गजुरेल रहेका छन्। त्यस्तै जनविद्रोहमा जान नहुने पक्षमा प्रचण्डसँग बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, वर्षमान पुन, जनार्दन शर्मा, हेमन्तप्रकाश ओली, लेखराज भट्ट, हिसिला यमी, दीनानाथ शर्मा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, चन्द्रप्रकाश खनाल, हितराज पाण्डे, शक्ति बस्नेत, निनु चापागाईं रहेको बताइएको छ। प्रचण्डलाई यहाँसम्म ल्याइपुर्यााउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रामबहादुर थापा बादल भने रहस्यमय ढंगले मौन बसेका छन्। बादललाई अग्नि सापकोटा, नन्दकिशोर पुन, विश्वभक्त दुलाल र भीमप्रसाद गौतमले साथ दिइरहेको बताइएको छ। उता जनवर्गीय संगठनमा पनि प्रचण्डको अवस्था नाजुक छ। प्रचण्डलाई सुविधाभोगी भनेर पार्टीमा आलोचित राष्ट्रिय कर्मचारी संगठनका पूर्व अध्यक्ष रुक्म लामिछाने, राष्ट्रिय बुद्धिजीवी संगठनका अध्यक्ष खिमलाल देवकोटा र अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलको मात्र समर्थन छ। बाँकी अखिल नेपाल किसान संघ, अखिल नेपाल महिला संघ, अखिल क्रान्तिकारी, अखिल नेपाल जनसांस्कृतिक संगठन जनविद्रोहको पक्षमा उभिएको छ। त्यस्तै राजनीतिमा आतंक सिर्जना गरिरहेको योङ कम्युनिस्ट लिगले जनविद्रोहमा जान नेताहरुलाई दबाब दिइरहेको छ।

मध्यमार्गी प्रतिवेदन

निरन्तर पार्टीमा अल्पमतमा परेपछि मध्यमार्गी बाटो खोजेर प्रचण्डले जनताको गणतन्त्रमा जाने प्रतिवेदन तयार पारेका छन्। माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले खरिपाटी बैठकको निर्णयलाई टेकेर सबैलाई चित्त बुझ्ने प्रतिवेदन पेस गर्ने जानकारी दिए। चित्तबुझ्दो प्रतिवेदन नआए फरक मत प्रस्ताव गर्ने आन्तरिक तयारी वैद्य समूहले गरेपछि झस्केका प्रचण्डले सबैको सहमति लिनकै लागि प्रतिवेदन लेखनमा लामो समय लगाएको बताइएको छ। भारतसँगको परनिर्भरता हटाएर विकल्पमा चीनसँग सुमधुर सम्बन्ध विकास गर्नुपर्ने तथा शान्ति प्रक्रियामा गरिएका प्रतिबद्धता सर्वहारा वर्गलाई फाइदा पुग्नेबाहेक अन्य पालना गर्न नहुने अडान वैद्य समूहले पहिल्यैदेखि राख्दै आएको थियो। वैद्य समूहको यी दुईटा अडानका कारण नै प्रचण्ड सरकारबाट बाहिरिनुपरेको प्रचण्ड पक्षधरको बुझाइ छ। प्रचण्डले प्रतिवेदनमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै राजनीतिक संकट विकासका लागि छलफल, अन्तरक्रिया र सहमति कायम गरेर जाने त्यतिले नबुझे विद्रोहमा जाने दुवै पक्षको भावना समेटेर प्रतिवेदन तयार पारेका छन्। प्रतिवेदनमा पार्टीभित्र बढेको आर्थिक अराजकता कार्यकर्ता परिचालन संगठन सुदृढीकरणलगायतका विषय पनि समेटिएको छ। दीर्घकालीन सोच राखेर सरकार सञ्चालन गर्न नसक्दा प्रचण्ड सत्ताबाट बाहिरिन पुगे। पार्टीमा ओरालो लागेको छवि उकास्न तथा शिविरमा रहेका छापामारको समर्थन लिइरहन प्रचण्डले सेनामा हस्तक्षेप गर्ने ‘गल्तीपूर्ण’ निर्णय गरेका थिए। जसले प्रचण्डलाई एकाएक सिंहदरबारबाट सडकमा पुर्याषयो। चार महिनापछि अवकाश हुने सेनापतिलाई राजनीतिक सहमति नजुटाइकन बर्खास्त गर्ने प्रचण्डको निर्णय सरकार सञ्चालनमा प्राप्त असफलता ढाक्ने रणनीति भएको माओवादीकै नेताहरु बताउँछन्। जनताका लागि केही गर्न नसकेको अवस्थामा सत्तामा बसेर निरन्तर कमजोर भइरहनुभन्दा क्रान्तिकारी कदम चालेर कार्यकर्ताको भावना ‘क्यास’ गर्ने योजनामा प्रचण्डले सेनापति प्रकरणमा भने सफलता हात पारेका छन्। तर, नेपालको इतिहासमा जनयुद्ध सफलतापूर्वक सञ्चालन गरेका प्रचण्डको खुला राजनीतिक जीवन भने यो भन्दा असफल अरु के हुन सक्ला?

राजनीतिक यात्रा

२०२८ नेकपा पुष्पलाल समूहको पार्टी सदस्यता –

०३१ मार्क्सवादी अध्ययन समूह गठन –

०३४ नेकपा चौथो महाधिवेशनमा प्रवेश –

०३५ पार्टीको पूर्णकालीन कार्यकर्ता –

०३६ चितवन जिल्ला समिति सदस्य –

०३८ अखिल नेपाल युवक संघको महासचिव, पार्टीको क्षेत्रीय ब्यूरो सदस्य, भूमिगत राजनीति –

०४० अखिल नेपाल युवक संघको अध्यक्ष –

०४१ पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्य –

०४२ पार्टीको पोलिटब्युरो सदस्य –

०४६ नेकपा मशालको महामन्त्री –

०४८ नेकपा एकताकेन्द्रको महामन्त्री –

०५१ नेकपा माओवादीको महामन्त्री –

०५७ दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी अध्यक्ष –

०५८ जनमुक्ति सेनाको सर्वोच्च कमान्डर –

०६३ भूमिगत जीवनबाट सार्वजनिक –

०६४ काठमाडौं र रोल्पाबाट निर्वाचित –

०६५ गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री –

०६६ वैशाख २०, प्रधानमन्त्री पदबाट राजीनामा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: