प्रचण्डको प्रस्तावमा किरणले संशोधन प्रस्ताव पेश गर्ने

अध्यक्ष प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिबेदनप्रति असहमति जनाउँदै सङ्गठन बिभाग प्रमुख मोहन वैद्य किरणले संशोधन प्रस्ताव पेश गर्नुहुने भएको छ ।नयाँ रणनीति तय गर्न मध्यानह १२ बजेदेखि कोटेश्वरको पेरिस डाँडास्थित माओवादी मजदुर कार्यालयमा भइरहेको एकीकृत नेकपा माओवादीको पोलिटव्युरो बैठकमा प्रचण्डले पेश गर्ने १३ बुँदे राजनीतिक प्रतिवेदनमा उल्लेख राष्ट्रपतिको कदम सच्याएर माओवादी कै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी प्रस्तावप्रति असहमति जनाउँदै किरणले सशक्त जनविद्रोह मार्फत जनगणन्त्रमा जाने प्रस्तावसहितको प्रतिवेदन पेश गर्नुहुने छ ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमा शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउन र तोकिएको समयमा संविधान निर्माण गर्न माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने उल्लेख छ ।

किरणको प्रतिवेदनमा भने गत पुसमा सम्पन्न खरिपाटी भेला तथा एकताकेन्द्र मसालसँगको एकतापछिको दस्तावेजअनुसार जनविद्रोहमा जानुपर्ने उल्लेख छ । २०६२ सालको चुनवाङ बैठकद्वारा पारित लोकतान्त्रिक गणतन्त्रको विकसित कार्यदिशा ल्याउने प्रचण्डको योजनामा फरक मत राख्दै किरणले जनवादी गणतन्त्रको लाइन नै पारित गर्नुपर्ने तर्क राख्दै आउनुभएको छ ।

खरिपाटी भेलामा जनगणतन्त्रको नारा पारित भएपनि त्यस अनुसारको कार्यक्रम नल्याएको किरणको मुख्य असन्तुष्टि हो । राष्ट्रियताको नारा उठाउँदै आएको पार्टीले सत्तामा रहँदा भारतीय हस्तक्षेप बिरुद्ध खरो उत्रन नसकेकोमा र शहिद, वेपत्ता, घाइते र अपाङ्गलाई उचित राहत दिलाउन नसकेकोमा पनि किरणले असन्तुष्टि जनाउँदै आउनुभएको छ ।

पार्टीको आगामी कार्यदिशा, सङ्गठनको स्वरुप र शान्तिकालमा पूर्णकालीन कार्यकर्ताको परिचालन बैठकका मुख्य एजेण्डा छन् । पार्टीको रणनीति, राजनीतिक समिक्षा, सेनापति प्रकरणपछि सरकारबाट बहिर्गमन, सेनापति थमौति गर्ने राष्ट्रपतिको असंबैधानिक कदम, १४ बर्ष देखि हुन नसकेको पार्टी महाधिबेशनलगायत बिषयमा बैठकमा छलफल हुने पार्टी प्रबक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

समसामयिक बिषयमा सदस्यहरुको रिपोर्टिङको क्रम सकिएपछि पार्टी अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

सोमबारदेखि नै सुरु हुने भनिएको बैठक जिल्ला स्तरिय कार्यकर्ता राजेन्द्र फुयाँलको हत्याको बिरोधमा एकीकृत माओवादी काठमाडौं जिल्ला सङ्गठन समितिले आह्वान गरेको काठमाडौं बन्दका कारण आज बस्ने गरी स्थगित गरिएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: