उपत्यकापछि पोखरामा डनहरूको जगजगी

कास्की। अपराध नियन्त्रण गर्ने प्रहरी अपराधिसँगै उठबस गर्छन्। तिनै अपराधीले हाकिमको आडमा प्रहरीलाई नै गोली चलाउँछन्। तर प्रहरीका हाकिम भनाउँदाहरु भने क्यासिनोको खाना र महिनावारी हात पारेपछि ऐन, नियम, कानुन भुलेर दंग पर्छन्। यतिखेर उपत्यकापछि पोखरावासीलाई गुण्डागर्दी, चन्दा आतंक र हप्तावारी आतंकले सताएको छ। यसरी आतंक सिर्जना गर्नेमा एलजी अर्थात् लालि गुराँस समूह निकै सक्रिय छ। एलजी समूहका नाइके हुन्, ललित गुरुङ जसले प्रहरीका हाकिमहरूलाई द्रव्य जालमा पारी सर्वसाधारणमाथि आतंक मच्चाइरहेका छन्। उनी पेस्तोल सहित पक्राउ पर्छन् तर भोलिपल्ट प्रहरीले रकम बुझेर नक्कली पेस्तोल रहेछ भन्छ। त्यति मात्र होइन, एलजी समूहले कसैलाई गोली हान्न गयो भने प्रहरीको वाकी टकी सेटमा आफ्नो मान्छे राखेर जाने गरेको स्रोत बताउँछ। संभावित प्रहरीको आक्रमण र पक्राउबाट बच्न उनीहरूले यस्तो चलाखी गर्ने गरेको प्रहरीहरू नै बताउँछन्। च्याउ उम्रेसरी उम्रेका समूहहरु जस्तै एलजीको आतंकबाट बच्न पोखरामा पुनः लेखनाथ नगरपालिकामा गुप्त लामाको समूह सक्रिय भएको छ। पोखरा सडक डिभिजन कार्यालयले निकालेको नौ करोडको टेण्डरबाट एलजी र गुप्त लामा समूहबीच द्वन्द्व बढेको स्रोत बताउँछ। उक्त टेण्डरमा गुप्त लामा समूहका केटाहरूलाई एलजीको समूहले तरवार प्रहार गरेको थियो। प्रहरी प्रशासनको संरक्षणमा गुण्डागर्दी गर्दै आएको एलजी समूह र पोखराका एसपी सुवास चौधरीको नेतृत्वमा तीन हप्ता अघि गुप्त लामाको घरमा छापा हानेपछि यी दुई समूहबीच व्यापक द्वन्द्व बढेर गएको छ। ललित गुरुङको समूहले चारवटा प्राइभेट कार, तीनवटा प्रहरी भ्यान लगेर राती ३ बजे घरमा छापा हानेको एलजी समूह निकटका एक युवाले बताए।  त्यसो त प्रहरीले कुनै पनि उजुरी, मुद्दा र मामिला नभएका तर गुण्डाहरूको आतंकबाट वच्न समूह बनाएका गुप्त लामा लगायत सात जनालाई सार्वजनिक मुद्दा चलाएर जिल्ला अदालतमा हाजिर हुन दवाव दिइरहेको बुझिएको छ। लामा भने गल्ती नगरेकोले कतै पनि नजाने र आफ्ना विरुद्ध प्रहरी प्रयोग भए सम्पूर्ण स्थानियवासीले साथ दिने बताउँछन्। एलजी समूहले पोखरामा अवैध काम गर्ने काश्मिरी पश्मिना व्यापारीहरूबाट समेत महिनावारी उठाइरहेको पीडितहरूले बताएका छन् भने पोखरास्थित अटो कमर्सियल पार्कबाट समेत उनीहरुले पैसा उठाइरहेका छन्। तर प्रहरीले भने एलजीको सम्पूर्ण अपराधलाई आँखा चिम्लेर संरक्षण दिंदै आएकोप्रति कास्की जिल्लावासीहरू अचम्मित बनेका छन्। एलजीको अपराधलाई आँखा चिम्लेर वसिरहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुवास चौधरी भन्छन्–’कानुनले दिएसम्म हामीले कारवाही गर्ने हो।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: