शिक्षकले विद्यार्थीलाई ७ सय ८० पटक कान समा तेर उठबस गराए

सुनसरीको इटहरीका एक निजी विद्यालयका शिक्षकले परीक्षामा अनुत्तीर्ण भएको भन्दै दिएको यातनाबाट आइतबार १६ विद्यार्थी घाइते भएका छन्। जसमध्ये ९ जना गम्भीर छन् ।इटहरी-२ को हलगडामा संचालित युनिभर्सल रेसिडेन्टियल इंगलिस बोर्डिंग स्कूलका शिक्षक भविन्द्र न्यौपानेले क्लास टेस्टमा अनुत्तीर्ण भएको भन्दै चरम यातना दिएका कारण १५ विद्यार्थी घाइते भएका हुन् ।स्रोतका अनुसार शिक्षक न्यौपानेको कुटाईबाट गम्भीर घाइते ५ कक्षाका सुस्मिता बोहोरा, पुकार ओझा, बबिता कठैत, विशाल रानामगर, आशिष खड्का, मनोज खड्का, लालबहादुर कोइराला, विमला गौतम र जानुका खड्काको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । शिक्षकको यातनाबाट घाइते हुने अन्य विद्यार्थीहरुमा कक्षा-४ की सविता कार्की, अशु राई, अञ्जान श्रेष्ठ, रुपा भट्टराई, भूवन अधिकारी, पवन बराइली र नितेश केसी रहेका छन् । उनीहरु उपचार पछि घर फर्किएका छन्

पीडित विद्यार्थी र उनका अभिभावकहरुका अनुसार गणित बिषयको टेस्टमा अनुत्तीर्ण भएको भन्दै शिक्षक न्यौपानेले कक्षा-५ का विद्यार्थीहरुलाई ७ सय ८० पटक प्रति विद्यार्थी कान समातेर उठबस गर्न लगाएका थिए । गर्मीमा ७ सय ८० पटकसम्म उठबस गराउन लगाएका शिक्षक न्यौपानेले विद्यार्थीहरुको टाउकोमा डस्टर र लाठीले हिर्काएपछि विद्यार्थीहरु बेहोस भएका थिए । बेहोस भएर ढलेका विद्यार्थीहरुलाई केहीबेर स्कूलमै पानी छर्केर राखिएपनि स्वास्थ्यस्थितिमा सुधार नआएपछि अस्पतालमा भर्ना गरिएको छ ।

आक्रोशित अभिभावकहरुले दोषी शिक्षक न्यौपानेलाई एक झापड हानेका र अभिभावकहरुले विद्यालय घेर्न थालेपछि पर्खाल नाघेर उनी फरार भएका छन् । अभिभावकहरुले आइतबार साँझसम्म पनि सो विद्यालयलाई घेराउ गरी शिक्षकमाथि कारबाहीको माग गरेका छन् ।

विद्यालयका प्रिन्सिपल नवराज खड्काले घटनाको बेला आफू नरहेकोले घटना बारेमा केही पनि थाह नभएको बताए । स्थानीय अभिभावक केशव कार्कीले दोषी शिक्षकमाथि कारबाही नभए आन्दोलन थाल्ने चेतावनी दिएका छन् । उनले भने बालबच्चालाई शिक्षा आर्जन गर्न पठाउादा शिक्षकको कुटाईबाट बेहोस हुनुपर्ने अवस्था असामान्य हो । यस्तो विद्यालय र यस्ता शिक्षक हामीलाई चाहिदैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: