जनमत सङ्कलन फारममा जिरा, धनियाँ पोको पार्दैछन्

लहान। अब बन्ने नयाँ संविधानका लागि जनमत सङ्कलन गर्ने विभिन्न समितिका फाराममा जिरा, धनियाँ बिक्री भइरहेको सुन्दा अचम्म लागेर आउँछ। तर, सदरमुकाम सिराहास्थित अशोक किराना पसलमा जाने ग्रहाकले यस्तै फाराममा जिरा, धनियाँलगायतका सामान पाउने गरेका छन्। सदरमुकाम सिराहास्थित सूर्यनारायण सत्यनारायण मर्वैता यादव बहुमुखी क्याम्पसमा रहेको सो किराना पसलमा व्यापकमात्रामा सुझाव फाराम रहेको अभिभावक बताउँछन्।
सभासद्हरु चैतको अन्तिम साता सदरमुकाम सिरहा आई यहाँस्थित जिल्ला कृषि विकास कार्यालयको गेस्ट हाउसमा बसेका थिए । त्यहाँबाट सो फाराम गायब भएको हुनसक्ने त्यहाँका कर्मचारी बताउँछन्।
सिरहा क्षेत्र नं. ३ का जनतासँग मत सर्वेक्षण गर्न त्यहाँ बसेको टोलीले जनताका लागि ल्याएको सो फाराम कसले बेचेको भन्ने थाहा हुन नसकेपनि त्यहाँ कार्यरत पियन विनोद साह त्यस किराना पसलमा आउनेजाने गरेकाले उनले बेचेको हुनसक्ने आशङ्का गरिएको छ।
जनताको मत सर्वेक्षण गर्न आएको टोलीको लापरबाहीका कारण सुझाव फारामको दुरुपयोग भएको सिरहा ७ का विवेककुमार यादव भन्छन्। कतिपय सुझाव पत्रमा यहाँका नेताहरुको हस्ताक्षरसममेत उल्लेख गरिएको छ।
चैतको अन्तिम साता आएका सभासद्को टोलीले जिल्ला कृषि विकास कार्यालयमा बसेर त्यहाँबाट विभिन्न ठाउँमा गई फाराम वितरण गरी सुझाव सङ्कलन गरेको थियो।
नयाँ संविधान निर्माण गर्न जनताको मत लिने फाराम करिब एक बोरा उक्त किराना पसलमा रहेको छ। सम्बन्धित निकायले जनताका लागि ल्याएका फाराम किराना पसलमा पठाउनुलाई त्यहाँका नागरिक समाजले अर्थपूर्णरुपमा लिएका छन्।
विभिन्न ११ वटा समिति, उपसमितिको त्यो फाराममा अभिव्यक्त जनताको मत प्रयोग नगरी जिरा, धनियाँ र मसला बिक्री गर्नमा प्रयोग हुनुमा जनमत सङ्कलन गर्न आएका सभासद्को लापरवाही हो –स्थानीयवासी भन्छन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: