गृहमा रावल, सञ्चारमा पोख्रेल

काठमाडौं, – नेकपा एमालेले गृह, अर्थ, सञ्चार, रक्षा र सामान्य प्रशासन मन्त्रालय लिने भएको छ। नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा कांग्रेसलाई परराष्ट्र, स्वास्थ्य, जलस्रोत, स्थानीय विकास र श्रम लिने सहमति भएको हो।

एमाले र कांग्रेसले पाउने थप एक एक मन्त्रालयमा भने अझै टुंगो लागेको छैन। कांग्रेस र एमालेबीच शान्ति तथा पुन निर्माण, पर्यटन र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका विषयमा भने शनिबार सहमति हुन सकेन।प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार गर्न लागेको मन्त्रीपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटबारे कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग छलफल गरेका थिए।एमाले अध्यक्ष झलनाथ खनालले शुक्रबार बेलुका गरेको सिफारिसअनुसार एमालेका तर्फबाट गृह मन्त्रालयमा भिम रावल र सञ्चारमा शंकर पोख्रेल मन्त्री हुने जानकारी सभापति कोइरालालाई जानकारी दिएका थिए।

एमाले अध्यक्ष खनालले मन्त्रीका लागि रावल र पोख्रेलबाहेक रविन्द्र श्रेष्ठ र रकम चेमजोङलाई मन्त्री र अन्य पाँच जनालाई राज्य मन्त्रीमा सिफारिस गरेको छ।राज्य मन्त्रीमा डम्बरसिंह सम्बाहाम्फे, जीतु गौतम, रिजवान अन्सारी र मोहमद अफ्ताव आलमलाई सिफारिस गरिएको छ। मुसलमान समुदायबाट अन्सारी र आलममध्ये एकको छनोट हुने स्रोतले उल्लेख गर्‍यो।एमालेका तर्फबाट यसअगाडि नै विद्या भन्डारीले रक्षा र सुरेन्द्र पान्डेले अर्थ मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्। शनिबार भएको कांग्रेस एमाले सहमतिले उनीहरु दुबैको मन्त्रालय सुरक्षित भएको छ।

मधेशी जनाधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना र मालेलाई दिइने मन्त्रालय र कार्यविभाजनबारे पनि शनिबार रातिसम्म अन्तिम टुंगो लगाउने कांग्रेस र एमालेबीच सहमति भएको छ।

सबै पार्टीका तर्फबाट कार्यविभाजन नाम आइतबार टुंगो लगाई आइतबारनै सपथग्रहण गराउने तयारी भएको प्रधानमन्त्रीका सल्लाकार रघुजी पन्तले भेटपछि प्रतिक्रिया दिए।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: