कालिकोटमा एमाले-माओवादी भिडन्त

एमाले सचिव र युथफोर्स इन्चार्ज गम्भीर घाइते

कालिकोटमा आइतबार माओवादी र एमालेबीच भिडन्त भएको छ। स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले साँझ आठ बजेदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। भिडन्तमा २० जनाभन्दा बढी घाइते भएका छन् । माओवादीले आह्वान गरेको भेरी-कर्णाली बन्दको दिन वाइसियलले एमालेको पार्टी कार्यालयमा पुगी पार्टी सचिव कुर्मराज शाही, युथफोर्स इन्चार्ज दुर्गाबहादुर शाही र जिल्ला कमिटी सदस्य भरतराज धिताललाई आक्रमण गरेपछि भिडन्त सुरु भएको थियो ।

तीन जनालाई घाइते बनाइसकेपछि नारा जुलुस गरिरहेका सयभन्दा बढी वाइसियल र माओवादी कार्यकर्ताले खोजीखोजी एमालेका कार्यकर्तालाई कुटपिट गर्न थालेका थिए। त्यसपछि भिडन्तले चर्को रुप लिएको थियो ।

कालिकोटका प्रहरी प्रमुख डिएसपी रणबहादुर रायमाझीका अनुसार बन्द गर्न भन्दै वाइसियलले एमालेका कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ आक्रमण गर्न थालेपछि लाठीचार्ज गर्नुका साथै हवाईफायर र अश्रुग्याँस प्रयोग गर्नु परेको थियो ।स्थितिलाई तनावबाट रोक्न प्रहरी परिचलान गर्नुअगावै वाइसियलको आक्रमणबाट एमाले सचिव, युथफोर्स इन्चार्जलगायत दुई दजर्न एमाले कार्यकर्ता घाइते भइसकेका थिए । गम्भीर घाइते भएका पार्टी सचिव, युथफोर्स इन्चार्जसहित ५ जनालाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ । रायमाझीका अनुसार एमाले-माओवादी भिडन्तका क्रममा केही प्रहरी पनि घाइते भएका छन् ।अघिल्लो साता माओवादीले आक्रमण गर्दा कांग्रेस सभापति घाइते भएको कालिकोटमा उक्त घटनाको केही दिनपछि कांग्रेस कार्यकर्ताको आक्रमणमा चार जना वाइसियलका कार्यकर्ता घाइते भएका थिए ।प्रत्यक्षदर्शीका अनुसार आक्रमणको पूर्ण तयारीका साथमा रहेका वाइसियलले हातमा लाठी र खुकुरी लिएर एमालेका कार्यकर्तालाई खोजीखोजी आक्रमण गरेका थिए । उक्त बेला कांग्रेसका कार्यकर्ताबीच पनि भागभाग चलेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: