संसदीय र सर्वदलीय टोलीले भारतीय पक्षबाट अतिक्रमण र चरम ज्यादति भएको ठहर

दाङको नेपाल भारत सीमा क्षेत्रमा अध्ययन गर्न गएको संसदीय र सर्वदलीय टोलीले त्यस क्षेत्रमा भारतीय पक्षबाट अतिक्रमण र चरम ज्यादति भएको ठहर गरेका छन् ।भातरीय राजदूत राकेश सुद र परराष्ट्रमन्त्री सुजता कोइरालाले भारतीले सीमा क्षेत्रमा कुनै ज्याजति र अतिक्रमण नगरेको दावी गरीरहँदा सभासद पदमलाल विश्वकर्मा संयाजकत्वको व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समिति तथा राष्ट्रिय हित संरक्षण समितिका सभापति अमिक शेरचनको संयोजकत्वको १८ दलको सो निश्कर्ष निकालेको हो ।

सीमा क्षेत्रमा खपिनसक्नु ज्याजति भएको, प्रत्येक गाउँजसो युवतीहरु हराएको र कतिको हत्या भएको पाइएको संसदीय टोलीको संयोजक पदमलाल विश्वकर्माले बताउनु भएको छ । राज्यको अनुपस्थितिको कारण सीमा क्षेत्रका युवतीहरु अपहरण, बलात्कार, हत्या र बेचबिखनमा परेको संयोजक विश्वकर्माले जानकारी दिनु भएको छ ।सीमा क्षेत्रको भारतीय नागरिक र शसस्त्र सीमा बल एसएसबीको ज्याजतिको कारण सीमा क्षेत्रको हजारौँ नागरिक विस्थापित हुनु परेको उहाँको भनाई छ । जेठ २६ गते जिल्लाको पूर्वी नाका कोइलाबासबाट पसेको संसदीय टोली र पश्चिमी नाका भौवाबाट पसेको सर्वदलीय टोलीले २२ वटै नाकामा एकै खालका समस्या भएको बताएका छन् । अधिकांश सीमा स्तम्भहरु जीर्ण भएको, जङ्गी पिलरहरु कतैपनि नभएको, सबै ठाउँमा नयाँ खाले पिलरहरु भेटिएको र नेपाली भूमि अतिक्रमण भएको दुवै टोलीले बताएका छन् ।

सीमा क्षेत्रमा नापी नभएकाले कति भूमि अतिक्रमण भयो भनेर एकिन गर्न कठिन भएको टोलीले जनाएको छ । यसैगरी भारतीय शसस्त्र सीमाबलले हतियार सहित नेपाली भूमिमा आएर नेपाली रुख र घरहरुमा सीमा स्तम्भका संकेतहरु लगाउने गरेको, १० हजार विगा क्षेत्रभित्र आएर ३ फिट गहिरो र चौडाई भएको खाडलहरु खनेको पनि टोलीले बताएका छन् ।यो अन्तर्राष्ट्रिय मान्यता र सम्झौता विपरितको कार्य भएको संसदीय समितिको संयोजक विश्वकर्माले बताउनु भएको छ । नेपाली भूमिमा भारतीय शसस्त्रबलले हातहतियार सहित गस्ती गर्ने र नेपाली रुख तथा घरहरुमा ताल्चा लगाउने कार्यले नेपालीहरु त्रसित भएको सर्वदलीय टोलीको संयोजक अमिक शेरचनले बताउनु भयो ।उहाँले राजपुरको रनीयापुर र तिलोरिया गाउँमा भारतीयले अतिक्रमण गरी आफ्नो भूमि दावी गर्दै आएको जानकारी दिनु भएको छ । अनुगमन टोलीले सीमा स्पष्ट नभएको बताएको छ । सीमा स्तम्भहरु हराएको तथा सीमा स्तम्भ र बोर्डर लाइनको दूरी फरक भएकाले सीमा अस्पष्ट भएको टोलीको भनाई छ । राज्यले सीमा तत्कालिन पुनर्जाजकिकरण र पुनर्अवोलकन गरी सीमा दुरुस्त पार्नु पर्ने आवस्यकता रहेको टोली संयोजक विश्वकर्माले बताउनु भएको छ । अनुगमनमा सहभागी नापी विभागका अधिकारीहरुले पनि सीमा दुरुस्त पार्नु पर्ने बताएका छन् ।

जिल्लाका कोइलाबासका २ प्लट बाहेक कुनै पनि नाकामा नापी नभएकाले जमिन अतिक्रमण भएको स्पष्ट छुट्याउन समेत कठिन भएको नापी विभागका पूर्वमहानिर्देश पुण्येप्रसाद ओलीले बताउनु भएको छ । सीमा अनुगमन सकेर फर्केका टोलीले एक साताभित्रै प्रतिवेदन तयार पारेर सरकरालाई बझाउने बताएका छन् ।

दैनिक उपभोग्य बस्तुकालागि भारतमा निर्भर हुनपर्ने बाध्यताको कारण सीमा बासीहरुमाथि भारतीय ज्याजति बढेको पाइएकाले सीमा क्षेत्रमा अत्यावसकिय सेवा पुर्‍याउन सरकारले थाल्नु पर्ने विकासका प्याकेजको विषयमा पनि प्रतिवेदनमा उल्लेख गर्ने टोलीले बताएका छन्

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: