खेलाडीको तलब बढ्ने

अखिल नेपाल फुटबल संघ एन्फा ले राष्ट्रिय खेलाडीको मासिक तलब बढाउने तयारी गरिरहेको छ। एक दशकयता राष्ट्रिय खेलाडीले मासिक २ हजार रुपियाँ तलब पाउँदै आएका छन् । यद्यपि खेलाडीले नियमित रुपमा तलब पाउन सकेका थिएनन्।एन्फा अध्यक्ष गणेश थापाले गत बर्ष च्यालेन्ज कपअघि नै खेलाडीलाई तलब बढाउने आश्वासन दिए पनि त्यो कार्यान्वयन भएको छैन । असारबाट खेलाडीले बढेको तलब पाउने सम्भावना छ । एन्फा उपाध्यक्ष एवं प्रवक्ता ललितकृष्ण श्रेष्ठले खेलाडीको तलब बढाउने तयारी भैरहेको बताए। “तलब बढाउने तयारी भैरहेको छ” उनले भने “असारको पहिलो साता बस्ने एन्फा कार्यसमितिले तलबको विषयमा अन्तिम टुंगो लगाउने छ।”

एन्फाले राष्ट्रिय खेलाडीलाई मासिक ५ हजार रुपियाँ दिने तयारी गरिरहेको छ। राष्ट्रिय खेलाडीले २०५२÷५३ बाट मासिक एक हजार ५ सय तलब पाउन थालेका हुन्। एन्फाले पछि २०५७÷५८ सालमा ५ सय बढाएर २ हजार पुर्‍याएको थियो । पछिल्लो पटक राष्ट्रिय टोलीमा रहेका २३ मध्ये २२ खेलाडीले अहिले एन्फाबाट मासिक तलब पाइरहेका छन् । बैशाखमा सम्पन्न एएफसी च्यालेन्ज कपमा राष्ट्रिय टोलीमा २३ जना सदस्य थिए । त्यही प्रतियोगिताको अन्तिम खेलबाट स्ट्राइकर नीराजन रायमाझीले संन्यास लिएपछि एक सदस्य कम भएको हो ।

पटक पटक तलब बढाउने चर्चा चले पनि आर्थिक स्रोत कम भएकाले बढाउन नसकिएको प्रवक्ता श्रेष्ठ बताउछन। “हामीले पहिलेदेखि नै सोच बनाएका हौं कार्यान्वयन गर्न सकिएनु उनले भने “अब पनि नबढाउँदा खेलाडीको मनोबल घट्न सक्छ।”

रेफ्रीलाई पिन

एन्फाले पहिलो पटक नेपाली फिफा र फिफा सहायक रेफ्रीलाई पनि मासिक तलब दिने तयारी गर्दैछ। नेपालमा ४ फिफा र ६ फिफा सहायक रेफ्री छन्। रेफ्रीले फुटबल प्रतियोगिताका दौरान मात्र भत्ता पाउँदै आएका थिए । एन्फाले प्रशिक्षक र खेलाडीलाई मात्रै मासिक तलब दिंदै आएको छ।

४० सदस्य जिल्लामा रहेका प्रशिक्षकसहित करिब ६० लाई एन्फाले मासिक तलब ख्वाउँदै आएको छ । रेफ्रीको नियमित आम्दानी स्रोत नभएकै कारण उनीहरुलाई तलब दिन लागिएको बताइएको छ। “खेलाडी र प्रशिक्षकले पाउँदै आएका छन्,” एन्फा प्रवक्ता श्रेष्ठ भन्छन्, “रेफ्रीले मात्र नपाउँदा उनीहरुको मनोबल घट्न सक्छ उनीहरुलाई पनि फुटबलमै रहिरहन मद्दत गरोस् भन्नाका लागि तलब व्यवस्था गर्न लागेका हौं।”

२०६३ यता ए डिभिजन लिग नहुँदा रेफ्रीहरु मारमा पर्दै आएका छन्। रेफ्रीलाई कति तलब दिने निर्णय एन्फाले गरिसकेको छैन। “मासिक २ देखि ५ हजारसम्म दिने सम्भावना छ। तर यसको टुंगो पनि एन्फा कार्यसमितिकै बैठकले लगाइने छ,” उनले भने।

एसियाली फुटबल महासंघ एएफसीले दिंदै आएको मासिक अनुदानबाटै खेलाडी र रेफ्रीलाई तबल दिइनेछ। “मुख्य स्रोत एएफसी नै हो,” उनले थपे, “त्यसमा हामी आन्तरिक स्रोत पनि थप्छौं।” गत महिनाको एएफसी कंग्रेसले नेपालको अनुदान रकम बढाएको थियो । एएफसीबाट नेपालले अब मासिक १५ हजार अमेरिकी डलर प्राप्त गर्छ।

नेपालका फिफा रेफ्री
ज्ञानुराजा श्रेष्ठ
सुरेन्द्र सिख्राकार
दीलिप रजक
लव खत्री

फिफा सहायक रेपि्रु
मधुसुदन खनाल
विनोद केसी
शैलेश जोशी
किरण गिरी
राजेश श्रेष्ठ
अशोक बज्राचार्य

राष्ट्रिय खेलाडी
विकास मल्ल
रितेश थापा
किरण चेम्जोङ
अन्जन केसी
विराज महर्जन
राकेश श्रेष्ठ
रोहित चन्द
सागर थापा
चुनबहादुर थापा
दीपक भुसाल
रविन श्रेष्ठ
राजु तामाङ
सन्दीप राई
भोला सिलवाल
विजय गुरुङ
सन्तोष नेपाली
सन्तोष साहुखल
विसन गौचन
चेतन घिमिरे
जुमानु राई
नीराजन रायमाझी
युगलकिशोर राई
अनिल गुरुङ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: