शैलजा आचार्यको अन्त्येष्टि

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यको शुक्रबार अपरान्ह अन्तिम संस्कार गरिएको छ । आचार्यको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । आचार्यलाई उहाँका भाई प्रदीपले दागबत्ती दिनुभयो ।

salaza-ko-line-11

आचार्यलाई अन्तिम संस्कार गर्नुअघि उहाँको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपामा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो । स्वर्गीय आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी कार्यालयमा ठूलो सङ्ख्यामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु, बुद्धिजीवी, पत्रकारहरुको घुइँचो थियो ।

यसअघि स्वर्गीय आचार्यको पार्थिव शरीरमा प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, सभामुख सुवासचन्द्र नेम्बाङ, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, एकीकृत नेकपा माओवादीका नेताहरु कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ र पम्फा भुसालले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

स्वर्गीय आचार्यको पार्थीव शरिरमा श्रद्धान्जली अर्पण गरेपछि प्रधानमन्त्री माधवकुमार नेपालले आचार्यको निधनले राष्ट्रिय राजनीतिलाई गम्भीर धक्का लागेको बताउनुभयो । कांग्रेस पार्टी कार्यालय, सानेपा पुग्नुभएका प्रधानमन्त्री नेपालले भन्नुभयो, ‘ स्वर्गीय आचार्यको असल कामबाट सबैले पाठ सिक्नुपर्छ ।’ प्रधानमन्त्री नेपालले स्वर्गीय आचार्यलाई राजनीतिक दलहरु र सरकारले उचित सम्मान गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस नेतृ आचार्यको आज बिहान आज बिहान ४.२५ बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । छाती र फोक्सो रोगबाट पीडित ६७ वर्षीया नेतृ आचार्यको स्वास्थ्य स्थितिमा अचानक गम्भीर समस्या आएपछि उपचारका लागि बुधबार शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

रक्तचाप, मुटु तथा नाडीको धड्कन गुमेको तथा पिसाब रोकिएको अवस्थामा अस्पतालमा भर्ना हुनुभएकी पूर्वउपप्रधानमन्त्री एवम् काङ्ग्रेस नेतृ आचार्य सो अस्पतालको सघनकक्षको भेन्टिलेटरमा राखिएको थियो ।

तत्कालीन राजा महेन्द्रले वि.सं. २०१७ मा जननिर्वाचित सरकारलाई ‘कू’ गरी अपदस्त गरेपछि त्यसको विरुद्धमा महेन्द्रलाई कालो झन्डा देखाई प्रजातन्त्रको पक्षमा उभिनुभएका साहसिक नेतृ आचार्य त्यस समयदेखि नै नेपाली कांग्रेसमा आबद्ध भई सक्रियरुपमा राजनीतिमा लाग्नुभएको हो । सो अभियोगमा उहाँलाई तीन वर्षको जेलसजाय दिइएको थियो ।

बहुदलीय प्रजातन्त्रको स्थापनापछि वि.सं. २०४८ मा पहिलोपल्ट मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित भई वन र कृषिमन्त्री हुनुभएकी आचार्यले आफ्नै मन्त्रालयभित्र भ्रष्टाचार र कमिसनतन्त्र रहेको भन्दै पदबाट राजीनामा गर्नुभयो । दोस्रोपल्ट वि.सं. २०५१ मा प्रतिनिधिसभामा निर्वाचित भएपछि २०५५ सालमा आचार्य उपप्रधानमन्त्री तथा जलस्रोत मन्त्री हुनुभयो । उहाँ नेपालकै प्रथम महिला उपप्रधानमन्त्री हुनुहुन्छ ।

नेपाली कांग्रेसको उपसभापति पदमा समेत पुग्नुभएकी आचार्यले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेल, निर्वासन र भूमिगतरुपमा राजनीतिक जीवन विताउनुभएको थियो । वि.सं. २००१मा विराटनगरमा जन्मनुभएकी आचार्यले समाजशास्त्रमा एमए उत्तीर्ण गर्नुभएको छ । उहाँ अविवाहित हुनुहुन्थ्यो ।

कांग्रेसद्वारा शोक ब्यक्त

नेपाली कांग्रेसले कांग्रेस नेतृ शैलजा आचार्यको निधनले पार्टीलाई अपुरणीय क्षति भएको जनाएको छ । आज बसेको आकस्मिक बैठकले कोइरालाको निधनप्रति शोक ब्यक्त गर्दै आजदेखि तीन दिनसम्म देशभरका पार्टी कार्यालयको झण्डा आधा झुकाउन आग्रह गरेको छ । कांग्रेसले १३ औं दिनमा शोकसभा गर्ने निर्णय गरेको छ ।




Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: