कांग्रेस नेतृ शैलजा आचार्यको ६५ वर्षको उमेरमा निधन

१२ जुन, ०९ । कांग्रेस नेतृ शैलजा आचार्यको उपचारका क्रममा आज विहान काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा

निधन भएको छ ।

२०१७ सालमा आफूले ओढेको कालो पछ्यौरा तत्कालीन राजा महेन्द्रको अगाडि फालेर करिव ३ वर्ष शैलजा जेल पर्नुभएको थियो । जेलबाट छुटे लगत्तै भारतमा निर्वासित शैलजा २०३३ सालमा विपी कोइरालाको मेलमिलाप नीतिपछि कोइरालासँगै स्वदेश आउनुभएको हो

काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री शैलजा आचार्यको पार्थिव शरीरको अन्त्येष्टी आज दिउसो १ बजे आर्यघाटमा गरिएको थियो । बिहान त्रिवि शिक्षण अस्पतालमा बिहान ४ बजेर २५ मिनेटमा आचार्यको निधन भएको थियो । आचार्यको पार्थिव शरीर तीन घण्टा पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखेपछि आर्यघाटमा दाहस‌स्कार गरिने थियो ।

बुधबार गम्भीर अवस्थामा शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकी आचार्यको विहान ४ बजेर २५ मिनेटमा निधन भएको हो । अल्जाइमर्स तथा श्वासप्रश्वास सम्बन्धी रोगबाट आचार्य विगत दुईवर्षदेखि पीडित हुनुहुन्थ्यो ।

करिब २ वर्षदेखि बिरामी परेकी ६७ वर्षकी शैलजा डेढ वर्षदेखि भने ओछ्यानमै हुनुहुन्थ्यो ।

भाई बुहारीको घरमा बस्दै आएकी नेतृ आचार्यलाई बुधबार थप समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई आकस्मिक कक्षमा राखेर उपचार गरीएको भएपनि चिकित्सकले भने यस अघि नै उनको उपचार संभव नभएको बताएका थिए ।

नेपालकी पहिलो महिला उपप्रधानमन्त्री समेत भएकी काग्रेस वरिष्ठ नेता आचार्य विसं २००१ मा मोरङको विराटनगरमा जन्मिनु भएको थियो । शैलजाले समाजशास्त्रमा स्नातकोत्तर गरेकी हुन् । काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाकी भाञ्जि हुन् शैलजा । गिरिजा प्रसाद कोईरालाका बुबा कृष्ण प्रसाद कोइरालाले दुई विबाह गरेका थिए । जेठि पटि्ट मोहन कुमारीकी नातिनि तथा ईन्दिराकी छोरी हुन् शैलजा । उनका मामा मातृका कोईराला पनि नेपालका पहिला प्रधानमन्त्री हुन् । विसं २०१७ सालमा तत्कालिन राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेपछि नेतृ आचार्यले राजा महेन्द्रलाई कालो झण्डा देखाएकि थिईन त्यो अबस्थामा पनि यसरि राजालाई कालो झण्डा देखाउने साहसि महिला विरलै पाइन्छन् ।
आचार्यको मुटु, दिमाग र नाडीले काम गर्न छोडेपछि बुधबारदेखि भेन्टिलेटरमा राखेर श्वासप्रश्वास नियमित गराइएको थियो । उपचारमा सलग्न डा. कविनाथ योगीले निमोनिया भएकाले नाक र मुखबाट एकैपटक खकार निस्किएपछि नाडी चल्न छाडेको अवस्थामा शैलजालाई अस्पताल पुराइएको थियो ।
करिब दुई वर्षदेखि बिरामी परेकी आचार्य डेढ वर्षयता भने पूर्णरुपमा थलिनु भएको थियो । २०६२/०६३ को जनआन्दोलपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालिन सरकारले उहाँलाई भारतका लागि राजदुत प्रस्ताव गरेको थियो ।
एगि्रमो आउनु पूर्व नै फोक्सोमा निमोनिया भएकाले २०६४ पुसमा उहाँ उपचरार्थ त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो । शुरुमा करिब पाँच महिना शिक्षण अस्पतालमा उचपार गराउँदा पनि आचार्यको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि बैंकक लगिएको थियो ।
बैंककमा करिब साढे नौ महिनाको उपचारपछि अल्जाइमर्स रोग लागेको निक्र्याेल गर्दै त्यहाँको चिकित्सक टोलीले २० फागुन २०६५ मा काठमाडौं ल्याएर छाडेको थियो । बैंककबाट ल्याएर उनलाई सिधै त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको दुई महिनापछि उहाँ घर र्फननु भएको थियो । उहाँको घरमा नै नर्स र सम्पर्कमा डाक्टर राखिएको थियो ।
आचार्यको स्वास्थ्यस्थिति नाजुक रहेको खबर पाएर विदेशमा रहेका उहाँका नातेदारहरु नेपाल आउने क्रम चलीरहेकेा छ । २०१७ सालमा त्कालीन राजा महेन्द्रलाई कालो झन्डा देखाएका कारण तीन वर्ष जेल परेपछि ६४ वषर्ीया अविवाहित आचार्य राजनीतिमा सक्रिय हुनु भएको हो ।
ज्ोटबाट छुटलगत्तै भारतमा निर्वासित उहाँ २०३३ सालमा विश्वश्वरप्रसाद कोइरालाको मेलमिलाप नीतिपछि कोइरालासँगै स्वदेश फर्केनु भएको थियो । आचार्यले २०४६ सालको जनओन्दाले सफल पार्न सक्रिय भूमिका खेल्नु भएको थियो । २०४८ सालको आमनिर्वाचनमा मोरङ ५ बाट प्रतिििनधसभा निर्वाचनमा विजयी उहाँ त्यसलगत्तै गठित सरकारमा कृषिमन्त्री बन्नु भएको थियो ।
मन्त्रालयमा भ्रष्टाचार व्याप्त रहेको भन्दै पदबाट राजीनमा दिनु भएको थियो । २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ ७ बाट पुन निर्वाचित उहाँ २०५४ सालको संयुक्त सरकारमा उपप्रधानतथा जलस्रोत मन्त्री हुनु भएको थियो ।
२०५६ सालपछि भने उहाँको निर्वाचन विजययात्रा टुंगियो । उहाँले मोरङ ७ बाट चुनाव हार्नु भएको थियो । चुनावमा पराजित भएपछि पार्टी राजनीतिमा सक्रिय रहदैं आउनु भएकी उहाँ काग्रेसको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनु भएको थियो ।
१९ माघ २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रको शाही कु पछि राजसंस्था र दलहरु मिलेर अघि बढ्नु पर्ने सार्वजनिक अभिव्यक्तिका कारण तत्कालिन आन्दोलनरत दलहरुवीच आलोचनाको पात्र बन्नु भएको थियो

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: