सीमा क्षेत्रमा भारतीय सुरक्षाबल आतङ्क कायमै

                 बर्दिया। भारतीय सीमा सुरक्षाबल (एसएसबी)का जवानले नेपाली युवा प्रकाश मगरलाई मरणासन्न हुने गरी कुटेपछि यस जिल्लाका गाउँ–गाउँमा आतङ्क जारी छ।
            मगर सीमावर्ती क्षेत्रमा बस्ने नेपाली चेलिबेटीमाथि अभद्र व्यवहार गर्न खोज्ने एसएसबीका जवानको प्रतिकार गर्ने क्रममा कुटिएका थिए।
राष्ट्रिय रूपमा नै नेपाली सीमा क्षेत्रमा बसोबास गर्नेहरूमाथि पटक–पटक दुर्व्यवहार गर्ने कुट्ने बलत्कार गर्ने काममा व्यस्त रहेको एसएसबीका यी जवानहरू नेपाली भू–भागमा रहेको टेपरी गाउँमा हतियारसहित घुमफिर गर्ने गरेको सो क्षेत्रका स्थानीयबासी बताउँछन्।
भारतको सिमा सुरक्षा गर्ने नाममा नेपालीभूमि र जनता विरुद्धमा लागेका एसएसबीले बारम्बार नेपाली जनतालाई सताई रहने दुःखकष्ट दिने काम भइरहँदासम्म सरकार र राजनीतिक दल मौन रहेका छन्।
टेपरी पुग्नु भएका बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी बेदबहादुर कार्कीसँग गत शुक्रबार उक्त गाउँका बासिन्दाले आफूमाथि भारतीय पक्षबाट भएको अत्याचारको जानकारी गराएका थिए।
          उक्त क्षेत्रमा एउटा प्रहरी चौकी र स्वास्थ्य चौकीको तत्काल व्यवस्था हुने माग उक्त गाउँलेहरूको छ।एसएसबीका जवानबाट पीडित गाउँलेहरूका अनुसार टेपरी गाउँमा आई यहाँका मान्छेलाई भारतमा लगि कुटाई खाने मान्छेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ।एसएसबीले बर्दिया जिल्लाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा रहेका नेपालीलाई दिने दुःख र यातना अमानविय ढङ्गले दिइरहेका छन्।पैसा खाई अवैध सामान नेपाल भित्र्याउने र मदिरा सेवन गरी नेपाली भू–भागमा आई दर्जनौं घटना घटाएका छन्।यस क्षेत्रका जनता बताउँछन् सरकारद्वारा पछिल्लो पटक गठित सशस्त्र प्रहरी बललाई सीमावर्ती क्षेत्रका जनताको सुरक्षाका लागि तत्काल परिचालन गर्न आवश्यक देखिएको छ।नेपाली जनताले आफ्नो भू–भागमा बस्न पाउनु पर्छ र देशको सार्वभौम प्रति कसैले बदमासी गर्छ भने त्यस विरुद्ध प्रतिकार गरी आन्दोलनमा उत्रनु पर्छ भन्ने आम नेपाली भावना हुँदाहुँदै पनि नेपाली अपहेलित भइरहेका छन्।

                 यसैबीच भारतद्वारा भइरहेको नेपालको भूमि अतिक्रमणको विरोधमा आज बाँके जिल्लाको कोहलपुर र नेपालगन्जमा विरोध जुलुस प्रदर्शन गरियो।
अखिल नेपाल किसान सङ्घ र अखिल नेपाल सुकुम्बासी सङ्घ (क्रान्तिकारी)को आयोजनामा भएको सो विरोध जुलुसका सहभागीहरूले भारतीय विस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण गर्न पाईदैनलगायतका नारा लगाएका थिए।स्थानीय बिपी चोकबाट सुरूभएको सो जुलुस भन्सार कार्यालय क्षेत्रमा पुगि कोणसभामा परिणत भएको थियो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: