एमाले, माओवादी सहमतिमा पुग्न विफल

गएको डेढ महिनादेखि अवरुद्ध बनेको संसद चलाउन नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताहरुले बुधवार गर्ने भनेको सहमति गर्न सकेनन्।

एमाले नेता तथा प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार भएको कुराकानी अनुरुप दुई दलका प्रमुख सचेतकलाई सहमतिको खाका कोर्न अह्राइएको थियो।

तर दिनभर सहमतिको कसरतमा व्यस्त माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले बीबीसीसंग कुरा गर्दै एमाले नेताहरुको ढिलाईका कारण अब सहमति विहिवार बिहानमात्र हुन सक्ने वताए।

सम्बोधन

उनले भनेजस्तो विहिवार बिहान सहमति हुन सकेमा विहिवारनै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने सम्भावना छ।

सदन चलाउनको निम्ति पहिला प्रधानमन्त्रीले संसदमा आएर केही प्रतिबद्धता व्यक्त गर्नुपर्ने शर्त माओवादीको छ।

त्यसलाई प्रष्ट्याउँदै प्रकाशले भने, “नागरिक सर्वोच्चताबारे हामीले उठाएको विषय निश्चित समय भित्र समाधान हुने किसिमले सम्बोधन गरिनु पर्छ।”

“साथै राजनितिक दलहरुबीच उन्नत स्तरको सहमतिको निम्तिपनि प्रधानमन्त्रीले आव्हान गर्नु पर्छ।”

प्रस्ताव

माओवादीले अगाडि सारेको शर्तहरुबारे नेकपा एमालेले आफ्नो तर्फबाट एउटा प्रस्ताव दिइसकेको एमाले नेताहरुले वताएका छन्।

त्यसलाई भोलिसम्ममा अन्तिम रुप दिन सकिनेमा उनीहरु ढुक्क छन्।

एमालेका प्रमुख सचेतक भीम आचार्यका अनुसार माओवादीले उठाएका समस्त विवादास्पद कुराहरुलाई दलहरुबीचको छलफलको आधारमा अगाडि बढाइने कुरा उक्त प्रस्तावमा उल्लेख गरिएको छ।

बनेदेखि नै अस्थिर देखिएको नेकपा एमाले नेतृत्वको सरकारलाई प्रतिपक्षी माओवादीले सडक र सदन तताएर कडा चुनौति दिइरहेको छ।

सहमतिको पछिल्लो प्रयासपछि सदन खुल्ने आश बढेको भएतापनि राष्ट्रपतिको कदम सच्चिनु पर्ने आफ्नो माग पूरा नभएसम्म सडक संघर्ष निरन्तर गर्ने माओवादी नेताहरुको भनाइ छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: