चन्द्रशेखरलाई मृत्युदण्डको सजाय पुनरावे दनद्वारा सदर

कतारमा कार्यरत एक नेपाली युवकलाई तोकिएको मृत्युदण्डको सजायमा गरिएको पुनरावेदन पुनः असफल भएको छ ।

कतारको एक स्थानीय अदालतले मृत्युदण्डको सजाय सुनाएका दुइ भारतीय नागरिक र सिरहा बेलाहा-७ का ४४ वर्षीय नेपाली युवक चन्द्रशेखर यादवको मुद्दा यसअघि कतारको सर्वोच्च अदालतले पुनर्विचारका लागि पुनरावेदन अदालतमा फर्काएको थियो ।

पुनरावेदन अदालतले आइतबार सो मुद्दामा आफ्नो फैसला सुनाउँदै मृत्युदण्डको सजाय सदर गरेको नेपाली दूतावासले जनाएको छ ।

अब उनलाई दिइएको सजायबारे पुनः सर्वोच्च अदालतमा अपिल गरिने पनि नेपाली दूतावासले जनाएको छ ।

सर्वोच्च अदालतले पुनर्विचारका लागि पुनरावेदनमा पठाएकाले उनको मुद्दा पुनः सर्वोच्च अदालतमा जाने र अपिलको मौका पाइने पनि दूतावासले स्पष्ट पारेको छ ।

स्थानीय अदालतको निर्णय पुनरावेदन अदालतले यसअघि पनि सदर गरिदिएको थियो ।

पुनरावेदन अदालतमा यसपटक पनि प्रतिरक्षासम्बन्धी सम्पूर्ण कागजात प्रस्तुत गरिएका थिए । गृष्मकालीन बिदाका कारण उनको जीवनबारे सर्वोच्चको फैसला आउन अब थप केही महिना प्रतिक्षा गर्नुपर्ने दूतावास सूत्रले जनाएको छ ।

तीस वर्षीया एक इन्डोनेसियाली युवतीसँग शारीरिक सम्बन्ध राख्ने गरेको वेश्यावृत्तिमा लगाएको र वेश्यावृत्तिबाट प्राप्त रकमको हिसावकिताब नमिलेपछि अन्ततः हत्या गरेको अभियोगमा कतारको एक अदालतले सिरहा बेलाहा-७ का चन्द्रशेखर र दुइ जना भारतीय नागरिक उन्नीकृष्णा महादेवन र मोनीकन्धन श्रीधरणलाई पनि मृत्युदण्डको सजाय सुनाएको छ ।

ग्यारेजको सुरक्षागार्ड रहेका मुङ्गेबजार-६ लमजुङका बुद्विमान गुरुङलाई पनि सो घटनाका मतियारको सजाय तोकिएको थियो ।

छानबिनका क्रममा उनको कोठामा मृतक युवतीका केही कपडा फेलापरेको अभियोग विवरणमा उल्लेख छ ।

उनलाई मतियारकारुपमा दुइ वर्षको जेल सजाय र रकम जरिवानाको सजाय तोकिएको थियो । उनी सजाय कटाइसकेकाले जरिवाना तिरेर गत वर्ष नै नेपाल फर्किसकेका छन् ।

पुनरावेदन अदालतमा प्रतिरक्षा कागजात अधिवक्ता मोना अब्देल रहिमले प्रस्तुत गर्नुभएको थियो । इन्डोनेसियाली दूतावासले आफ्ना कुनै पनि नागरिक नहराएको हत्याको समय वा त्यसपछि लामो समयसम्म पनि इन्डोनेसियाली दूतावासमा कुनै पनि उजुरी दर्ता नभएको र ती युवतीका बारेमा दूतावाससँग कुनै अभिलेख नरहेको बताएको थियो ।

कतारका लागि नेपाली राजदूत डा।सूर्यनाथ मिश्रले सर्वोच्च अदालतबाट चन्द्रशेखर निर्दोष सावित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

एक युवतीको करिब तीन महिना पुरानो र सडेको लास अल बक्रा क्षेत्रको नदी किनारमा गाडिएको ठाउँबाट केही अङ्ग देखा परेको स्थितिमा सन् २००३ को अक्टोबरमा फेला परेपछि सो विवरण प्रहरीमा गोप्य रहेकै अवस्थामा युवायुवतीको शारीरिक सम्बन्धको अभियोगमा डिल्लीराम नाम गरेका एक नेपालीलाई पक्राउ गरिएको र उनले दिएको बयानका आधारमा आफूहरुलाई पक्राउ गरी मुद्दा चलाएको भन्ने अभियुक्तहरुको दाबी रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: