एक सय नौ भूमिगत समूहको पहिचान

            नेपालमा हाल एक सय नौवटा समूहले भूमिगतरूपमा आङ्खनो गतिविधि सञ्चालन गरिरहेको प्रहरीले तयार पारेको एक प्रतिवेदनमा उल्लेख छ ।तीमध्ये १७ वटा सशस्त्र युद्धमा लागेको, १० वटा हिन्दू अतिवादी रहेको, केहीले आङ्खना मागमात्र अघि सारेको र केही विज्ञप्ति निकालेर आपराधिक क्रियाकलापको जिम्मेवारी लिने, चन्दा असुल्ने र धम्क्याउने कार्यमा सक्रिय भएको पाइएको सो प्रतिवेदनमा उल्लेख छ ।माओवादी नेतृत्वको सरकारले भने १७ वटा भूमिगत संगठनको पहिचान गरी केही समूहसँग वार्ता गरेको थियो । वार्तामा अखिल तर्राई मुक्तिमोर्चा गोइत र प्रताप समूह, जनतान्त्रिक तर्राई मुक्तिमोर्चा ज्वालासिंह, राजन, पृथ्वी र विस्फोट समूहजस्ता सैन्य दस्ता भएका संगठनले भने भाग लिएका थिएनन् ।तर्राईमा यी समूह शक्तिशाली मानिन्छन् । उनीहरूले सिराहा, सप्तरी, धनुषा, महोत्तरी, र्सलाही, रौतहट, बारा, पर्सर्ााबाँके, बर्दिया र मोरङमा आङ्खना गतिविधि सञ्चालन गरिरहेका छन् ।सुदूरपश्चिममा आङ्खनो गतिविधि सञ्चालन गरिरहेको सुप क्रान्ति दललाई पनि प्रहरीले भूमिगत संगठनमा राखेको छ ।सो संगठनले केही समयअघि सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र दार्चुलालगायतका जिल्लामा सुदुरपश्चिमको छुट्टै राज्य हुनुपर्ने माग राखेर पर्चा छरेको थियो । यो संगठनले आपराधिक गतिवधि सञ्चालन नगरेको प्रहरीको गोप्य प्रतिवेदनमा उल्लेख छ ।
                 
शर्ेपा समुदायको प्रतिनिधित्व गर्ने भन्दै गठन गरिएको भीषण हिमाली बाघलाई पनि प्रहरीले भूमिगत भनेको छ । सो संगठनको गतिविधिबारे प्रहरीलाई खासै जानकारी छैन ।प्रहरीले माओवादीका पर्ूवनेता/कार्यकर्ता मिलेर खोलेको रिभोलुसनरी नामक संगठनलाई पनि भूमिगत सशस्त्र संगठनको सूचीमा राखेको छ ।सो संगठनले केही दिनअघि काठमाडौंको थानकोटमा भारतीय नम्बरप्लेटको गाडीमा आगजनी गरेको थियो । सोसंगठनले भारतीय नम्बरप्लेटका सवारीसाधनलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाउने कार्यक्रम पनि अघि सारेको थियो ।गृह मन्त्रालयले तर्राई तथा पहाडका भूमिगत संगठनको आपराधिक गतिविधिलाई ध्यानमा राखेर १ माघ, २०६५ देखि युनिफाइड कमान्ड परिचालन गरेको छ ।तर्राईमा रहेका सशस्त्र तथा आपराधिक संगठनको बारेमा युनिफाइड कमान्डले निकै सजगता अपनाएको छ । अप्रिय घटना नहोस् भनेर प्रहरीले संवेदनशील जिल्लामा थप प्रहरी युनिटको व्यवस्थासमेत गरेको छ ।

             प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद सिंहले भने, ‘हामीले भूमिगत संगठनलाई निरुत्साहित गर्न आफ्ना सबै युनिटलाई सक्रिय र सजग गराएको छौं, भरसक त्यस्ता गतिविधि हुन नदिन प्रहरी सक्रिय छ ।,’नेपाल प्रहरीका कार्यविभाग प्रमुख प्रहरी नायब महानिरीक्षक अर्जुनजंग शाहीले महोत्तरी, धनुषा, सप्तरी र सिराहामा नेपाल प्रहरीले विशेष कार्यर्दलका दर्ुइ-दर्ुइवटा युनिट खटाएर तर्राईका सशस्त्र समूहलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: