ताम्सालिङ बन्दमा तनाव, काभ्रेमा कर्फ्यु

 

ताम्सालिङ बन्दमा तनाव, काभ्रेमा कर्फ्यु
 
२४ जेठ, काठमाडौं । ताम्सालिङ संयुक्त सङ्घर्ष समितिले आहृवान गरेको बन्दका क्रममा काभ्रेमा माओवादी कार्यकर्ता र स्थानीयबासीबीच झडप भएपछि प्रसासनले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
प्रसासनले काभ्रेको साँगादेखि धुलिखेलको अठ्ठाइसकिलोसम्म दिउँसो दुई बजेदेखि अनिश्तिकालीन कर्फ्यु आदेश जारी गरेको हो । ताम्सालिङ संयुक्त सङ्घर्ष समितिले आहृवान गरेको बन्दको बनेपावासीले अवज्ञा गरेका थिए । बनेपाका यातायात व्यवसायीहरूको गाडी तोडफोड भएपछि बन्दको अवज्ञा गरिएको हो । बन्द अवज्ञाकारीहरूले बनेपास्थित माओवादी जनसम्पर्क कार्यालयमा पनि तोडफोड गरिदिएका छन् ।
बन्द आहृवानकर्ता ताम्सालिङका समर्थक र बन्द अवज्ञा गर्ने समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय, बनेपाले दजनौं सेल अश्रुग्यास प्रहार गरेका थियो । झडपमा परी १२ जना घाइते भएका छन् ।
घाइते मध्ये रामकृष्ण मानन्धर, राकेश मानन्धर र केशव शाहीको अवस्था जटिल रहेको छ । घाइते सबैको बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
सेनापति प्रकरणमा राष्ट्रपति डा.रामवरण यादवले चालेको कदम फिर्ता हुनुपर्ने, आफूहरूले यसअघि राखेका ताम्सालिङ राज्यसहितका २२ वटा माग तत्काल पूरा हुनुपर्नेलगायतका मागहरू राखेर ताम्सालिङ सयुक्त सङर्घष समितिले चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली, दोलखालगायतका १० जिल्ला बन्दको घोषणा गरेको हो ।
बन्द आहृवानकर्ताहरूले बिहानैदेखि चितवनको नारायणगढका लायन्सचोक, सहिदचोक, पुल्चोक र काठमाडौँ भित्रिने मुख्य नाका आपटाँरीलगायतका स्थानमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् ।
उता एकीकृत नेकपा माओवादीले, चितवन जिल्लालाई ताम्सालिङ राज्यक्षेत्र घोषणा गरेकोमा थारु कल्याणकारिणी सभा, चितवनले आपत्ति जनाएको छ । 

     ताम्सालिङ संयुक्त सङ्घर्ष समितिले आहृवान गरेको बन्दका क्रममा काभ्रेमा माओवादी कार्यकर्ता र स्थानीयबासीबीच झडप भएपछि प्रसासनले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।प्रसासनले काभ्रेको साँगादेखि धुलिखेलको अठ्ठाइसकिलोसम्म दिउँसो दुई बजेदेखि अनिश्तिकालीन कर्फ्यु आदेश जारी गरेको हो । ताम्सालिङ संयुक्त सङ्घर्ष समितिले आहृवान गरेको बन्दको बनेपावासीले अवज्ञा गरेका थिए । बनेपाका यातायात व्यवसायीहरूको गाडी तोडफोड भएपछि बन्दको अवज्ञा गरिएको हो । बन्द अवज्ञाकारीहरूले बनेपास्थित माओवादी जनसम्पर्क कार्यालयमा पनि तोडफोड गरिदिएका छन् ।बन्द आहृवानकर्ता ताम्सालिङका समर्थक र बन्द अवज्ञा गर्ने समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय, बनेपाले दजनौं सेल अश्रुग्यास प्रहार गरेका थियो । झडपमा परी १२ जना घाइते भएका छन् ।घाइते मध्ये रामकृष्ण मानन्धर, राकेश मानन्धर र केशव शाहीको अवस्था जटिल रहेको छ । घाइते सबैको बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।सेनापति प्रकरणमा राष्ट्रपति डा.रामवरण यादवले चालेको कदम फिर्ता हुनुपर्ने, आफूहरूले यसअघि राखेका ताम्सालिङ राज्यसहितका २२ वटा माग तत्काल पूरा हुनुपर्नेलगायतका मागहरू राखेर ताम्सालिङ सयुक्त सङर्घष समितिले चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली, दोलखालगायतका १० जिल्ला बन्दको घोषणा गरेको हो ।बन्द आहृवानकर्ताहरूले बिहानैदेखि चितवनको नारायणगढका लायन्सचोक, सहिदचोक, पुल्चोक र काठमाडौँ भित्रिने मुख्य नाका आपटाँरीलगायतका स्थानमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् ।उता एकीकृत नेकपा माओवादीले, चितवन जिल्लालाई ताम्सालिङ राज्यक्षेत्र घोषणा गरेकोमा थारु कल्याणकारिणी सभा, चितवनले आपत्ति जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: