श्रुतिको सम्झना..

source: nagariknews bolg

ताल्चा मारिएको त्यो पेन्टिङ कोठा
राति १० बजे दरबारबाट आएको फोनले चित्रकार गोविन्द डंगोललाई झस्काइदियो ।

‘भोलिदेखि नै सुरु गरौं । बिहानै गाडी पठाइदिन्छु,’ दरबारका सचिव राघव शाहले यसो भनेपछि त्यो रातभर उनी सुत्नै सकेनन् । छाती गह्रौं भएर आयो । हातगोडा लगलगी काँपे ।

काठमाडौंको सामान्य नेवार परिवारमा जन्मेको मान्छे । दरबारिया नियमकानुन थाहा थिएन । कोसँग कसरी बोल्नुपर्ने हो, के भन्न हुने, के नहुने – यस्तायस्तै तर्कनाले उनलाई रातभर कोतरिरह्यो ।

भोलिपल्ट बिहानै दरबारको गाडी लिन आइपुग्यो । त्यतिखेरसम्म उनले सोचिसकेका थिए- अंग्रेजीमा बोलूँला । दरबारिया जी-हजुरीमा चुकिएला भन्ने झन्झटै हुन्न ।

उनलाई ठाउँठाउँमा गेटपास थमाउादै दरबारको एउटा कोठामा लगियो । एकैछिनमा अधिराजकुमारी श्रुति कोठाभित्र आइन् । उनले अलिकति जीउ झुकाउँदै हात जोडेर नमस्कार गरे ।

‘बस्नुस् न सर,’ अधिराजकुमारीले भनिन् ।

‘हैन सरकार, हजुर पहिला बसिबक्स्योस्,’ डंगोलले बिन्ती गरे ।

‘तपाई पहिला बस्नुस् न, अनि म बसूँला ।’

‘सरकार नबसी म बस्ने कुरै आउँदैन, सरकार ।’

श्रुतिलाई मनाउन सजिलो भएन ।

‘ल ल ठीक छ, मै बस्छु,’ उनले कुर्सीमा बस्दै भनिन्, ‘अब त बस्नुस् ।’

अधिराजकुमारीको मिजासिलो र बालसुलभ व्यवहारले उनको धक फुकिसकेको थियो । अंग्रेजीमा सिधै भनिदिए, ‘सरकार, मलाई दरबारिया भाषा बोल्न आउादैन । तलमाथि परे माफ गर्नुहोला ।’

श्रुतिले फिस्स हाँस्दै शान्त स्वरमा जवाफ दिइन्, ‘ठीक छ, ठीक छ ।’

***

२०५१ साल असार महिनाको कुनै दिन थियो त्यो ।

चित्रकार डंगोल ब्रहृमटोल बस्थे । ललितकला क्याम्पसमा जागिर थियो । क्याम्पस प्रमुख थिए, विणा प्रधान । केही दिनअघि मात्र दरबारका सचिव शाह अधिराजकुमारी श्रुतिलाई चित्रकला पढाउने शिक्षक खोज्न ललितकला आएका थिए । क्याम्पस प्रमुखले ‘डंगोल सर’ को नाम सिफारिस गरिन् ।

त्यसअघि दरबारबाट शशिबिक्रम शाहलाई पनि यो काम भनिएको रहेछ । उनले ‘चित्रकला गर्नु र पढाउनु फरक हो’ भन्दै डंगोल सरकै नाम लिएछन् ।

दुईतिरबाट सिफारिस आएपछि डंगोल र शाहको भेट भयो ।

‘श्रुति सरकारलाई पेन्टिङ पढाउने शिक्षकको खोजी भइरहेको छ, तपाईंको पनि नाम आएको छ,’ शाहले डंगोलसहित अरू शिक्षकहरूको नाउा लिए ।

‘म उहाँहरूभन्दा सिनियर हुँ,’ उनले भने, ‘चित्रकला पढाउनमा आफूलाई उहाँहरूभन्दा कुनै अर्थमा कम सम्झन्नँ …’

‘… तपाईंहरू मलाई एक महिना प्रशिक्षणमा राख्न सक्नुहुन्छ । चित्त नबुझे म छोड्छु ।’

शाहले डंगोलको बायोडाटा लिएर गए ।

***

२०६६ जेठ १३ गते

६३ वर्षे डंगोल ललितपुरको सानेपा बस्छन् । पुख्र्यौली घरबाट सरेको तीन वर्ष भएछ ।

पूर्व राजा वीरेन्द्रकी एकमात्र छोरी श्रुतिलाई चित्रकला सिकाउने गुरुका रूपमा उनी चर्चामा रहिरहन्थे । धेरै भयो, गुमनाम छन् । त्यही भएर आफ्नो सिर्जनामा प्रशस्त समय दिन भ्याइरहेका छन् । यसबीच उनी दुईचोटि ललितकला क्याम्पस प्रमुख बने । दुवैचोटि दरबारसागको सम्बन्धलाई राजनीतिक रूप दिएर विवादमा तान्न खोजियो । उनले राजिनामा दिए । पछिल्लोचोटि राजिनामा दिएको तीन महिनामात्र भयो ।

२०५८ जेठ १९ को दरबार हत्याकाण्डमा देशले तत्कालीन अधिराजकुमारी श्रुतिसहित वीरेन्द्रको पूरै वंश गुमायो । मंगलबार यो घटनाको आठ वर्ष पूरा हुादैछ ।

हामी -म र फोटोग्राफर भास्वर ओझा) एक चित्रकारका रूपमा श्रुतिको स्मृति ताजा पार्न उनका गुरुलाई भेटिरहेका छौं ।

***

‘मेरो स्टुडियो भने पनि, स्टडी भने पनि यही हो,’ हामीलाई एउटा ठूलो कोठाभित्र छिराउादै डंगोलले भने ।

कोठाका भित्ताभरि पेन्टिङहरू टाँगिएका छन् । नअटाएर भुइामा समेत रास छ । स्ट्यान्ड राखेर अड्याएको गितार र ठूलो पियानोले कोठाभित्र चित्रकला र संगीतको मिश्रति अनुभूति गराउाछ । ढोकाबाट छिरेपछि देब्रेतिर उनको आफ्नै श्यामश्वेत तस्बिर फ्रेम गरेर टाँगिएको छ । त्यो तस्बिर खिच्दा लाइटिङ आफैले मिलाएको उनी घरिघरि सम्भिmरहन्छन् । त्यससागै श्रुतिको चित्रकला प्रदर्शनीमा खिचेका दुइटा तस्बिर फ्रेम गरेर झुण्ड्याइएका छन् । एउटामा श्रुतिसँग उनी र उनकी श्रीमती पनि छिन् ।

‘मलाई अन्तर्वार्ता दिन मन लाग्दैन,’ कोठाभित्र बसाउनेबित्तिकै उनले भनेको पहिलो वाक्य यही हो ।

‘म कलाकार हुँ । शिक्षक हुँ । राजाकी छोरीलाई पढाएँ भनेर के म दरबारिया भएँ ?’ उनले विगतका अन्तर्वार्ताले ल्याएका विवादको गुनासो पोखे ।

त्यतिखेरको एउटा विवाद यो पनि थियो, वास्तवमा श्रुतिले बनाएका सबै चित्र डंगोलकै सिर्जना हुन् ।

‘वाहियात्,’ उनले अलि झोक्किँदै भने, ‘धेरै पत्रकारहरू मसँग यही सोध्थे । मैले एकचोटि श्रुति सरकारलाई बिन्ती गरें, ‘सरकार, पत्रिकामा यस्तात्यस्ता कुरा आइरहेका छन् । खण्डन गर्ने कि ? तर उहाँले कहिल्यै चासो दिइबक्सेन ।’

एक पत्रकारलाई त उनले अन्तर्वार्ताकै बीचमा उठाएर कलेज लगेछन् र आफ्ना विद्यार्थीका कलाकृति देखाउादै भनेछन्, ‘यिनले मसँग सिक्न थालेको एक हप्तामात्र भयो । एक हप्तामै यिनीहरू यति राम्रा चित्र बनाउाछन् भने श्रुति सरकारलाई त मैले दुई वर्ष प्रशिक्षण दिएा ।’

‘हामी विवाद कोट्टयाउन आएका हैनौं, एक कलाकारका रूपमा श्रुतिलाई सम्झनुमात्र हाम्रो उद्देश्य हो,’ हामीले उनलाई विश्वस्त पार्‍यौं ।

उनी सम्झनाका एल्बम पल्टाउादै श्रुतिका तस्बिरहरू देखाउन राजी भए ।

***

दरबारभित्रको त्यो कक्षा कोठा अति सामान्य थियो । बीचमा साधारण टेबल । दायाँबायाँ दुइटा कुर्सी । टेलिफोन थियो र एउटा अट्याच बाथरुम । वाटरकलरमा चित्र बनाउँदा पानी फेरिरहनुपर्छ । प्रायः बाथरुम गएर पानी भर्ने काम श्रुति आफै गर्थिन् । कहिलेकाहीं डंगोलले अप्ठ्यारो लागेर ‘म ल्याउँछु सरकार’ भन्दा उनी मान्दिन थिइन् ।

‘हैन सर, म ल्याइहाल्छु नि,’ उनको जवाफ हुन्थ्यो ।

श्रुति त्यतिखेर पद्मकन्या कलेजमा स्नातक पढ्थिन् । सबै विषयका लागि दरबारभित्रै पढाउने व्यवस्था थियो । अरू विषयको कक्षा एक दिन बिराएर हुन्थ्यो, चित्रकला भने शनिबारबाहेक हरेक दिन ।

सामान्यतया चित्रकला एक घन्टाको हुन्थ्यो । त्यसपछि नेपाली विषयको पालो आउाथ्यो ।

एकदिन श्रुति मुडमा थिइन् । लामो समय चित्रमै एकोहोरिइन् । उनका एडिसी भने घरिघरि ढोका ट्वाकट्वाक गर्दै समय सकिएको जनाउ दिइरहेका थिए । धेरैचोटि ढक्ढक्याएपछि श्रुति जुरुक्क उठेर बाहिर गइन् र भनिन्, ‘आज म नेपाली क्लास लिन्नँ ।’

‘यस्तो धेरैचोटि हुन्थ्यो,’ डंगोलले भने, ‘त्यति रुचि थियो उहाँको पेन्टिङमा ।’

उनले श्रुतिको बिहे हुनुअघि दुई वर्ष लगातार कक्षा लिए । नेपालमा चित्रकलाको आधारभूत शिक्षा लिएर फ्रान्समा उच्च अध्ययन गर्ने श्रुतिको योजना थियो । त्यही भएर उनी सबै किसिमका चित्रकलामा उत्तिकै रुचि राख्थिन् ।

‘मैले सुरुमा रियालिस्टिक (यथार्थपरक) आर्ट सिकाएँ । त्यसपछि सेमी-मोडर्न हुँदै मोडर्न आर्ट सिकाउने मेरो योजना थियो । तर मोडर्न आर्ट सिकाउन समय नै पाइएन । बिएको परीक्षा आयो । त्यसपछि बिहे भइहाल्यो । प्रशिक्षण त्यत्तिकै रोकियो,’ उनले श्रुतिलाई पढाउादाका दिन सम्भिmए ।

यसबीच उनले वाटरकलर, अयलकलर, चारकोल पेन्टिङ -कोइलाले चित्र बनाउने) र नाइफ पेन्टिङ (चक्कुजस्तो औजारले रङ भर्ने) सिकाए । चारकोल पेन्टिङमा श्रुतिको विशेष रुचि भएको डंगोलको बुझाइ छ । यसमा उनले धेरै काम पनि गरेकी थिइन् ।

‘तपाईंलाई उनको सबभन्दा राम्रो चारकोल पेन्टिङ कुन लाग्यो त ?’

‘एकचोटि मैले एनाकोन्डाको तस्बिर दिएर चारकोल पेन्टिङ गर्न लगाएा । उहााले दुई हप्ता लगाएर त्यसलाई उतारिबक्स्यो । निकै राम्रो थियो ।’ पछि त्यही पेन्टिङ श्रुतिको नाममा डंगोलले बनाइदिएका हुन् भन्ने विवाद पनि भएछ ।

‘डेढ बाई तीन फुट । यही साइज हो जस्तो लाग्छ,’ डंगोलले भित्तामा भुण्डिएको हिमालको पेन्टिङतिर देखाउादै भने, ‘करिबकरिब यही साइजको । माछापुच्छ्रे हिमालको त्यो पेन्टिङ बनाउन उहाँलाई पूरै एक हप्ता लागेको थियो ।’

श्रुतिले डंगोलसागको प्रशिक्षणकै क्रममा चित्रकला प्रदर्शनीसमेत गर्न भ्याइन् । प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रदर्शनीमा वाटरकलरका ३० वटा भन्दा बढी पेन्टिङ थिए ।

‘एउटा गुरुका लागि शिष्यको हरेक सिर्जना प्यारो हुन्छ,’ प्रदर्शनीको उत्कृष्ट सिर्जनाबारे सोध्दा डंगोल यसो भन्थे ।

***

‘हजुरले एब्स्ट्रयाक्टभन्दा नेपाली कलातिर बढी ध्यान दिइबक्सनुपर्छ,’ डंगोल बारम्बार श्रुतिलाई यही सल्लाह दिन्थे ।

‘किन ?’

‘अधिराजकुमारीका रूपमा स्वदेश वा विदेशमा प्रदर्शनी गर्दा आफ्नै देशको तस्बिर उतार्नुभए बढी महत्व पाउाछ ।’

श्रुति सहमत भइन् । उनले हिन्दु र बौद्ध धर्मका विभिन्न देवदेवीका तस्बिर बनाउन सिकिन् । परम्परागत शैलीका घरमा ढोकामाथि राखिने ‘छिपः’ र धारामा बनाइने ‘हिटिमगः’ को तस्बिर पनि बनाइन् ।

कहिल्यै नसुनेको छिपः र हिटिमगः शब्द सुनेपछि श्रुतिले सोधेकी थिइन्, ‘के यो नेपाली शब्द हो ?’

‘नेवारी हो ।’

‘नेपाली भाषामा पनि केही त भन्ला नि ?’

‘म पत्ता लगाउने कोसिस गर्नेछु, सरकार ।’

डंगोलले धेरै प्रयास गरे, तर त्यसको नेपाली शब्द फेला पार्न सकेनन् ।

अर्कोचोटि त्यस्तै भयो ।

‘सर, मलाई हाब्रेको चित्र बनाउन मन लाग्यो,’ उनले डंगोलसाग भनिन् ।

‘के हो त्यो ?’

‘त्यो एउटा जनावर हुन्छ नि, नेपाल र चीनमा मात्र पाइने ।’

‘मलाई थाहा छैन सरकार । म खोज्ने प्रयास गर्छु ।’

हाब्रेको तस्बिर खोज्न पनि धेरै सकस भयो । कहीँ फेला नपरेपछि उनले डब्लुडब्लुएफमा काम गर्ने एकजना साथीसाग सोधे । ‘धन्न उनको किताबमा रहेछ ।’

***

यी गुरु र चेलीबीच ठट्टा पनि प्रशस्तै हुन्थे ।

‘सरकार, हजुरलाई थाहा छ जियोग्राफी र साइकोलजी लिएर पढ्ने हजुर चौथो वा पाँचौं व्यक्ति हुनुहोला ।’

‘हो र,’ श्रुतिले आश्चर्य मान्दै सोधिन्, ‘कसरी ?’

‘मैले पनि आइएमा जियोग्राफी र साइकोलजी नै लिएको हुा । यो एकअर्कासाग एकदमै नमिल्ने विषय हो । प्रायः विद्यार्थी जियोग्राफीसाग कि इकोनमिक्स लिन्छन्, कि सोसियोलजी । म तेस्रो व्यक्ति हुा साइकोलजी लिने । अनि तपाइर्ं चौथो वा पााचौं हुनुभएन त !’

कहिलेकाहीँ व्यंग्य पनि चल्थ्यो ।

एकदिन श्रुतिले गृहकार्य भ्याएकी थिइनन् । डंगोलले भने, ‘सरकारलाई होमवर्क गर्ने फुर्सत नभए म एक हप्तापछि आए कसो होला ?’

श्रुतिले उनको इसारा बुझिहालिन् । त्यसपछि गृहकार्यको मामलामा उनी कहिल्यै ढिला भइनन् ।

एकचोटि भने पढाउँदा-पढाउँदै नराम्ररी डराएका छन्, डंगोल ।

त्यसदिन श्रुतिले गृहकार्यमा केही गल्ती गरेकी रहिछन् । कलेजमा विद्यार्थीहरूलाई गाली गर्ने बानी, दरबारभित्र श्रुतिका अगाडि पनि पड्किए ।

‘छ्या के गरेको यस्तो,’ उनले एक्कासी ठूलो स्वरमा हप्काउादा श्रुति नराम्ररी झस्किइन् ।

त्यसपछि त के चाहियो ? दरबारभित्रको त्यो नियन्त्रित वातावरणमा अधिराजकुमारीलाई हप्काएको ! उनी खुब डराए । ओठमुख सुके । हत्तपत्त गल्ती सुधार्दै माफी मागे । श्रुतिले भने त्यसलाई मनमा लिएकी थिइनन् ।

‘ठिकै छ नि सर,’ उनले भनिन् ।

***
श्रुतिको बिहेपछि पढाइले लामो समय विश्राम लियो ।

उनीहरूको फेरि भेट भयो फ्रान्सेली सांस्कृतिक केन्द्रमा । त्यतिखेर केन्द्र डिल्लीबजारमा थियो (अहिले त्रिपुरेश्वर) । फ्रेन्च कलाकार डग्लसको प्रदर्शनी हेर्न आएकी श्रुतिले डंगोललाई देखेर टाढैबाट इसारा गर्दै डाकिन् ।

‘के गर्दै हुनुहुन्छ अचेल ?’ उनले उत्साहित हुँदै सोधिन् ।

‘पेन्टिङ गर्ने हो सरकार, अरू के गर्नु ?’

‘मैले कति खोजेँ तपाईंलाई ।

‘मलाई त कसैले केही भनेनन् । सजिवज्यूलाई मेरो घरको नम्बर थाहा थियो नि ।’

‘ठीक छ । तपाईं मेरो घर आउनुस् न ।’

”भइहाल्छ नि सरकार ।’

‘तपाइर्ंले मेरो नयाँ घर देख्नुभएको छ, हैन ?’

‘छ सरकार ।’

डंगोल केही दिनमै श्रुतिकहाँ पुगे, केशरमहलसागै जोडिएको उनको नयाँ घरमा । त्यतिखेर उनी बगैँचामा घाँस काटिरहेकी थिइन् ।

‘सरकार यो के गरिबक्सेको ?’ डंगोलले सोधे ।

‘के गर्नु सर । यति काम पनि नगरे टाइम पास कसरी गर्ने त ?’

‘पेन्टिङ गरिबक्स्योस् न । हजुरको यति राम्रो कला छ । त्यो सबैसँग कहाँ हुन्छ ।’

‘त्यही भएर त तपाईंलाई डाकेको ।’

श्रुतिको चित्रकला कक्षा फेरि सुरु भयो । त्यतिखेर उनकी ठूली छोरी जन्मिसकेकी थिइन् ।

‘बिहेपछि मैले उहाँलाई एक्रेलिक पेन्टिङ सिकाएा,’ डंगोलले सुनाए, ‘यसमा वाटरकलरमा पेन्टिङ गरिन्छ । त्यो सुकेपछि अयल कलरजस्तो रङ आउाछ । धोए पनि जाँदैन ।’

उनले पेन्टिङकै लागि भनेर ग्यारेजमाथि छुट्टै कोठासमेत बनाएकी थिइन् । कोठा पूरा भएपछि उत्साहित हुँदै डंगोललाई फोन गरिन् ।

‘डंगोल सर हो ?’

उनले आवाज चिनेनन् । त्यतिखेर विद्यार्थीहरूले घरमा फोन गरेर हैरान पार्थे । हप्काउँदै भने, ‘तिमीहरूलाई मैले घरमा फोन नगर्नू भनेको होइन ?’

उताबाट खित्तित्त हाँसेको आवाज आयो । बल्ल पो चाल पाए, ए, यो त अधिराजकुमारी श्रुतिको पो आवाज हो Û

‘उहाँले पेन्टिङ कोठा हेर्न बोलाइबक्सेको रहेछ,’ उनले सम्झे, ‘म हेर्न गएा ।’

कोठा खुला थियो । पेन्टिङ गर्नलाई लाइट पुग्नेगरी ठूल्ठूला झ्याल थिए । पहिलेभन्दा निकै व्यवस्थित । त्यही कोठामा झन्डै डेढ वर्षको अभ्यासपछि श्रुतिले दोस्रो प्रदर्शनीको तयारी सुरु गरिन् । एक दर्जनभन्दा बढी पेन्टिङ तयार पारिसकेकी थिइन् । यसपालि यी गुरुचेलीको अर्को योजना पनि थियो- श्रुतिको कलाकारितामाथि आक्षेप लगाउनेहरूको मुख टालिदिने ।

‘उहाँ राम्रो कलाकार होइबक्सन्थ्यो तर उहाँको खुबीमाथि सधैं प्रश्न खडा गरियो । त्यही भएर हामीले प्रदर्शनीकै क्रममा सबैका अगाडि पेन्टिङ गरेर देखाउने कार्यक्रम राखेका थियौं,’ डंगोल आठ वर्षअघि र्फकंदै थिए ।

‘वाटरकलर, अयलकलर, चारकोल पेन्टिङ र नाइफ पेन्टिङका एक-एक कला सबैका अगाडि प्रदर्शन गर्न गइरहेका थियौं हामी । श्रुति सरकार पनि उत्साहित होइबक्सन्थ्यो । उहाँमा आत्मविश्वास जागिसकेको थियो ।’

तर यो प्रदर्शनी हुन पाएन । त्यहीबेला जेठ १९ को दरबार हत्याकाण्ड भयो ।

***

त्यो दुःखद ऐतिहासिक घटनाले देशलाई पूरै शोकमा डुबायो ।

श्रुतिको सम्झनाले अहिले पनि डंगोलको छाती घरिघरि चर्काउाछ । हामीले हत्याकाण्डको सन्दर्भ कोटयाएपछि उनले आफूलाई थाम्न सकेनन् । उनका आँखा रसाउन थाले । पछाडि भित्तातिर फर्केर श्रुतिसँग खिचाएको तस्बिरमा निकैबेर टोलाए ।

‘साँच्चै रुन मन लाग्छ मलाई । म सम्झनै चाहन्ना त्यो घटना,’ उनी दाहिने हातले चस्मालाई अलिकति माथि ठेलेर दुवै आँखा मिच्न थाले ।

‘मैले चिन्दै नचिनेको भए हुन्थ्यो बरु । यस्तो गाह्रो त हुन्थेन,’ उनको स्वर काँप्न थाल्यो ।

हामी एकछिन चुप रह्यौं । उनी पनि केही बोलेनन् । अलिकति सामान्य बनेपछि हामीले प्रसंग बदल्यौं । ‘एउटा कलाकारका रूपमा श्रुतिको कमजोरी तपाईं केमा देख्नुहुन्छ ?’

‘मैले उहाँलाई प्रकृतिसाग साक्षात्कार गराउन पाइनँ,’ स्वरमा अलिअलि कम्पन बाँकी नै थियो, तैपनि सामान्य हुन खोज्दै थिए, ‘पहिला दरबारमा हुादाखेरि नै म उहाँलाई बाहिर खुला वातावरणमा लगेर पेन्टिङ गराउन चाहन्थें, जसरी हामी अरू विद्यार्थीलाई सिकाउाछौं । बागमती नदीमा घुमाउने, प्राचिन मन्दिरमा लगेर टुँडालहरू देखाउने, त्यतिखेरको कलाकृतिबारे अध्ययन गराउने इच्छा थियो ।’

‘तर दरबारमा त्यो सम्भव थिएन । सुरक्षाको कुरा उठ्थ्यो । विवाहपछि मैले यही कुरा झिकेा । मैले भनेँ, ‘किताबहरू हेरेरमात्र एउटा कलाकारको कल्पनाशिलता पूरा हुादैन, प्रकृतिसाग भिज्नुपर्छ । त्यसमा उहाँ सहमत होइबक्सन्थ्यो । हामीले कहीँ बाहिर गएर पेन्टिङ गर्ने योजना पनि गरिरहेका थियौं । तर यत्रो घटना भयो … ।’

उनी फेरि बोल्न सकेनन्, निकैबेर ।

***

झन्डै डेढ वर्षदेखि चित्रकार डंगोल श्रुतिका दुई छोरीलाई पेन्टिङ सिकाइरहेका छन् । उनीहरू पहिले सेन्ट मेरिजमा पढ्दा साताको दुईचोटि पढाउन जान्थे- बुधबार र शनिबार । अहिले दुवै देहरादुनमा पढ्छन् । त्यही भएर बिदामा आएका बेला मात्र सिकाउँछन् ।

‘अहिले कुमार गोरखशमशेर (श्रुतिका श्रीमान्) देहरादुनमा छोरीहरूलाई लिन गइबक्सेको छ । शनिबार फर्किनुहुन्छ रे । त्यसपछि फेरि पढाइन्छ होला,’ उनले छुट्टनिेबेला हामीसँग भने ।

छोरीहरूलाई भने उनी कहिल्यै श्रुतिको पेन्टिङ कोठामा पढाउादैनन् । एकचोटि छिरेका थिए, आफूलाई थाम्नै सकेनन् । त्यसपछि छिरेका छैनन् ।

अहिले पनि त्यो कोठामा ताल्चा मारिएकै छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: