नेवा जागरण मञ्चद्वारा राजकर्णीकारको स्वागत

7ac4aNewa OOO UK

नेवा जागरण मञ्चद्वारा राजकर्णीकारको स्वागत
जनकराज शाक्य
 
५ जुन, ०९ । नेवा जागरण मञ्च जापानले हाल जापान भ्रमणमा रहनुभएका एभिन्यूज टेलिभिजनका महाप्रबन्धक समेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णीकारको स्वागतमा एक रात्रीभोजसहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गत मंगबार शिबुयास्थित एयिया डाइनिंगमा भएको सो कार्यक्रममा अतिथि राजकर्णीकारलाई २ बर्षको बालकद्वारा फुलको गुच्छाले स्वागत गरियो । उद्योग बाणिज्य महासंघका उपाध्यक्ष राजकर्णीकारको स्वागत गर्ने अवसर पाएकोमा प्रशन्नता ब्यक्त गर्दै मञ्चका उपाध्यक्ष कृष्णबदन जोशीले जापानमा नेपालीहरुबिच भाईचाराको बिकास गर्दै नेपालको रोजगारी, प्रशिक्षण जस्ता कुराहरुमा लगानी गर्ने उद्देश्यले नेवा जागरण मञ्चको गठन भएको जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य दिनेक्रममा मञ्चका सल्लाहकारहरु अनिलकुमार शाक्य, सुवन बज्राचार्य र एनआरएन जापानका पर्व अध्यक्ष राजन प्रधानांग लगायतका महानुभावहरुले आ-आफ़्नो बिचार ब्यक्त गर्नुभएको थियो ।
यसैगरी मन्तब्यकै क्रममा मञ्चका उपाध्यक्ष जनकराज शाक्यले नेवा जागरण मञ्चको उद्देश्य नेपालमा केही सहयोग गरौं र नेपालीह?लाई राजनीतिक दलका नेताहरुमा मात्र भर नपरी आफै जागृत भई लाग्न जागरण ल्याउनु रहेको बताउनुभयो । उहाँले मञ्चले धादिंगको बैरेनी र कल्लेरी गाबिसलाई जोड्ने झोलुङे पुलको निर्माणको लागि हाल इन्जिनियर मार्फत सर्भे भईरहेको जानकारी गराउनुभयो ।
यसैगरी अतिथिको आसनबाट बोल्नुहुँदै, राजकर्णीकारले आफुलाई स्वागत गरेकोमा मन्चका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिनुहुँदै जापान जस्तो देशमा बसेर आफ्नो संस्कृति र राष्ट्रको लागि केही गरौं भन्ने भावना लिइ मञ्च अगाडि बढिरहेको देखेर धरै प्रभावित भएको कुरा बताउनुभयो । नेपाल भाषा, नेवा संस्कृति, नेवासभ्यता भनेको नै नेपाल भएको हुनाले सम्पूर्ण नेपालीहरु एक भई हामी नेपाली भनेर गर्व गरी अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
राजकर्णिकारको स्वागत गर्ने क्रममा मन्चका अध्यक्ष सुनिलकुमार शाक्यले धन्यवाद ज्ञापन गर्नुहुँदै कर्निकार जस्ता उद्योगी बुद्विजिवीको बिचारहरु सुन्न पाउंदा आफु अत्यन्त प्रभावित भएको कुरा बताउनुहुँदै मञ्चको संक्षिप्त परिचय दिनुभयो । मंचले नेपालीहरुलाई सीप, ज्ञान हासिल गर्नको लागि सहयोग गर्ने कुरा बताउनुभयो ।
नेवा जागरण मन्च भन्ने संगठनको नाम भएको हुनाले यसले नेवाहरुलाई मात्र सहयोग गर्ने हो कि भन्ने भ्रम हटाइदिन सम्पूर्ण नेपालीहरुलाई अनुरोध गर्दै यस संगठनले सम्पूर्ण नेपालीहरुलाई सक्दो सहयोग गर्ने उद्वेश्य लिइ अगाडि बढीरहेको उदाहरणमा धादिङको बैरेनी गाबिस नेवा बस्ती नभए पनि उक्त ठाँउमा झोलुङे पुलको लागि मञ्च प्रयासरत रहेको कुरा बताउनुभयो । त्यस्तै जापानमा बस्ने नेपालीहरुको एक आपसमा परस्पर सहयोग गर्ने उद्देश्यले मञ्चले छिट्टै एक हटलाइनको ब्यवस्था गर्न लागेको जसले समस्यामा परेका नेपालीहरुलाई सक्दो सहयोग, सुझाब दिने कुरा प्रकाश पार्नुभयो ।
उअहांले नेपालका बिभिन्न भाषा भाषी, जात जातीहरु एक फुलवारी भएको र त्यसमा फुलेको फुललाई सम्हाल्दै नफुलेको फुललाई फुलाउन सके मात्र उक्त बगैचाको शोभा बढ्ने कुरा बताउनुहुँदै हामी नेपालीहरु सबै एक मुलधारमा आएर नेपालीहरु एक भई लाग्नुपर्ने र अव बन्ने संबिधानमा सम्पूर्ण नेपालीहरुको समान अधिकार सुनिश्चीत गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
त्यस्तै शाक्यले जुन १ तारिखको काठमाडौं बन्द नेपाली नेपालीमा बिभाजन ल्याउने भाबनाले प्रेरित भएर नभै नेवारहरु पनि नेपालका नागरिक हुन, उनिहरुले बन्द हड्ताल ,राजनीतिमा सकृयरुपमा कहिल्यै लाग्दैन भन्ने भ्रम मेटाउन र आफ्नो अधिकार सुनिश्चीत राख्न वाध्य भई
नचाहदा नचाहदैं पनि पोखेको एक अभिब्यक्ती हो भने बिना पुर्वाधार काठमाडौंमा बस्ती बढाउने योजना र जुनसुकै संगठनले काठमाडौं नै बन्द गर्ने हुनाले काठमाडौंबासी धेरै पीडित भईहेको कुरा बन्दले ब्यक्त गर्न खोजिएको तर बन्दको बेला गरिने कुनै पनि जबर्जस्ती तथा तोडफोडको मन्च सँधैं भत्सर्ना गर्ने धारणा ब्यक्त गर्नुभयो ।
उमेश सुवाल तथा उनका श्रीमती, गेहेन्द्र बज्रचार्य, बबि बिमोली, सागर घिमिरे, पुस्कर राजकर्णीकार, प्रदिप श्रेष्ठ, श्याम तन्दुकार, उपेश श्रेष्ठले मंचको कार्यक्रम देखि धेरै प्रभावित भएको र मन्चले यस्तै रचनात्मक कार्यहरु अझ बढी गर्न सकोस भनेर प्रोत्साहन दिनुभयो ।
उक्त कार्यक्रमको दोश्रो चरणमा मञ्चका उपाध्यक्ष कृष्णबदन जोशीद्वारा टोस्ट गरी नेपाली स्वादिष्ट रात्रीभोजको शुभारम्भ गरिएको थियो ।
 

जनकराज शाक्य

 ५ जुन, ०९ । नेवा जागरण मञ्च जापानले हाल जापान भ्रमणमा रहनुभएका एभिन्यूज टेलिभिजनका महाप्रबन्धक समेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णीकारको स्वागतमा एक रात्रीभोजसहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।गत मंगबार शिबुयास्थित एयिया डाइनिंगमा भएको सो कार्यक्रममा अतिथि राजकर्णीकारलाई २ बर्षको बालकद्वारा फुलको गुच्छाले स्वागत गरियो । उद्योग बाणिज्य महासंघका उपाध्यक्ष राजकर्णीकारको स्वागत गर्ने अवसर पाएकोमा प्रशन्नता ब्यक्त गर्दै मञ्चका उपाध्यक्ष कृष्णबदन जोशीले जापानमा नेपालीहरुबिच भाईचाराको बिकास गर्दै नेपालको रोजगारी, प्रशिक्षण जस्ता कुराहरुमा लगानी गर्ने उद्देश्यले नेवा जागरण मञ्चको गठन भएको जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य दिनेक्रममा मञ्चका सल्लाहकारहरु अनिलकुमार शाक्य, सुवन बज्राचार्य र एनआरएन जापानका पर्व अध्यक्ष राजन प्रधानांग लगायतका महानुभावहरुले आ-आफ़्नो बिचार ब्यक्त गर्नुभएको थियो ।यसैगरी मन्तब्यकै क्रममा मञ्चका उपाध्यक्ष जनकराज शाक्यले नेवा जागरण मञ्चको उद्देश्य नेपालमा केही सहयोग गरौं र नेपालीह?लाई राजनीतिक दलका नेताहरुमा मात्र भर नपरी आफै जागृत भई लाग्न जागरण ल्याउनु रहेको बताउनुभयो । उहाँले मञ्चले धादिंगको बैरेनी र कल्लेरी गाबिसलाई जोड्ने झोलुङे पुलको निर्माणको लागि हाल इन्जिनियर मार्फत सर्भे भईरहेको जानकारी गराउनुभयो ।यसैगरी अतिथिको आसनबाट बोल्नुहुँदै, राजकर्णीकारले आफुलाई स्वागत गरेकोमा मन्चका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिनुहुँदै जापान जस्तो देशमा बसेर आफ्नो संस्कृति र राष्ट्रको लागि केही गरौं भन्ने भावना लिइ मञ्च अगाडि बढिरहेको देखेर धरै प्रभावित भएको कुरा बताउनुभयो । नेपाल भाषा, नेवा संस्कृति, नेवासभ्यता भनेको नै नेपाल भएको हुनाले सम्पूर्ण नेपालीहरु एक भई हामी नेपाली भनेर गर्व गरी अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।राजकर्णिकारको स्वागत गर्ने क्रममा मन्चका अध्यक्ष सुनिलकुमार शाक्यले धन्यवाद ज्ञापन गर्नुहुँदै कर्निकार जस्ता उद्योगी बुद्विजिवीको बिचारहरु सुन्न पाउंदा आफु अत्यन्त प्रभावित भएको कुरा बताउनुहुँदै मञ्चको संक्षिप्त परिचय दिनुभयो । मंचले नेपालीहरुलाई सीप, ज्ञान हासिल गर्नको लागि सहयोग गर्ने कुरा बताउनुभयो ।

    नेवा जागरण मन्च भन्ने संगठनको नाम भएको हुनाले यसले नेवाहरुलाई मात्र सहयोग गर्ने हो कि भन्ने भ्रम हटाइदिन सम्पूर्ण नेपालीहरुलाई अनुरोध गर्दै यस संगठनले सम्पूर्ण नेपालीहरुलाई सक्दो सहयोग गर्ने उद्वेश्य लिइ अगाडि बढीरहेको उदाहरणमा धादिङको बैरेनी गाबिस नेवा बस्ती नभए पनि उक्त ठाँउमा झोलुङे पुलको लागि मञ्च प्रयासरत रहेको कुरा बताउनुभयो । त्यस्तै जापानमा बस्ने नेपालीहरुको एक आपसमा परस्पर सहयोग गर्ने उद्देश्यले मञ्चले छिट्टै एक हटलाइनको ब्यवस्था गर्न लागेको जसले समस्यामा परेका नेपालीहरुलाई सक्दो सहयोग, सुझाब दिने कुरा प्रकाश पार्नुभयो ।उहांले नेपालका बिभिन्न भाषा भाषी, जात जातीहरु एक फुलवारी भएको र त्यसमा फुलेको फुललाई सम्हाल्दै नफुलेको फुललाई फुलाउन सके मात्र उक्त बगैचाको शोभा बढ्ने कुरा बताउनुहुँदै हामी नेपालीहरु सबै एक मुलधारमा आएर नेपालीहरु एक भई लाग्नुपर्ने र अव बन्ने संबिधानमा सम्पूर्ण नेपालीहरुको समान अधिकार सुनिश्चीत गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।त्यस्तै शाक्यले जुन १ तारिखको काठमाडौं बन्द नेपाली नेपालीमा बिभाजन ल्याउने भाबनाले प्रेरित भएर नभै नेवारहरु पनि नेपालका नागरिक हुन, उनिहरुले बन्द हड्ताल ,राजनीतिमा सकृयरुपमा कहिल्यै लाग्दैन भन्ने भ्रम मेटाउन र आफ्नो अधिकार सुनिश्चीत राख्न वाध्य भई

        नचाहदा नचाहदैं पनि पोखेको एक अभिब्यक्ती हो भने बिना पुर्वाधार काठमाडौंमा बस्ती बढाउने योजना र जुनसुकै संगठनले काठमाडौं नै बन्द गर्ने हुनाले काठमाडौंबासी धेरै पीडित भईहेको कुरा बन्दले ब्यक्त गर्न खोजिएको तर बन्दको बेला गरिने कुनै पनि जबर्जस्ती तथा तोडफोडको मन्च सँधैं भत्सर्ना गर्ने धारणा ब्यक्त गर्नुभयो ।उमेश सुवाल तथा उनका श्रीमती, गेहेन्द्र बज्रचार्य, बबि बिमोली, सागर घिमिरे, पुस्कर राजकर्णीकार, प्रदिप श्रेष्ठ, श्याम तन्दुकार, उपेश श्रेष्ठले मंचको कार्यक्रम देखि धेरै प्रभावित भएको र मन्चले यस्तै रचनात्मक कार्यहरु अझ बढी गर्न सकोस भनेर प्रोत्साहन दिनुभयो ।उक्त कार्यक्रमको दोश्रो चरणमा मञ्चका उपाध्यक्ष कृष्णबदन जोशीद्वारा टोस्ट गरी नेपाली स्वादिष्ट रात्रीभोजको शुभारम्भ गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: