मन्त्रीहरुलाई सपथ खुवाएपछि काँग्रेस,एमाले र फोरममा तीव्र विवाद

काठमाडौं – प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस, मधेसी जनअधिकार फोरम र नेकपा मालेका आठ मन्त्रीलाइ विहीबार राती सपथ गराएका छन्। शितलनिवासस्थीत राष्ट्रपति भवनमा राष्ट्रपति डा‍ रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुलाइ शपथ खुवाएका हुन । मन्त्री बनाउन नसेकेका लाचार प्रधानमन्त्रीको उपमा पाएका माधव नेपालले सपथ खुवाएपछि पार्टीहरुमा विवाद बढ्दै गएको छ ।

 नयाँ मन्त्रीमण्डल गठन भएसँगै फोरम स‍ंसदीय दलका नेता विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्रीका रुपमा शपथ गराएकोमा तीव्र आपत्ती जनाएका छन । गच्छदार र एमालेवीच बल्खुमा छलफल भएर सपथको टु‌गो लागेपछि फोरमका अध्यक्षा उपेन्द्र यादवले गच्छदारलाइ पार्टीको निर्णय विपरित मन्त्री नबनाउन पत्र लेखेका थिए ।
नेपाली कांग्रेसको नेतृत्व गर्दै सुजाता कोइरालाले परराष्ट्र मन्त्रीको रुपमा शपथ लिएकी छन्। कांग्रेसका पाँच मन्त्रीले बिना विभागीय मन्त्रीका रुपमा शपथ लिए। बिना विभागीय मन्त्रीको शपथ लिनेमा मिनेन्द्र रिजाल, प्रकाशशरण महत, बालकृष्ण खाँड, उमाकान्त चौधरी र पूर्णकुमार शेर्मा छन्।
पार्टीका कार्यवाहक अध्यक्षा शुसील कोइराला बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेतावीच तीव्र असन्तुष्टी जनाएका छन । कोइरालाले सुजाता मन्त्री भए पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
नेकपा एमालेले बिहीबार पनि आफ्ना तर्फबाट जाने मन्त्रीहरुको टुंगो लगाउन सकेन। एमाले सचिव शंकर पोख्रेलले सबै दलबाट मन्त्रीहरुका नाम आइनसकेकाले पार्टीको तर्फबाट जाने मन्त्रीहरुको नाममा बिहीबार पनि टुंगो नलागेको बताए। उनले तेस्रो चरणको मन्त्रिपरिषद् विस्तारमा एमालेबाट सरकारमा जाने थप मन्त्रीहरुको टुंगो लाग्ने जानकारी दिए।
नेकपा मालेका डम्बर श्रेष्ठले वन मन्त्रीका रुपमा शपथ लिएका छन् । प्रधानमन्त्री नेपाल निकट स्रोतका अनुसार बिहीबार दोस्रो चरणको मन्त्रिपरिषद्‍ विस्तार हो भने यसपछि फेरि अन्य साना दलहरुलाई समेटेर अर्को चरणको मन्त्रिपरिषद्‍ विस्तार हुने छ

Advertisements

One Response to “मन्त्रीहरुलाई सपथ खुवाएपछि काँग्रेस,एमाले र फोरममा तीव्र विवाद”

  1. AsoC Says:

    rajnaitik dal bichko bibad ta aafno thauma 6, disscussion pa6i conclusion ma ta puglaan but yo congress party chahi koiralako pvt. Ltd. nai ho ki kya ho……
    j garna pani paaene……..
    Anyway nice post.
    http://ilostangel.wordpress.com

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: