फेरि किन उचालिँदैछ विवादास्पद खड्कालाई

Imageनेपाली सेनाका विवादास्पद बलाध्यक्ष रथि कुलबहादुर खड्काले प्रधानमन्त्री माधवकुमार नेपाललाई विवादमा तान्ने प्रयत्न गर्न थालेका छन्। जसका कारण माओवादी अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री प्रचण्डले पद छोड्नुपर्ने परिस्थिति सिर्जना गर्योध, अहिले तिनै रथि खड्काले प्रधानमन्त्री नेपाललाई समेत विवादमा पार्ने कोसिस गर्नुको पछाडि के रहस्य छ? 
राजनीतिक विश्लेषकहरू रथि खड्कालाई प्रधानमन्त्री नेपालसँग भेट्न लगाई आफूलाई चारतारे (महारथी) मा बढुवा गर्न माग गराउनुमा नेकपा माओवादी र सेना प्रकरणमा खड्काको पक्षमा रहेका नेकपा एमालेका केही नेताहरूको हात रहेको बताउँछन्। उनीहरू खड्कालाई उचालेर एकसाथ प्रधानमन्त्री नेपाललाई विवादमा तान्ने र प्रधानसेनापति रुक्मांगत कटवालको नयाँ सरकारसँगको सम्बन्ध चिस्याउने दाउमा लागेका छन्। 
यदि रथी खड्काले भनेझैं उनी प्रधानमन्त्री नेपाललाई बधाई र शुभकामना दिन मात्र मंगलबार बालुवाटार गएका हुन् भने प्रश्न उठ्छ कि प्रधानमन्त्री भएको १० दिनपछि मात्र किन उनले शुभकामना दिए। त्यो पनि एमालेका एक जना नेतालाई साथ लिएर? जेठ ९ गते राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा उपस्थित भएका खड्काले त्यही किन प्रधानमन्त्रीलाई बधाई र शुभकामना नदिई फर्केका थिए? जबकि, सरकारका उच्चपदस्थ अधिकारी र राजदूतहरूले समेत शितल निवासमै पंक्तिवद्ध भएर प्रधानमन्त्रीलाई शुभकामना दिएका थिए। तर, रथी खड्काले त्यतिसम्म शिष्टाचार नअपनाएर प्रधानमन्त्री नेपालको सम्मान गरे कि अपमान गरे भन्ने प्रश्नको जवाफ स्वयम् खड्काले दिनुपर्छ कि पर्दैन? र, खड्कालाई भेटघाटको चाँजोपाँजो मिलाउने ती नेताले जवाफ दिनुपर्छ कि पर्दैन? अनि प्रधानमन्त्री स्वयम्ले त्यो घटनालाई कसरी लिनुहुन्छ? 
असार ५ गते अवकाश पाउन लागेका रथी खड्काले प्रचण्ड सरकारले आफूलाई दिएको कामु प्रधानसेनापति पदको बढुवालाई मान्यता नदिए पनि ‘चारतारे’ (महारथी–प्रधानसेनापतिलाई सम्बोधन गरिने दर्जा) मा बढुवा गराइदिन अनुरोध गर्नुको पछाडि नयाँ सरकार र सेनाको सम्बन्ध जानाजानी बिगार्न चाहेको प्रस्ट हुन्छ। त्यसमाथि उनले प्रधानसेनापति भन्दा माथि राखेर आफूलाई ‘राष्ट्रिय सुरक्षा सल्लाहकार’ बनाउन माग पनि गरेका छन्। 
सेना प्रकरणको बेला कटवाललाई कारवाही गर्न नहुने पक्षमा दृढ रहेका अहिलेका प्रधानमन्त्रीले, जुन प्रकरणका कारण विकसित राजनीति घटनाक्रमबाट नै नेपाल प्रधानमन्त्री पदमा आसिन हुन सफल हुनुभएको हो, विवादास्पद रथी खड्कालाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउनु होला? बनाएमा के होला? निश्चित छ– त्यस्तो स्थिति बनेमा नेपाल स्वयं विवादमा पर्नु हुनेछ। किनभने सेनामा चेन अफ कमान्ड बिगार्ने, बढुवाका लागि नेताको घरघरमा धाउने र आफ्ना सर्वोच्च कमान्डर (परमाधिपति) राष्ट्रपति डा. रामवरण यादवको निर्देशनको अवज्ञा गर्दै आफू नै प्रधानसेनापति रहेको दाबी गरी सार्वजनिक अभिव्यक्ति दिँदै हिंड्ने खड्का राष्ट्रिय सुरक्षा सल्लाहकार हुने नैतिक अधिकार राख्दैनन्। 
यसैगरी, प्रधानसेनापति कटवाललाई कारवाही गर्न नहुन अडानमा रहेर सरकारै छाड्ने नेकपा एमालेले आफ्नै निर्णय विपरीत कसरी खड्कालाई चारतारेमा बढुवा गरी राष्ट्रिय सुरक्ष सल्लाहकार बनाउँला भन्ने प्रश्न पनि उठेको छ। 
यसैगरी, माओवादी सरकारले पूर्वाग्रह राखेर अवकाश दिने निर्णय गरेका आठ जना सहायक रथीको पदावधि थपिने भएको छ। रक्षामन्त्री विद्यादेवी भण्डारीले आइतबार उनीहरूको पदावधि थप्ने निर्णय गरेर मन्त्रिपरिषद्मा सिफारिस गरिसक्नु भएको छ। अब बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूको म्याद थप्ने निश्चित छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: