फुट्यो फोरम

 

गच्छेदारसहित सात नेता फोरमबाट निस्काशित, सरकारलाई दिएको समर्थन फिर्ता
 
२२ जेठ, काठमाडौं । मधेसी जनअधिकार फोरमले फोरमले उपप्रधानमन्त्री तथा पार्टीका बरिष्ठ नेता बिजयकुमार गच्छेदारसहित सात केन्द्रीय नेतालाई कारवाही गर्ने निर्णय गरेको छ । पार्टी नीति बिपरित सरकारमा सहभागी भएको भन्दै फोरमले गच्छेदारसहित फोरम संसदीय दलका नेता रामजनम चौधरी, प्रवत्ता जितेन्द्र देवलाई कारवाही गरेको छ ।
यस्तै बरिष्ठ नेता शरतसिंह भण्डारी, रामेश्वर राय यादव, उपेन्द्र झा र रत्नेश्वर गोइतलाई पार्टीबाट निष्काशन गरेको फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । राजधानीको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा फोरम अध्यक्ष यादवले भन्नुभयो,- ‘उनीहरुलाई पार्टी विरोधी गतिविधि गरेको, मधेस विरोधी गतिविधि गरेको, मधेस आन्दोलनलाई अपमान गरेको, शहिदहरुलाई अपमान गरेकोले आजैबाट पार्टीबाट निस्कासन गरेको घोषणा गरिन्छ ।’
उहाँले संविधानविपरित प्रधानमन्त्री माधवकुमार नेपालले सत्तामा टिकाउन मधेस विरोधी गतिविधि गरेको आरोप लगाउनुभयो ।
सरकारलाई दिएको समर्थन फिर्ता
मधेसी जनअधिकार फोरमले एमाले नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रतिपक्षमा बस्ने घोषणा गरेको छ । संविधानको उलंघन गरेर मधेस विरोधी कार्य गरेको हुनाले, पत्रकार सम्मेलनमा फोरम अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो,- ‘फोरम फुटाउने षड्यन्त्र गरेकोले सरकारलाई दिएको समर्थन आजैबाट फिर्ता लिइन्छ ।’ केही केन्द्रीय नेता तथा सभाषदहरुकाबीचमा बसेर पत्रकार सम्मेलन गर्नुभएका अध्यक्ष यादवले भन्नुभयो,- ‘मधेसी जनअधिकार फोरम संसदमा संविधानसभामा प्रतिपक्षीको बेन्चमा बसेर मधेसको लागि मधेसी जनताको लागि र लोकतन्त्रका लागि लडिरहन्छ ।’ संस्थापन पक्षले सुरुमा गच्छेदारलाई समर्थन गर्ने अधिकांश नेताहरु फर्किसकेको दावी गरेको छ । पत्रकार सम्मेलनमा २६ सभाषदहरु गच्छेदारको बिपक्षमा रहेको भन्दै हस्ताक्षर सार्वजनिक गरिएको थियो ।
जेठ २५ गते नेपाल बन्द
मधेसी जनअधिकार फोरमले प्रधानमन्त्री माधवकुमार नेपालको मधेस विरोधी गतिविधिको भण्डाफोर गर्न आगामी जेठ २५ गते मधेस बन्दको घोषणा गरेको जानकारी दिनुभयो । माधव नेपालको वर्तमान सरकारको मधेस बिरोधी गतिविधिको विरोधमा त्यसको प्रतिकार गर्न जेठ २५ गते मधेस बन्दको घोषणा गर्छ, उहाँले भन्नुभयो,- ‘यो मधेस बन्द भनेको महाभारतमा कृष्णले युद्ध सुरु गरेजस्तै संघर्षको उद्‌घोष हो ।’
फुट्यो फोरम
संसदीय दलका नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छेदारलाई कारवाही गरेसँगै मधेसी जनअधिकार फोरम औपचारिक रुपमा बिभाजित भएको छ । गच्छेदारले संसदीय दलको म्याण्डेटबाट भन्दै बिहीबार शपथ लिनुभएको थियो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फोरमका सह-अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले गच्छदारसहितका नेताहरूले पार्टीको निर्देशन नमानेकाले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले फोरम घोषित रूपमा विभाजीत नभए पनि अघोषित रूपमा विभाजीत भइसकेको बताउनुभयो ।
यसैबीच, संसदीय दलका नेता तथा उपप्रधान तथा भौतिक योजना मन्त्री गच्छदारले फोरमलाई फुट्नबाट आफूले जोगाउने बताउनुभएको छ । शुक्रबार आफ्नो पदभारग्रहण गर्दै मन्त्री गच्छदारले पार्टी भित्रको आन्तरिक विवाद भएकाले आन्तरिक रूपमा नै मिलाउने बताउनुभयो । बिहान पार्टी कार्यालय पुगेका मन्त्री गच्छदारलाई अध्यक्ष यादव समूहका कार्यकर्ताले कालोझण्डा देखाउनुका साथै गाडीमा ढुङ्गा प्रहार गरेका थिए ।

गच्छेदारसहित सात नेता फोरमबाट निस्काशित, सरकारलाई दिएको समर्थन फिर्ता

  मधेसी जनअधिकार फोरमले फोरमले उपप्रधानमन्त्री तथा पार्टीका बरिष्ठ नेता बिजयकुमार गच्छेदारसहित सात केन्द्रीय नेतालाई कारवाही गर्ने निर्णय गरेको छ । पार्टी नीति बिपरित सरकारमा सहभागी भएको भन्दै फोरमले गच्छेदारसहित फोरम संसदीय दलका नेता रामजनम चौधरी, प्रवत्ता जितेन्द्र देवलाई कारवाही गरेको छ । यस्तै बरिष्ठ नेता शरतसिंह भण्डारी, रामेश्वर राय यादव, उपेन्द्र झा र रत्नेश्वर गोइतलाई पार्टीबाट निष्काशन गरेको फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । राजधानीको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा फोरम अध्यक्ष यादवले भन्नुभयो,- ‘उनीहरुलाई पार्टी विरोधी गतिविधि गरेको, मधेस विरोधी गतिविधि गरेको, मधेस आन्दोलनलाई अपमान गरेको, शहिदहरुलाई अपमान गरेकोले आजैबाट पार्टीबाट निस्कासन गरेको घोषणा गरिन्छ ।’उहाँले संविधानविपरित प्रधानमन्त्री माधवकुमार नेपालले सत्तामा टिकाउन मधेस विरोधी गतिविधि गरेको आरोप लगाउनुभयो ।

  सरकारलाई दिएको समर्थन फिर्ता

मधेसी जनअधिकार फोरमले एमाले नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रतिपक्षमा बस्ने घोषणा गरेको छ । संविधानको उलंघन गरेर मधेस विरोधी कार्य गरेको हुनाले, पत्रकार सम्मेलनमा फोरम अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो,- ‘फोरम फुटाउने षड्यन्त्र गरेकोले सरकारलाई दिएको समर्थन आजैबाट फिर्ता लिइन्छ ।’ केही केन्द्रीय नेता तथा सभाषदहरुकाबीचमा बसेर पत्रकार सम्मेलन गर्नुभएका अध्यक्ष यादवले भन्नुभयो,- ‘मधेसी जनअधिकार फोरम संसदमा संविधानसभामा प्रतिपक्षीको बेन्चमा बसेर मधेसको लागि मधेसी जनताको लागि र लोकतन्त्रका लागि लडिरहन्छ ।’ संस्थापन पक्षले सुरुमा गच्छेदारलाई समर्थन गर्ने अधिकांश नेताहरु फर्किसकेको दावी गरेको छ । पत्रकार सम्मेलनमा २६ सभाषदहरु गच्छेदारको बिपक्षमा रहेको भन्दै हस्ताक्षर सार्वजनिक गरिएको थियो ।

जेठ २५ गते नेपाल बन्द

    मधेसी जनअधिकार फोरमले प्रधानमन्त्री माधवकुमार नेपालको मधेस विरोधी गतिविधिको भण्डाफोर गर्न आगामी जेठ २५ गते मधेस बन्दको घोषणा गरेको जानकारी दिनुभयो । माधव नेपालको वर्तमान सरकारको मधेस बिरोधी गतिविधिको विरोधमा त्यसको प्रतिकार गर्न जेठ २५ गते मधेस बन्दको घोषणा गर्छ, उहाँले भन्नुभयो,- ‘यो मधेस बन्द भनेको महाभारतमा कृष्णले युद्ध सुरु गरेजस्तै संघर्षको उद्‌घोष हो ।’

  फुट्यो फोरम

संसदीय दलका नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छेदारलाई कारवाही गरेसँगै मधेसी जनअधिकार फोरम औपचारिक रुपमा बिभाजित भएको छ । गच्छेदारले संसदीय दलको म्याण्डेटबाट भन्दै बिहीबार शपथ लिनुभएको थियो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फोरमका सह-अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले गच्छदारसहितका नेताहरूले पार्टीको निर्देशन नमानेकाले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले फोरम घोषित रूपमा विभाजीत नभए पनि अघोषित रूपमा विभाजीत भइसकेको बताउनुभयो ।

 

यसैबीच, संसदीय दलका नेता तथा उपप्रधान तथा भौतिक योजना मन्त्री गच्छदारले फोरमलाई फुट्नबाट आफूले जोगाउने बताउनुभएको छ । शुक्रबार आफ्नो पदभारग्रहण गर्दै मन्त्री गच्छदारले पार्टी भित्रको आन्तरिक विवाद भएकाले आन्तरिक रूपमा नै मिलाउने बताउनुभयो । बिहान पार्टी कार्यालय पुगेका मन्त्री गच्छदारलाई अध्यक्ष यादव समूहका कार्यकर्ताले कालोझण्डा देखाउनुका साथै गाडीमा ढुङ्गा प्रहार गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: