सीमा अतिक्रमण विरुद्ध प्रर्दशन, हिन्दी सिनेमा,भारतीय गाडी प्रतिबन्धित गरिने

  

     भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा साना पाँच बामपन्थी दलले बुधबार भारतीय राजदूतावास अगाडि विरोध प्रर्दशन गरेका छन् । रिभोलुसनरी लेफ्ट विङ्स, जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपाएकीकृत र नेकपा माक्र्सवादीको विरोध जुलुस रत्नपार्कबाट सुरु भएर भारतीय राजदूतावास लैनचौर अगाडि पुगेर विरोध सभामा परिणत भएको थियो ।
विरोध कार्यक्रममा बोल्दै जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारीले भारतले लगातार नेपाली भूमि अतिक्रमण गरिरहेपनि प्रमुख राजनीतिक दलहरुले कुनै विरोध नगरेको बताए । उनले भने-सुस्ता, कालापानी र कोईलाबासमा सीमा मिचिदाँ काठमाडौं मौन छ ,तर भोलि अतिक्रमण काठमाडौंसम्मै आईपुग्छ ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सभासद् रश्मीराज नेपालले प्रमुख राजनीतिक दलहरु सत्ताका लागि मात्रै लडेको र राष्ट्रियताका लागि चासो नदेखाएको आरोप लगाए । पाच साना बामपन्थी दलले संयुक्त रुपमा भारतद्धारा गरिएको अतिक्रमणको विरोधमा अभियान र विरोधका कार्यक्रम गर्ने घोषणा पनि गरेका छन् ।
उनीहरुले कार्यक्रमको स्वरुप साझा छलफल पछि तय गर्ने पनि बताएका छन् । रिभोलुसनरी लेफ्ट विङ्सले भने जेठ २१ गते देखि २६ गते सम्म हिन्दीसिनेमामा प्रतिबन्ध लगाउने र भारतीय नम्बर प्लेटका गाडी चल्न नदिने कार्यक्रम घोषणा गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: