मन्त्रिपरिषद विस्तार, कोइरालाद्वारा छोरी सुजाताको नाम सिफारिश

नवगठित सरकारलाई पूर्णता दिने प्रयास लम्बिएका बेला प्रधानमन्त्री माधवकुमार नेपालले बुधबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने उनी निकट अधिकारीहरुले बताएका छन्।

सरकारलाई साथ दिएको सबभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासंग प्रधानमन्त्री नेपालले कुराकानी गरेपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघु पन्तले उक्त जानकारी दिएका हुन्।

आफ्नो नियुक्ति भएको झण्डै दुई हप्ता पुग्न लाग्दा समेत मन्त्रिमण्डलले पूर्णता नपाएपछि प्रधानमन्त्री नेपाल अहिलेको सरकारको साँचो बोकेका भनिएका सभापति कोइरालालाई भेट्न उनकै निवास महाराजगंज पुगेका थिए।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सरकारमापार्टीका तर्फबाट छोरी सुजाता कोईरालाई सरकारमा सहभागिताका लागि सिफारिश गरेका छन् । प्रधानमन्त्री माधव नेपाल एवं एमालेका अध्यक्ष्ा झलनाथ खनालसहित एमाले शीर्ष नेताहरुसँग मंगलवार भएको भेटमा कोइरालाले छोरी सुजातालाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी सिफारिश गरेका हुन् । यस बारेमा पार्टीका अन्य शीर्ष नेताहरुले तीब्र असन्तुष्टि जनाएका छन् ।

निकै चासोका साथ हेरिएको उक्त भेटबारे जानकारी दिंदै प्रधानमन्त्री नेपालका राजनीतिक सल्लाहकार एवं एमाले पोलिटव्यूरो सदस्य रघु पन्तले भने, मन्त्रालयको बाँडफाँड र मन्त्रिमण्डलको विस्तारका बारे अरु दलहरुसंग पनि छलफल गर्ने कुरा भयो। सबै कुराको टुंगो बुधबारसम्म लाग्ने पक्का जस्तै भयो।

नीति र कार्यक्रम

प्रधानमन्त्री नेपालले सरकारको साझा नीति र कार्यक्रममा अरु दलहरुको सहमति जुटाउन पनि कम्तीमा अरु एक दिन कुर्नु पर्ने भएको छ।

चार ठूला दलहरु एमाले, नेपाली काँग्रेस, मधेशी जनअधिकार फोरम र तराई मधेश लोकतान्त्रिक पार्टी सहितको कार्यदलले नीति र कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको थियो।

तर सरकारलाई समर्थन दिएका अरु १८ वटा दलहरु सहितको बैठकमा नीति र कार्यक्रमको मस्यौदा वितरण गरिएपनि यसलाई सबैको सुझाव सहित बुधबारमात्र अनुमोदन गरिने भएको छ।

बैठकमा एकजना सहभागी नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजाल भन्छन् मंगलबार वितरण गरिएको मस्यौदाबारे ती दलहरुका प्रतिक्रिया र सुझावहरु समेटेर साझा नीति र कार्यक्रमलाई अन्तिम रुप दिन बुधबार फेरि बैठक बस्ने निर्णय भएको छ।

सत्ताधारी घटकका शीर्षस्थ नेताहरुले विधिवत हस्ताक्षर गरेपछि साझा नीति र कार्यक्रम संभवत बुधबार सार्वजनिक गरिनेछ।

तर नीति र कार्यक्रम प्राय कागजी औपचारिकतामा सीमित रहने गरेको परम्परा सम्झिनेहरुको ध्यान मन्त्रिमण्डलको पूर्णतातिर गएको छ।

संयुक्त सरकारका संभावित घटकहरु बीच मन्त्रालयको बाँडफाँड र दलहरुभित्र मन्त्री बन्ने होडबाजी चर्किएपछि मन्त्रिमण्डललाई पूर्णता दिने काम लम्बिएको हो।

संविधानसभाका २२ दलहरुको बैसाखीमा उभिएको सरकारलाई दौडिनु मात्र होइन हिंड्नु पनि ठूलो चुनौती हुने धेरैको अनुमानलाई सरकारको पूर्णतामा भएको ढीलाले सही साबित गरिदिएको छ।

मन्त्रिमण्डलको पूर्णताका लागि लम्बिएको प्रतीक्षाले सरकारको आयू लम्ब्याउन सघाउला भन्ने धेरैलाई कौतुहल छ।

तर तीन सदस्यीय मन्त्रिमण्डलको विस्तार गएको शुक्रबारसम्म भइसक्ने भनी वरिष्ठ नेताहरुले दिएका वचन अझैपनि पूरा नहुनुलाई सरकारको पहिलो गाँसमैं ढुंगाका रुपमा कतिपयले हेरेका छन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: