मन्त्रिमण्डल अझै विस्तार हुन सकेन

    सत्ता गठबन्धनभित्र दलहरुबीच मन्त्रालय बाँडफाँडको छिनोफानो हुन बाँकी रहेकाले प्रधानमन्त्री चुनिएको दशौं दिन सोमबार पनि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो।मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको गुनासो बढ्दै गएपछि प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन मंगलवार २२ पार्टीको बैठक बोलाएका छन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले भने, मंगलवार न्युनतम साझा कार्यक्रममा हस्ताक्षर भएपछि मन्त्रालय बाँडफाँडको विधिवत प्रकृया शुरु हुन्छ। त्यसपछि मन्त्रिमण्डल विस्तारमा समय नलाग्ला।दलहरुबीच विभिन्न चरणका छलफलहरु भएपछि प्रधानमन्त्री र अन्य नेताहरुले आईतवार र सोमवरासम्म मन्त्रिमण्डल विस्तार हुने बताएका थिए।

  ढिलाइको कारण

             ढिलाइको कारणबारे सरकारको एउटा मुख्य सहयोगी नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिको भनाइ छ, आईतवार एमाले अध्यक्ष र प्रधानमन्त्री राजधानी बाहिर हुनुहुन्थ्यो। आज राजधानी बन्द भएकाले छलफल हुन सकेन। भोलिबाट छलफलले गतिलेला।आन्तरिक विवादमा फसेको मधेशी जनअधिकार फोरमले आफूभित्रको दुई धारबीच सन्तुलन मिलाउन धेरै र महत्वपूर्ण मन्त्रालयको दाबी गरेकाले पनि मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको अन्य दलहरुको बुझाइ पाइन्छ।तर उक्त कुरा अस्वीकार गर्दै फोरमका प्रमुख सचेतक रामजनम चौधरी भन्छन्, मन्त्रालय बाँडफाँड नहुँदै विना बिभागीय मन्त्री बन्न जाने कुरा भएन। त्यसैले न्युनतम साझा कार्यक्रममा हस्ताक्षर भएपछि मन्त्रिमण्डल विस्तारको बाटो खुल्ने छ।

अर्को तगारो

मन्त्रालय बाँडफाँडको टुंगो लागेपछि मन्त्री बन्ने दलभित्रको होड मन्त्रिमण्डल विस्तारमा अर्को ढिलाइको तगारो बन्न सम्भावना उत्तिकै छ।

सरकारमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने विवादमा फँसेको फोरमका प्रमुख सचेतक चौधरीले उक्त सम्भावना अस्वीकार गरेनन्।

उनले भने, अलि ढिलो हुनसक्छ। तैपनि मलाई विश्वास छ, अन्तत्वगत्वा सहमति हुन्छ।

सत्तापक्षीय गठबन्धनको निम्ति सबैभन्दा ठूलो दल एकिकृत नेकपा माओवादीले सरकारलाई मान्यता नै नदिइ सडक र संसदमा शुरु गरेको विरोध मुख्य चुनौती हुनेछ।

त्यस्तो बेला सरकारको नेतृत्वकर्ता नेकपा एमाले र खासगरी प्रधानमन्त्री नेपालको निम्ति आपसी र आन्तरिक मतभेदमा परेका सत्ता गठबन्धनभित्रका दलहरुबीचको एकता जोगाइराख्‍नु अर्को चुनौती हुने ठानिएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: