नेपाल भारत सीमा क्षेत्र दाङमा भारतीय प्रहरीका कारण नेपाली विस्थापित

      दाङ  – नेपाल भारत सीमा क्षेत्रमा बसोबास गर्दै आएका दाङवासीहरुलाई भारतीय प्रहरीहरुले दुःख दिन थालेपछि उनीहरु विस्थापित भएका छन् । उनीहरु अहिले दाङको एउटा सामुदायिक बन अतिक्रमण गरी बसोबास गर्न लागेका छन् । विस्थापितहरुले अहिलेसम्म सामुदायिक बनमा ६ सय ६८ वटा घरटहरा बनाइसकेका छन् ।भारतीय बजारमा आश्रति उनीहरुलाई भारतीय प्रहरीले अति आवश्यक सामान आयातमा रोक लगाउने लगायतका दुख दिन थालेपछि उनीहरु त्यहाँबाट विस्थापित भई सामुदायिक बन अतिक्रमण गरी बस्न लागेका हुन् । आाफूहरुको समस्या स्थानीय प्रशासनलाई जानकारी गराउँदासमेत प्रसासनले बसोवासका लागि कुनै पहल नगरेपछि सामुदायिक बन क्षेत्रमा बसोबास गर्न लागेको उनीहरु बताए  दाङको गोवरडिहाको गौरीसाल नाकादेखि राजपुर गाविसको भौवा नाकासम्मका २२ वटा नाकासम्म १ हजारभन्दा बढी घरधुरी बसोबास गर्दै आएका छन् । अहिले सम्म सैयौं घरपरिवारले सीमा क्षेत्र छाडिसकेको र अरु परिवारले पनि छाड्ने क्रम जारीरहेको विस्थापितहरु बताए ।  सामुदायिक वन अतिक्रमण भएको प्रति सामुदायिक बन समूह ,सामुदायिक बन महासंघ, जिल्ला बन कार्यालयले आपत्ति जनाएका छन् । यसैबीच सामुदायिक बनमा बसोवास गरेका सयौं बासिन्दाहरु विगत ३ दिनदेखि परेको अविरल वर्षापछि बिचल्लीमा परेका छन् । जंगलमा बसेका उनीहरु पानीको झरीमा पनि रुखको ओत लागेर बस्न बाध्य छन् 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: