माओवादीद्वारा देशब्यापी आन्दोलनका कार्यक्रम सार्बजनिक

एकीकृत नेकपा माओवादीले प्रधानसेनापति रुक्माङ्गद कटवालको कारवाहीको माग गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
आज बिहान बसेको माओवादी सचिवालय बैठकले नागरिक सर्वोच्चताका लागि भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
माओवादीले सार्वजनिक गरेको कार्यक्रमअनुसार यही जेठ २० गते बुधवार मुलुकका ७५ वटै जिल्ला प्रशासन कार्यालयमा २ घण्टा धर्ना र घेराउ गर्ने, २१ गतेदेखि मसान्तसम्म मुलुकका सबै गाविसमा जनवर्गीय संगठन परिचालन गर्ने निर्णय गरेको छ ।
जनवर्गीय संगठन परिचालनका लागि पार्टीका वरिष्ठ नेता मोहन बैद्य ‘किरण’को संयोजकत्वमा परिचालन र समन्वय समिति गठन गरेको छ ।
बैठकले व्यवस्थापिका संसदको बैठक बहिस्कार जारी राख्ने निर्णय गर्दै व्यवस्थापिका संसदमा प्रस्तुत गरेको संकल्प प्रस्ताव छलफलमा नलगेर अधिनायकवादी चरित्र प्रदर्शन गरेको ठहर गरेको कुरा माओवादी प्रवक्ता दिनानाथ शर्माले बताएका छन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: