संसारभर सरगमाथा दिवस भव्यताका साथ मनाइदै

                                                                              तेन्जिङ शेर्पा र एडमन्ड हिलारीले सबैभन्दा पहिले सर्वोच्च शिखर आरोहण गरेको दिन मे २९ लाई यसपालादेखि संसारभर सरगमाथा दिवसका रूपमा मनाइने भएको छ । पर्यटन सम्बद्ध दसवटा संघसंस्थाको सहआयोजनामा आज बिहान काठमाडौंमा प्रभातफेरी गरिनेछ । यसमा यो मौसममा सगरमाथा आरोहण गरेर फर्केका स्वदेशी/विदेशी आरोहीसमेत सहभागी हुनेछन् ।
image005दिवसका अवसरमा नेपाल बाहिर हङकङ र सिड्नीमा पनि विभिन्न कार्यक्रम आयोजना गरिने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले बताए । यसकै लागि सगरमाथा म्याराथन, र्‍यापmटिङ र साँस्कृतिक कार्यक्रमसमेत आयोजना गर्दै छौं, उनले भने । नेपाली हिम शृंखलाको महत्त्व सर्वसाधारणलाई बुझाउन र तिनका संरक्षणका लागि जागरुक बनाउने उद्देश्यले यो दिवसलाई यस वर्षदेखि अन्तर्राष्ट्रियरूपमा मनाउन थालिएको हो । संसारकै चचुरो सगरमाथामाथि सन् १९५३ मे २९ का दिन पहिलो मानवीय विजय भएको थियो । यसै दिन पारेर नेपाल सरकार र पर्यटनसम्बद्ध संस्थाद्वारा यस क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिलाई पुरस्कृत गर्ने कार्यक्रम छ । तिनमा नेपाल सरकारका तर्फबाट पर्यटन मन्त्रालयले दुई र ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) ले चारवटा पुरस्कार घोषणा गर्नेछन् । मन्त्रालयले चार वर्षदेखि दिँदै आएको एक लाख रुपैयाँ राशिको सगरमाथा पुरस्कारसँगै यस वर्ष तेन्जिङ-हिलारी पुरस्कार थप गरेको हो । सगरमाथा पुरस्कार पर्वतारोहण र पर्यटन क्षेत्रका महत्त्वपूर्ण योगदान पुर्‍याएबापत कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ भने तेन्जिङ-हिलारीका दाबेदार खुम्बु क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति वा संस्था हुनेछ ।
यसको राशि ५० हजार रुपैयाँ छ । त्यस्तै टानले टान-सगरमाथा पत्रकारिता पुरस्कार, पासाङ ल्हामु पुरस्कार, विशेष टान शैक्षिक र टान कर्मचारी पुरस्कार दिने जनाएको छ । पचास हजार रुपैयाँ राशि रहेको कर्मचारी पुरस्कारबाहेक सबै पुरस्कार २५/२५ हजार रुपैयाँको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: