खश समेत भनिने क्षेत्रीहरू नेपालका अनार्य आदिबासीहरू हुन्

-प्रा. श्याम सुन्दर शेर्पा 

       भारतीय उपमहाद्वीपमा प्राप्त भएका अहिलेसम्मका सम्पूर्ण ऐतिहासिक, भौगालिक, पुरातात्त्विक, सांस्कृतिक, भाषिक (साहित्यिक), धार्मिक आदि प्रमाणहरूलाई केलाएर हेर्दा ‘खश’ समेत भनिने क्षेत्रीहरू ढुंगे–धातु युगको चौथो सहस्राब्दीको ३५०० ईश्वी पूर्वतिर नै सिन्धु तथा नेपाली सभ्यताहरूलाई सिर्जना गरेर चरमोत्कर्षतामा उतार्न सफल भएका र शेर्पा भाषामा ‘शरब’ भनिएर ऋग्वेद (१०/१२५/६)मा समेत त्यसैलाई अपभ्रंश गरेर ‘शरव’ भनिएका सिङ्गो भारतीय उपमहाद्वीपकै मूलबासी आग्नेयीमूलका अनार्य शेर्पा आदिबासीहरूको वंशजहरू ठहरिन्छन्। त्यसैले, यिनीहरू पनि नेपालका आदिबासीहरू हुन् भनेर प्रमाणित हुन्छन्। 
खश समेत भनिने क्षेत्रीहरू आग्नेयीमूलका शेर्पा आदिबासीहरूका वंशजहरू हुन् भन्ने कुरा यो ‘खश’ भन्ने शब्द शेर्पा भाषाका ‘ख (मुख) र ‘श (मासु)’ भन्ने शब्दहरूको संयोजनबाट बनेर “मुखमा मासु हुने मानिसहरू हुन्” भनेर अर्थिई शिकारी युगका मांसाहारी जातिका मानिसहरूको “तपाईंको मुखमा मासु नै मासु परोस” भन्ने उखानलाई चरितार्थ गरेर पशुपालन युगको “तपाईंको मुखमा दूध र भात परोस” भन्ने उखानको जग बसाएको देखिएबाट मूलरूपमा स्पष्ट हुन्छ। यसबाट यी खशहरू पनि आग्नेयीमूलका शेर्पा आदिबासीहरू जस्तै शिकारी युगका मांसाहारी जातिका मानिसहरूका वंशजहरू हुन् भन्ने कुरालाई संकेत गरेको बुझिन्छ।  
वास्तवमा, आग्नेयीमूलका शेर्पा आदिबासीहरू शिकारी युगका मांसाहारी जातिका मानिसहरू हुन् भन्ने कुरालाई संकेत गरेर नै अहिले पनि शेर्पा भाषामा शेर्पा जातिका मानिसहरूलाई ‘शरब’ भनिन्छ। शेर्पा भाषाको यस ‘शरब’ भन्ने शब्दलाई अपभ्रंशको रूपमा प्रयोग गरेर “दानव” भन्ने अर्थमा ‘शरव’ भनी ऋग्वेद (१०/१२५/६)मा, माथि भनिए झैं, “शरवे (शरूं हिंसकं)” भनिएका आग्नेयीमूलका शेर्पा आदिबासीहरू शिकारी युगका मांसाहारी जातिका मानिसहरू हुन् भन्ने कुरालाई संकेत गरेको बुझिन्छ। यस तथ्यलाई यो ‘शरब’ भन्ने शब्दले पनि शेर्पा भाषाकै ‘श (मासु,’ ‘र (वाख्र्रा) तथा ‘ब/बस्तु (बस्तुभाउ)’ भन्ने शब्दहरूको संयोजन गरेर “बाख्राहरूका साथै वस्तुभाउको मासु खानेहरू” भनी अर्थिएर शिकारी युगको परम्पराको अर्थबोध गरेको देखिएबाट पनि पुष्टि गर्न सकिन्छ। शेर्पा भाषाको यस ‘शरब’ भन्ने शब्दलाई अझै अपभ्रंश गरेर ऋग्वेदकै मूल ग्रन्थ ऐतरेय ब्राह्मण (ऐ.ब्रा.३३अ.६.पृ.नं.८५६)मा पनि, माथि भनिए झैं, “शवराः” भनी उल्लेख गरेको पाइन्छ। संस्कृत भाषामा ‘शवर’ भन्ने शब्दले अनार्य जातिलाई बुझाएको देखिनुका साथै तिब्बती भाषामा यसैबाट अपभ्रंश भएको ‘शवरी’भन्ने शब्दको अर्थ “शिकारी जाति” हुन गएको देखिन्छ। यसबाट यी खशहरूका साथै शेर्पा जातिका मानिसहरू शिकारी युगका मांसाहारी जातिका मानिसहरू हुन् भन्ने कुरालाई बुझाएको देखिन्छ। यस तथ्यलाई यी दुवै जातिका मानिसहरूले आफूहरू छैठौं शताब्दी ईश्वी पूर्व देखि वर्तमान समयसम्म जन्मसिद्ध बौद्धमार्गी भएर पनि आ136ना जन्मदेखि मृत्युसम्मका सम्पूर्ण सांस्कारिक कार्यक्रमहरूमा शिकारी युगको परम्पराको अर्थबोध गरेर भाङ्– धतुरो (मादक–पदार्थ) खाएर मस्त हुने शिवका शिकारी रूपका मानिसहरू जस्तै भएर अनिवार्य रूपमा सुूगुर, राूगा, गोरू आदिको मासुको साथमा जाँड–रक्सीको प्रयोग गरेर आ136ना पुरोहितहरूमार्फत शेर्पा भाषामा ‘क्षो’ भनिने लामावादी बौद्ध धर्मग्रन्थहरूबाट, माथि भनिए झैं, “शिवदाङ्। क्षोदाङ् टशी फेल्वर जद्दुसोल” भनी पूजा–आजा गरेका पाइएबाट वस्तुगत रूपमा पुष्टि गर्न सकिन्छ। त्यसैले, अन्य जातिका मानिसहरूले यी खशहरूलाई पनि शेर्पाहरूलाई जस्तै गरी जाँड खाने जातिका मानिसहरू भनी ‘जाँडे/जाडे’ अथवा ‘जाँड/जाड’ भन्नुका साथै “मतवाली क्षेत्री” समेत भनेका देखिन्छन्। तर अधिकांश इतिहासकारहरूले भने जाडहरू भनेका  तिब्बतीहरू (भोटेहरू) हुन् र खशहरू भनेका जाडहरू नभई ककेशियालीमूलका आर्यहरू हुन् भनेर अज्ञानताको दलदलमा फसेका देखिन्छन्। तर यी खशहरू आर्यहरू नभई पछिल्लो ऐतिहासिक कालखण्डमा आर्य भएका देखिन्छन्। सामान्यतया खास किसिमका खशहरू तागाधारीका रूपमा रहेका देखिए तापनि हरेक कामधाम आदि क्रियाकलापबाट आर्यहरूभन्दा फरकै देखिन्छन्। त्यसै गरी, यी दुवै तागाधारी खशहरू र गैर–तागाधारी खशहरूका जातिय थरहरू अहिले पनि एकै किसिमका भएका देखिन्छन्, जस्तै बूढा, बोहरा, रोकाया, ऐदी, बस्नेत, राहुल, पहतारा, थापा, रावल, भण्डारी, खड्का आदि। यसबाट यी तागाधारी क्षेत्रीहरू पनि आग्नेयीमूलका शेर्पा वंशी खश आदिबासीहरूकै वंशका रहेछन् र यिनीहरूले पनि आर्यहरूको देखासिकी गरेर पछिल्लो ऐतिहासिक कालखण्डमा तागाधारी बनेका रहेछन् भन्ने तथ्यको पुष्टि हुन्छ। यस तथ्यलाई १६औं शताब्दी ईश्वीका केही खशहरूले जुम्लाका कल्यालराजा गगनिराजबाट जनै पाएर तागाधारी क्षेत्री बनेका देखिएबाट पनि पुष्टि गर्न सकिन्छ। यसका साथै, यस तथ्यलाई नेपालको सुदूर पश्चिम पहाडी भेकमा आजसम्म पनि इच्छुक खशहरूले ब्राह्मणपुरोहितहरूबाट जनै लिएर तागाधारी क्षेत्री बन्ने प्रचलन रहिरहेको पाइएबाट पनि पुष्टि गर्न सकिन्छ। यसबाट गैर–तागाधारी खशहरू मात्र होइन तागाधारी क्षेत्रीहरू समेत आग्नेयीमूलका शेर्पा आदिबासीहरूका वंशजहरू हुन् भन्ने कुराको पुष्टि हुन्छ। यस तथ्यलाई यी गैर–तागाधारी खशहरूका मात्र होइन यी तागाधारी क्षेत्रीहरूका समेत पनि केही हदसम्म शेर्पाहरूका जस्तै कालो तथा खस्रो केश, गहुू गोरो वर्ण, आँखाको कालो नानी, होचो नाक, ठिकैको कद आदि शारिरिक विशेषताहरू भएका देखिएबाट पनि वस्तुगत रूपमा पुष्टि गरेर प्रमाणित गर्न सकिन्छ। यसका साथै, यस तथ्यलाई अहिले पनि यस उपमहाद्वीपमा विशेष गरी नेपालका हिमाली तथा पहाडी प्रदेशहरूका खड्का, बस्नेत, बोहरा, थापा, भण्डारी, कार्की, खत्री आदि तागाधारी क्षेत्रीहरूले पनि यस उपमहाद्वीपका शेर्पाहरूले जस्तै गरी विभिन्न चाढपर्वहरूमा विशेष गरेर दसैंपर्व मनाउने बेलामा अष्टमीको रातमा दुर्गा भवानीलाई जाँड/रक्सी चढाउनु पर्ने परम्परा भएको देखिएबाट पनि वस्तुगत रूपमा पुष्टि गर्न सकिन्छ। हेक्का रहोस, नेपालका हिमाली तथा पहाडी प्रदेशहरूका यी तागाधारी क्षेत्रीहरूलाई पनि अन्य जातिका मानिसहरूले गाली–गलौज गरी अपमान गर्दा ‘खश’ भनेका देखिन्छन्। यसबाट पनि गैर–तागाधारी खशहरू भन्नु र तागाधारी क्षेत्रीहरू भन्नु एउटै कुरा हो र यी खश समेत भनिने क्षेत्रीहरू पनि शेर्पा जातिको छ््याङ् (जाँड) संस्कृतिको अर्थबोध गर्ने शेर्पाहरूको ‘छ्याङ्–मी’ भन्ने देवाली पर्व मान्ने आग्नेयीमूलका शेर्पावंशी अनार्य आदिबासीह्रू हुन् भनेर प्रमाणित हुन्छन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: