सरकारमा जान फोरमका चार शर्त, मधेसी मोर्चाद्वारा ९ वटा मन्त्रालय माग

 

                    संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ९ वटा मन्त्रालय मागेको छ । आफुहरु निर्णयक शक्ति रहेको भन्दै मोर्चाले कांग्रेस र एमाले सरह मन्त्रालय माग गरेको हो । मधेशी जनअधिकार फोरम, तर्राई मधेश लोकतान्त्रिक पार्टी सद्भावना पार्टी समम्मिलित मोर्चाले गृह, जलस्रोत, शिक्षा, स्वास्थ्य, भौतिक योजना, स्थानीय विकास, समाज कल्याण लगायतका मन्त्रालय माग गरेको हो । मोर्चाको एक घटक फोरमले मात्रै ६ वटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । विहानै कांग्रेसलाई भेटेर आफ्रनो माग जानकारी गराउको मोर्चाले दिउसो एमालेसँग पनि भेट गरी आफुहरुले चाहेको मन्त्रालयबारे जानकारी गराएको हो । 

मधेशी जनअधिकार फोरमले नयाँ सरकारको साझा न्यूनतम कार्यक्रमका लागि प्रमुख चार शर्त अघि सारेको छ । 

             संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग भएको ८ बुँदे सम्झौता कार्यान्वयनको प्रतिवद्धता, तराई-मधेश केन्द्रित बहुआयमिक विकास पूर्वाधार र समावेशी विधेयक तथा माओवादी नेत्तृत्वको सरकारले बनाएका आयोगको पुनरावलोकनलाई फोरमले प्रमुख शर्त बनाएको हो । 

फोरमले मंगलबार बिहान सरकार गठनका विषयमा नेपाली कांग्रेसँग वार्ता गरेको छ। भेटमा कोइरालाले सर्वस्विकार्य सरकार नीति तथा कार्यक्रम ल्याउन फोरमको तर्फबाट पनि जिम्मेवारीपूर्वका भूमिका निमाउन आग्रह गर्नुभयो । भेट करिव एक घण्टा चलेको थियो ।  प्रादेशिक संरचना संविधानसभाबाट टुङ्गयाउने विषय भए पनि प्रमुख दलहरु मधेश प्रदेशसहितको प्रादेशिक संरचनामा स्पष्ट हुनुपर्ने फोरमको माग छ ।

एमालेसँगको भेटपछि फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ताले न्युनतम साझा कार्यक्रम र मन्त्रालय वाँडफाँडको टुंगो लागेपछि मात्र सरकारमा सहभागी हुनेको नाम पठाउने वताउनुभयो । सरकारका न्युनतम साझा कार्यक्रमको प्रारम्भिक खाका फोरमलाई दिएको एमालेका नेता रघुजी पन्तले जानकारी दिनुभयो । यसअघि एमालेले सद्भावना पार्टी सँग छलफल गरेको थियो । 

छलफलमा सवै दलको सहयोग आवश्यक रहेको भन्दै एमालेले गठवन्धन सरकारमा सहभागि हुन आफुहरुलाई आग्रह गरेको सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो । महतोले केन्द्रीय समितिको वैठक वोलाएर निर्णय गर्ने एमालेलाई जानकारी गराएको बताउनुभयो । यसैबीच सरकारका न्युनतम साझा कार्यक्रम तथा मन्त्रालय वाँडफाँडको विषयमा नेपाली कांग्रेस र एमालेबीच छलफल भैरहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: