के तपाईंलाई थाहा छ?

        वैशाख २० मा सत्तासाझेदार एमालेले सरकार छाडेपछि अल्पमतमा परेको माओवादी सरकारले धमाधम नियुक्ति र रकम निकासालाई निरन्तरता दियो। वैशाख २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि माओवादीका मन्त्रीहरू मन्त्रालय जाने र धमाधम विवादस्पद निर्णयहरू गर्न पछि हटेनन्। प्रधानमन्त्रीले राजीनामा दिएपछि उनी आफैं प्रधानमन्त्री कार्यालय गई अन्तिम समयमा भएका निर्णयहरू कार्यान्वयन गर्नका लागि मुख्य सचिव भोजराज घिमिरेलाई दबाब दिए भने अरू मन्त्रीहरू पनि मन्त्रालय गएर यथावत् रूपमा निर्णयहरू गरिरहे। वैशाख २१ बाटै कामचलाउ सरकारमा परिणत भएका मन्त्रीहरूले आर्थिक ऐन नियम मिच्दै कार्यकर्ता तथा पार्टीका नाममा मोटो रकम राज्य कोषबाट खर्च गरेका छन्। त्यस्तै उनीहरूले कमाउ निर्णय गर्दै जाने अन्तिम समयसम्म राज्यकोषको ढुकुटीमा रजाइँ गरेका छन्। राजीनामा दिनुअघि मन्त्रिपरिषद्ले ३८ वटा विवादास्पद निर्णयहरू गरेको थियो भने मन्त्रीहरूले भने सयौं निर्णयहरू गर्न भ्याएका छन्। कतिपय मन्त्रीहरूले अघिल्लो मिति राखेरसमेत निर्णयहरू गरेका छन् भने कतिपयले पछिल्लै मितिमा निर्णय गरेका छन्। एमालेले २० वैशाखमै मन्त्रिपरिषद्मा राजीनामा बुझाएपछि उसका तर्फबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्नेहरूले अन्तिम समयमा निर्णय गर्न भ्याएनन्।  
तर माओवादीले त्यसमा समेत हस्तक्षेप गरी निर्णय गरेको थियो। सत्तारूढ तेस्रो घटक मधेसी जनअधिकार फोरम पनि सत्ता समीकरण र पार्टीको आन्तरिक खिचलोमा परेका कारण उसका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले पनि धेरै विवादास्पद निर्णयहरू गर्न भ्याएनन्। अन्य साना दलले पनि खासै त्यस्तो निर्णयहरू गरेनन्। तर १० वर्षे सशस्त्र युद्धबाट सरकारमा आएको माओवादीका मन्त्रीहरूले भने आफ्नो नैतिकताको प्रदर्शन गर्दै जाँदाजाँदै कमाउ निर्णयहरू गरेका छन्। माओवादीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूले गरेका विवादास्पद निर्णयहरू जस्ताको तस्तै प्रस्तुत गर्ने प्रयास देशान्तरले गरेको छ।  
१. अर्थमन्त्री डा. बाबुराम भट्टराई  
पत्रकार सम्मेलन गरी आफूलाई ५० प्रतिशत सफल भएको घोषणा गर्ने अर्थमन्त्री डा. भट्टराईले जाँदाजाँदै महालेखामा सरुवा गर्न मन्त्रिपरिषद्बाट सहमति दिए भने प्रधानमन्त्री प्रचण्डका मित्र पूर्वसचिव रामकुमार श्रेष्ठलाई एसियाली विकास बैंकको वैकल्पिक निर्देशक पदमा मासिक १२ लाख ४० हजार पाउने गरी नियुक्त गरे। मागै नभई जिल्ला विकास समितिको नाममा एक अर्ब ११ करोड निकासा गरी मन्त्री भट्टराईले कार्यकर्ता पोस्ने अभियानलाई तीव्रता दिए। अहिले मन्त्रालयबाट निकासा भएको उक्त रकम बाँडफाँड गरी लिन माओवादी जिल्ला–जिल्लामा सक्रिय भएको छ। माओवादीका प्रभावशाली नेताहरू जितेका स्थानमा मोटो रकम निकासा गरे। प्रचण्डले जितेको काठमाडौंमा ६ करोड ३७ लाख, भट्टराईले जितेको गोर्खामा ५ करोड ७० लाख, पोष्टबहादुर बोगटीले जितेको नुवाकोटमा ३ करोड १५ लाख, सीपी गजुलले जितेको सिन्धुलीमा पनि मोटो रकम निकासा गरिएको छ। यसबीचमा अर्थ मन्त्रालयले अघिल्लो मितिको निकासा भन्दै व्यापक रकम निकासा गरी खर्च गरिएको भए पनि त्यसको विवरण अहिलेसम्म सार्वजनिक भएको छैन। त्यस्तै 
 भौगोलिक बनावटको आधारमा दार्चुला, बझाङ, दैलेख, बाजुरा, मुस्ताङ, जाजरकोट र रुकुम जिल्लाहरूका लागि चालू आर्थिक वर्ष २०६५।०६६ को लागि विनियोजित रकम २०६६ कात्तिक मसान्तसम्म फ्रिज नहुने व्यवस्था मिलाउन सैद्धान्तिक स्वीकृति दिएको छ।  त्यस विषयमा सार्वजनिक लेखा समितिले आह्वान गरेको बैठक माओवादी सभासद्हरूले बहिस्कार गरेपछि स्थगित भएको थियो।  
२. पर्यटन मन्त्री हिसिला यमी  
सबैभन्दा विवादास्पद निर्णय गर्नेमा अर्थमन्त्री डा. भट्टराईकी पत्नी हिसिला यमी अग्रस्थानमा देखिएकी छिन्। उनले जाँदाजाँदै मन्त्रालयमा आएर कैयौं निर्णयहरू गरेकी छिन्। कमिसन मोहमा चुर्लुम्म डुबेकी मन्त्री यमीले मुक्तिनाथ एयर, हेलिकोप्टर सञ्चालक इम्प्रो एयरलाई सिंगल इन्जिन जहाज र प्यारानोभा प्याराग्लाइडिङलाई उडान गर्ने अनुमति दिएकी छिन्। त्यस्तै हतारहतारमा पर्यटन वर्ष २०२० को धारणा सार्वजनिक गर्न भ्याइन्। २० लाख पर्यटक नेपाल भित्र्याउने तयारीका साथ हतारहतारमा ल्याइएको उक्त निर्णयका लागि पनि उनले मोटै रकम खर्च गरेको स्रोत बताउँछ। दुईजना नेपाली आरोहीहरू रहने गुरुङ सगरमाथा आरोहण, २००९ दललाई  सन् २००९ को वसन्त ऋतुमा सगरमाथा आरोहण गर्दा लाग्ने रोयल्टी छुट दिन निर्णयसमेत मन्त्रिपरिषद्वाट गराउन सफल भइन्। अन्तिम समयसम्म कार्यकक्षमा उपस्थित भएर उनले मन्त्रालयमा नाङ्गो नाच देखाउन सफल भइन्।  
३. संस्कृति मन्त्री गोपाल किराँती  
पटक–पटक विवादास्पद निर्णय गरेका मन्त्री गोपाल किराँतीले अन्तिम समयसम्म यसलाई निरन्तरता दिए। पशुपतिनाथ मन्दिरमा मूल भट्ट नियुक्ति गर्नदेखि लिएर हरेक क्षेत्रमा हस्तक्षेप गर्दै आएका किराँतीले जाँदाजाँदै प्रतिभा स्मारक कोषबाट विभिन्न माओवादी निकट संस्थाहरूलाई ५७ लाख रुपैयाँ निकासा गरेका छन्। राज्य पुनर्संरचनाको खाका कोर्न भन्दै मन्त्री किराँतीले १५ लाख खर्च गरेका थिए भने अन्तिम समयमा पशुपति विकास कोष नियमावली २०६६ पारित गरेका थिए। तर, सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै विवादास्पद उक्त नियमावली लागू नगर्न पशुपति विकास कोषलाई निर्देशन दिइएको छ। त्यस्तै मन्त्री किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमाा कर्मासाङ्वे शेर्पा र सदस्यसचिवमा राजेन्द्र थापालाई नियुक्त गरेका छन्। 
४. सञ्चार मन्त्री कृष्णबहादुर  
निकै भद्र र शालीन देखिने सञ्चार मन्त्री कृष्णबहादुर महराले पनि अन्तिम समयमा आएर विवादास्पद निर्णयहरू गर्न भ्याएका छन्। रोलक्रम मिच्दै उनले नेपाल टेलिकमको महाप्रबन्धकमा आयल निगममा बसेर गन्हाएका निर्देशक विश्वनाथ गोयललाई नियुक्त गरे। भने सञ्चारसँग सम्बन्धित ११ संघसंस्थालाई बिना प्रयोजन ५४ लाख रुपैयाँ बाँडेका थिए।  
५. श्रममन्त्री लेखराज भट्ट  
 जाँदाजाँदै श्रम मन्त्री लेखराज भट्टले चार देशका लागि श्रम सहचारी नियुक्ति गर्न भ्याएका छन् भने श्रम मन्त्रालयअन्तर्गतका कर्मचारीहरूलाई समेत सरुवा गर्न उनी पछि परेनन्। मन्त्रीको आशीर्वादमा अन्तिम समयमा नियुक्ति हुने श्रम सहचारीहरूमा उपसचिव द्वय प्रकाशमोहन जोशी र अम्मरकिरण ढकाल क्रमशः साउदी अरब र मलेसिया छन् भने शाखा अधिकृत द्वय पार्वती अर्याल र हीरादेवी पौडेल संयुक्त अरब इमिरेर्स र कतारका लागि श्रम सहचारी नियुक्त भएका छन्।  
६. स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल  
मन्त्रिपरिषद्मा जाँदा जनमोर्चाका मन्त्री पोखरेलको पार्टी माओवादीमा समाहित भएपछि माओवादी भएका मन्त्री पोखरेलले पनि अन्तिम समयमा विभिन्न अस्पतालहरूमा सरुवा आतंक नै मच्चाएका थिए। माओवादीको लगानीमा स्थापना भएको जनमैत्री अस्पतालका लागि १ करोड अनुदान दिन सफल भएका मन्त्री पोखरेलले सहिद गंगालाल हृदय केन्द्रका प्रमुख भगवान कोइरालालाई हटाई अरुण मास्केलाई नियुक्ति गर्न सफल भए। वरिष्ठता क्रमलाई मिचेर मास्केलाई नियुक्ति गरिएको हो। जाने अन्तिम समयमा इपिडिमियोलोजी महाशाखाका निर्देशक डा. सेनेन्द्रराज उपे्रतीलाई सरुवा गरी उनको ठाउँमा नरेशप्रताप केसीलाई ल्याइएको छ। माओवादी निकटकाहरूलाई स्वास्थ्थ उपचारका लागि भन्दै व्यापक रकम निकास भएको छ। त्यस्तै माओवादीका लगानीमा सञ्चालित जनमैत्री अस्पतालमा उपचाररतहरूलाई रकम निकास गरिएको छ। 
७ शान्ति मन्त्री जनार्दन शर्मा  
सबैभन्दा व्यापक रकम शान्ति मन्त्रालयबाट भएको छ। लडाकूको नाममा दिएको ७० करोड रुपैयाँलाई अनुदानमा परिणत गर्न मन्त्री शर्मा असफल भए पनि लडाकू र विस्थापितलाई राहत दिने नाममा करोडौं रकम निकास भएको स्रोत बताउँछ। तराईमा आन्दोलनरत समूहसँग भएको वार्ताका क्रममा निकै ठूलो धनराशी खर्च भएको छ  भने १० लाख ३७ परिवारलाई राहत दिँदा माओवादी निकटकालाई मात्रै प्राथमिकता दिइएको छ। मन्त्रालयअन्तर्गत विभिन्न्ा आयोजनाबाट समेत व्यापक रकम निकास गरिएको छ।   
८ सामान्य प्रशासन मन्त्री पम्फा भुसाल 
 निजामती सेवाका सेवा अवधि २० वर्ष र उमेरको हद ५० वर्ष पूरा भएका कर्मचारीहरूलाई स्वेच्छिक अवकाशको अवसर प्रदान गर्ने निर्णय गराउन सफल भएकी छिन्। सामान्य प्रशासन मन्त्रालय ―निजामती सेवा ऐन, २०४९ बमोजिम गठन भएका आधिकारिक एवं राष्ट्रियस्तरका ट्रेड युनियनका बढीमा पााच जनासम्म केन्द्रीय पदाधिकारीहरूलाई काज सुविधा दिने व्यवस्था मिलाएर कर्मचारीहरूलाई राजनीति गर्न समय र मार्ग स्पष्ट गरिदिएकी छन् भने निजामती ऐन र नियमावलीलाई लत्याउादै अन्तिम समयसम्म पनि कर्मचारी सरुवा गरिरहिन्  भर्खर लोकसेवाबाट बढुवा पाएकाहरूलाई ऐन विपरीत केन्द्र तानिएको छ। प्युठान जिविसमा रहेकी मेनका हमाललाई युवा खेलकुद र सिन्धुलीमा लोकसेवाले सिफारिस गरेका खिमलाललाई लाई काठमाडांै सरुवा गरेको छ।  
९ भूमिसुधार महेन्द्र पासवान 
गुठी संस्थानको सञ्चालक समितिको अध्यक्षमा धनुषा जिल्ला, जनकपुर– १० निवासी अरविन्दकुमार लाललाई नियुक्ति गर्न सफल भए।  
१० महिला बालवालिका रामचरण चौधरी 
मालेको भागमा परेको यो मन्त्रालय उसले नलिएपछि पछिल्लो पटक रामचरण चौधरीलाई नियुक्त गरिएको थियो। चितवनको प्रचण्डका आफन्तको एक संस्थालाई १० लाख र चितवनकै अर्को संस्थालाई ७५ हजार जाँदाजाँदै मन्त्री चौधरीले निकासा गरेका छन्। महिला मन्त्रालयमा रहेको १ करोडको निःसर्त अनुदानको खातामा रहेको रकमा माओवादी निकटका संस्थाहरूलाई दिने अन्तिम प्रयास जारी नै छ। उक्त रकम पाउनका लागि विभिन्न संस्थाहरूले ३ करोडको प्रस्ताव राखेको बुझिएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: