नवनियुक्त प्रधानमन्त्री माधव नेपालले सोम बार बिहान पद तथा गोपनियताको सपथ ग्रहण

 नवनियुक्त प्रधानमन्त्री माधव नेपालले सोमबार बिहान पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् । शनिबार प्रधानमन्त्रीमा निर्विरोध रुपमा चयन भएका नेपालले सोमबार बिहान पौने ११ बजे पद तथा गोपनियताको सपथ ग्रहण गर्न लागेका हुन ।

यसअघि मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गर्ने बताइए पनि उनको सपथ ग्रहण सोमबार नै हुन लागेको हो । यसअघि मंगलबार गर्ने भनिएको सपथका विषयमा टिका टिप्पणी भएपछि सोमबार नै सपथ गर्न लागेको एमाले स्रोतले बताएको छ । प्रधानमन्त्रीको सपथ लगत्तै प्रधानमन्त्री नेपालले सानो आधकारको मन्त्रीमण्डललाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

नेपाली कांग्रेस र एमालेका केही मन्त्रीलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएपनि मन्त्रीमण्डलमा को-को सहभागी हुने भन्ने विषयमा भने केही बताइएको छैन । राष्ट्रपति कार्यालय शितल निवासमा शपथ ग्रहण गरिने हुँदैछ ।

राष्ट्रपति डा. रामवरण यादवले नवनियुक्त प्रधानमन्त्री नेपाललाई सपथ ग्रहण गराउने छन् । काग्रेस र एमालेका केही सदस्यलाई लिएर सपथ ग्रहण गराएपछि सहमतिका आधारमा अन्य दलका तर्फबाट पनि मन्त्रीहरु समावेश गरिने भएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: