नयां सरकारमा मन्त्री बन्ने अनुहारहरु

 

       एमालेको नेतृत्व बन्ने नयां सरकारलाई पूर्णता दिन दलहरु छलफलमा ब्यस्त छन । यसै बिच नेकपा एमालेको आज विहान बसेको स्थाई समितिको बैठकले बिद्या भण्डारी , सुरेन्द्र पाण्डे, शंकर पोख्रेललाई सरकारमा पठाउने निर्णय गरेको थाहा भएको छ । यसअघि एमाले नेता केपी ओलीलाई गृहमन्त्री बनाउने प्रस्तावलाई ओलीले अस्वीकार गरेका थिए । यसैगरी नेपाली कांग्रेसको तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा अझै निर्णय भईसकेको छैन, यद्यपि रक्षा, गृह, जलस्रोत, भौतिक योजना तथा निर्माण मन्त्रालयमा कांग्रेसको दाबी रहेको छ । सरकारको नेतृत्व गर्नका लागि नेता शेरबहादुर देउवा पक्षले प्रकाशमान सिहंको नाम अगाडि सारेको छ भने उपसभापति सुशिल कोइरालाले कुलबहादुर गुरुगलाई अगाडि सारेका छन तर उपसभापति रामचन्द्र पौडेलले नेतृत्व लिएमा दुवै पक्षलाई मान्य हुने हुंदा सभापति कोइराला पौडेललाई नै सरकारको नेतृत्व गर्न पठाउने पक्षमा छन। पौडेलले नेतृत्व लिएमा प्रकाशमान सिहं, डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, पूर्णकुमार शर्मा, सुजाता कोइराला र नबिन्द्रराज जोशी सरकारमा जाने सम्भावना छ ।

                            उता फ़ोरमको तर्फबाट बिजयकुमार गच्छेदार, शरदसिहं भण्डारी, जेपी गुप्ता मन्त्री बन्ने सम्भावना छ । नंया मन्त्री मण्डलमा मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री गरेर करिब ३० जनाको बन्ने जनाईएको छ । **

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: