माधव नेपाल निर्विरोध प्रधानमन्त्री, व्यवस्थापिका बैठक जारी – LIVE

काठमाडौं – नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सरकारबाट बाहिरिए पनि माओवादीका लागि ढोका खुल्ला भएको बताएका छन् । व्यवस्थापिका संसदको बैठकका उनले प्रचण्डले माधव नेपाललाई हारेको व्यक्ति भनेर गरेको सम्बोधनप्रति दुःख व्यक्त गरे ।

माधवजी त निमित्तमात्र हो, सहमति, सहकार्य र एकतामा कोही पनि हार्दैन उनले भने । उनले सहमति, सहकार्य र एकताकै बाटोबाट अगाडि जानु पर्ने बताए ।
उनले एमाले नेता माधव नेपाललाई प्रधानमन्त्रीमा प्रस्तावित गर्दै आफू पनि उच्चस्तरिय राजनीतिक संयन्त्रमा रहने बताए ।
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले माओवादीसहित तीन दलले प्रधानमन्त्रीको निर्वाचन बहिस्कार गरे पनि सदन सुचारु हुने वातावरण बनाएर सरकार निर्माण प्रकृयामा सहयोग गरेको बताए । 
मधेशी जनाधिकार फोरम संसदीय दलका नेता विजयकुमार गच्छदारले एमाले र कांग्रेसले सयुक्त मधेशी मोर्चाको प्रस्तावमा सहमतिपछि समर्थन गरिएको बताए ।
माओवादी सभासद् एवम् माओवादी संसदीय दलका उपनेता नारायाणकाजी श्रेष्ठले माओवादीले प्रधानमन्त्री निर्वाचन प्रकृयाको मात्र विरोध गरेको तर संसदको बहिस्कार नगरेको स्पस्ट पारेका छन् ।
शनिबार व्यवस्थापिका संसदको बैठकका उनले अहिले सुरु भएको सत्ता बनाउने खेल दुर्भाग्यपूर्ण भएको बताए । उनले सैनिक सर्वोच्चताको सरकार हैन, नागरिक सर्वोच्चताको सरकार बनोस भन्ने माओवादी चाहना रहेको बताए ।उनले संकल्प प्रस्तावमाथि छलफल गरेर निकास ननिकाली नयाा सरकार गठनको प्रकृया चालिएको भन्दै त्यसप्रति असहमति व्यक्त गरे । उनले माओवादीले प्रधानमन्त्री निर्वाचन प्रकृयाको मात्र विरोध गरेको तर संसदको बहिस्कार नगरेको स्पस्ट पारे ।
नेकपा एकीकृतका सभासद् परि थापाले अहिलेको सरकार गठन प्रकृयालाई प्रोक्सी मदर को संज्ञा दिए । राष्ट्रपतिलाई उकास्नु गलत भएको उनको भनाई थियो । एकीकृतले पनि बहिस्कार नगरे पनि संसदमा नबसेर वाक आउट गरेको घोषणा गरे ।
नेपाली जनता दलकी सभासद् गायत्री साहले पनि राष्ट्रपतिले कदम फिर्ता लिनु पर्ने माग गरिन । उनले आफ्नो पार्टीले नया प्रधानमन्त्री गठन प्रकृयालाई कुनै समर्थन नगरेको स्पष्ट पारिन । उनले पनि बहिस्कारको घोषणा गरिन ।

 

 माधव नेपाल निर्विरोध प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनको प्रक्रियाअनुसार नेकपा एमालेका नेता माधवकुमार नेपालले मात्र कांग्रेस-एमाले गठबन्धनका तर्फबाट संविधानसभा सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएपछि नेपाल निर्विरोध प्रधानमन्त्री निर्वाचित भएका छन् ।

प्रधानमन्त्री पदका लागि निर्धारित समयसम्म नेपालको मात्र मनोनयन दर्ता भएपछि नेपाल नै निर्विरोध निर्वाचित भएका हुन् । माओवादीले नागरिक सर्वोच्चता कुल्चेर विदेशीको इशारामा नयाँ सरकार गठन गर्न लागेको भन्दै प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया बहिस्कार गरेको थियो । 

एमाले नेता नेपालको प्रस्तावकमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा बसेका छन् । त्यस्तै समर्थकमा एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी जनअधिकार फोरम संसदीय दलका नेता विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत रहेका थिए । 

एकीकृत नेकपा माओवादी नागरिक सर्वोच्चता कुल्चेर नयाँ सरकार गठन प्रक्रिया अघि बढाइएको भन्दै निर्वाचन प्रक्रिया बहिस्कार गर्ने भएको छ। नेपालले विभिन्न २० दल र स्वतन्त्र सभासदको समर्थनसहित मनोनयन दर्ता गराएका हुन् ।

संविधानसभा सदस्यलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस भन्ने प्रस्तावको सूचना दर्ताका लागि बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्मको समय तोकेको थियो । एउटा मात्र प्रस्तावको सूचना दर्ता भएकाले नेपाल प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिने भएको छ। नेपाललाई अपरान्ह ३ बजे बस्ने व्यवस्थापिका संविधानसभाको बैठकमा प्रधानमन्त्री निर्वाचित भएको घोषणा गरिनेछ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: