प्रचण्डद्वारा सम्बोधन, शनिबार नयाँ प्रधानमन्त्रीको चयन गरिने

    कांग्रेस एमाले गठबन्धन र माओवादी नेतृत्वबीच सदन सुचारुको कार्यविधि बारेमा सहमत हुन नसक्दा बिहीबारसाँझसम्म पनि व्यवस्थापिका संसद सुचारु हुन सकेन । बिहीबार साँझसम्म सहमतिको प्रयास भए पनि कुनै निकास नसिस्केपछि सूचना टाँस गरेर स्थगित गरिएको छ । कार्यव्यवस्था समितिको बैठकमा भने शुक्रबार प्रधानमन्त्री प्रचन्डले सम्बोधन गर्ने र शनिबार बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्ने सहमति भएको छ ।कांग्रेस एमाले गठबन्धन र माओवादी नेतृत्वबीच सदन सुचारुको कार्यविधि बारेमा सहमत हुन नसक्दा बिहीबारसाँझसम्म पनि व्यवस्थापिका संसद सुचारु हुन सकेन । बिहीबार साँझसम्म सहमतिको प्रयास भए पनि कुनै निकास नसिस्केपछि सूचना टाँस गरेर स्थगित गरिएको छ । कार्यव्यवस्था समितिको बैठकमा भने शुक्रबार प्रधानमन्त्री प्रचन्डले सम्बोधन गर्ने र शनिबार बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्ने सहमति भएको छ । बिहीबार अपरान्ह ३ बजेका लागि तय भएको व्यवस्थापिका संसदको बैठक सहमति हुन नसक्दा सुचारु हुन नसकेको हो । व्यवस्थापिका संसद सुरु हुनासाथ राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको राजीनामा सम्बन्धि पत्र सभामुखले पढेर सुनाउने कार्यसूचि तय भएको थियो । माओवादीले भने व्यवस्थापिका संसदको बैठक सुरु हुनासाथ कामचलाउ सरकारका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष् पुष्पकमल दाहाल प्रचण्ड ले सम्बोधन गर्न पाउनुपर्ने अडान राखेपछि बैठक सुरु भएन । दिउँसो ३ बजेदेखि प्रमुख दलका शीर्ष नेताहरु संसद चालू गर्ने विषयमा बैठक बसेको थियो । सहमतिको प्रयास असफल भएपछि प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत एमाले नेता माधव नेपालसहित दलका शीर्ष नेताहरु एक/एक गरी बाहिरिएका थिए । छलफलमा सहमति हुन नसकेपछि बाहिरिएका एमाले अध्यक्ष् झलनाथ खनालले सम्बोधनको विषयमा कुरा मिल्न नसकेपछि सहमति हुन नसकेको बताए । सम्बोधनका विषयमा कुरा मिल्न सकेन, तर सहमतिको प्रयास जारी रहन्छ उनले भने ।खनालका अनुसार राष्ट्रपतिका पत्र पढेर सुनाउने,प्रधानमन्त्रीले सम्बोधन गर्ने र प्रधानमन्त्रीको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गर्ने सहमति भएको थियो । प्रधानमन्त्री, सभामुख र प्रमुख सचेतकहरुबीच सहमतिको लामो प्रयासपछि यो निकास निस्केको हो

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: