खाडीको व्यथा

 

– राजेन्द्र श्रेष्ठ 
आज हामी सबै जसो नेपाली युवा शक्ति बेरोजगारीको चेपुवामा बाँच्न बाध्य भएका छौं। हाम्रो देश नेपालमा अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाका कारण ठूला ठूला उद्योगधन्दा र कलकारखानाको विकास हुन सकेको छैन। कृषिको क्षेत्रमा पनि आधुनिकीकरण नभएका कारण उपलब्धीभन्दा लगानी धेरै हुन्छ। आकाशे पानीको भरमा खेती गर्नुपर्ने भएकोले किसानहरूको जीवनस्तर कमजोर छ। उनीहरूको परिश्रम कहिले हावाले, कहिले असिनाले त कहिले खडेरीले सखाप परेको हुन्छ। सँगसँगै देशको राजनीति अत्यन्तै तरल र द्वन्दग्रस्त अवस्थामा रहेको र राज्यको मुलुकलाई औद्योगीकीकरण गर्ने नीति नै नभएको परिवेशमा वैदेशिक रोजगार भन्दा अर्को विकल्प नेपाली युवाका अगाडि छैन। 
अरबका देशहरू मध्ये सबैभन्दा बढी नेपाली कामदार भएको देश साउदी अरब हो। त्यसैगरी यू.ए.ई, कतार, कुबेत, बहराइनमा पनि ठूलै संख्यामा नेपाली कामदारहरू पुगेका छन्। यी देशहरूको धर्म, संस्कृति रितीरिवाज, भाषा, हावापानी सबै मिल्दो जुल्दो छ। करिब ५४, ५५ डिग्रीसम्मको तातोमा काम गर्नुपर्ने नेपाली कामदारको बाध्यता हो। त्यहाँ नेपालीहरू विशेष गरेर उडीको काम गर्नु पर्दछ उडी भन्नाले ड्रटी, डिफिकल्टी र डेन्जर हो। केही नगन्ने मात्रामा राम्रा काम गर्ने नेपाली युवाहरू पनि छन्। उनीहरू सुपरमार्केट, कम्प्युटर, ट्राभल ऐजेन्सी, बैंकिंङ क्षेत्रहरूमा काम गर्दछन्। उनीहरूको तलब सुविधा पनि राम्रै छ। विशेष गरेर ८५ प्रतिशत नेपाली कामदारहरू लेवरको रूपमा काम गर्ने भएको हुंदा उनीहरूको अवस्था निकै दुःखदायी छ। मासिक ५,६ सय रियाल तलब हुन्छ त्यही पनि कतिपय कम्पनीले भनेका समयमा तलब दिंदैन भने कतिपय कम्पनीले खाएर भाग्छन्। उनीहरूको बस्ने कोठाको अवस्था पनि नाजुक हुन्छ। कही कहीं त १५,२० जनासम्म एउटै कोठामा कोचेर राखेको हुन्छ भने कतिपय भेडा चराउने र कृषि फममा काम गर्ने कामदारको लागि त एसीको समेत व्यवस्था गरिएको हुंदैन। यसरी हरेक दुःख कष्ट सहेर काम गर्न बाध्य छन् नेपालीहरू। यस्तो दुःख सहेर काम नगरौं भने पनि सयकडा ४प्रतिशत सम्मको मासिक ब्याजमा अलिकति भएको घरखेत पनि बन्धकी राखेर विदेशिएको हुन्छ त्यही ऋणको चपेटाले गर्दा शरीरले नसकेपनि जबर्जस्ती काम गर्नु परेको हुन्छ। यसरी काम गर्दागर्दै कैयौं कामदारहरूको मृत्यु हुन्छ। झण्डै प्रतिदिन २ वटा भन्दा बढी लास अरबबाट नेपाल आउँछन्। त्यहाँ कतिपय अवस्थामा रोडको नियम नजानेर पनि दुर्घटनामा परेका हुन्छन् भने कतिपय साथीहरू चेतनाको अभावमा लुमा, ज्याक्स जस्ता अखाद्य बस्तु खाएर पनि ज्यान गुमाएका हुन्छन्। हाल अरबमा सबैभन्दा बढी दुःख पाउनेमा कुनै पनि काम नजानेका श्रमिकहरू नै हुन्छन् हामीले जानेको भारी बोक्ने, घाँस काट्ने, धान रोप्ने जस्ता काम त्यहाँ पाइदैन। कुनै न कुनै प्राविधिक कामहरू सिकेको जनशक्तिका लागि मात्र खाडीमा रोजगारीका केही अवसरहरू छन् जस्तैः कम्प्युटर, सेल्समेन, इलेक्ट्रोनिक्स, इलेक्ट्रिसिटी, प्लम्बर, मेसन, कारपेन्टर, पेन्टर यस्ता थुप्रै कामहरू मध्य एक काममा दक्ष हुनै पर्दछ। त्यहाँ आपतविपत पर्‍यो भने सहयोग गर्ने थुप्रै संघ संस्था राजदुताबास आदि हुन्छन्। तिनीहरूको ठेगानाहरू लिएर जानुपर्छ, यसरी अलि धेरै विचार गरेर विदेश वा खाडी देशतिर जानु भएमा तपाईंको समस्या कमी हुन सक्छ तर पूरै समाधान हुन सक्दैन। यदि हाम्रो समस्या पुरै समाधान गर्नको लागि त देशमा राम्रो शासन व्यवस्थामा नै आमूल परिवर्तन हुनपर्दछ। 
नेपाललाई अर्धऔपनिवेशिक तथा अर्धसामन्ती व्यवस्थाबाट मुक्त नगराइकन स्वदेशमा रोजगारका अवसर प्राप्त हुंदैनन्। त्यसकारणले हामी प्रवासमा बस्ने श्रमिक नेपालीहरू पनि राष्ट्र र मुलुकका शोषित र उत्पीडित जनताको मुक्तिका निम्ति सचेत र संगठित हुनु पर्ने आवश्यकता छ, आप्रवासनको समस्या आज विश्वव्यापी छ, भू–मण्डलीकरणले पनि त्यस्तो स्थिति सिर्जना गरेको छ। वर्गीयरूपमा श्रमिक आप्रवासन समस्या एउटा जटिल समस्या हो यो समस्यालाई समाधान गर्ने उपाय समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नुको विकल्प छैन, हामी मजदूरहरू विश्वको जुन कुनामा रहे पनि जनवादी, समाजवादी आन्दोलनको प्रवाहमा जोडिनु पर्दछ त्यति प्रवाहमा नै हाम्रो वास्तविक मुक्तिको दिशानिर्देश भइरहेको हुन्छ। 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: