संसदको अवरोध हटाउने विषयमा सहमति,एकीकृत माओवादीद्धारा संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता

 

संसदको अवरोध हटाउने विषयमा सहमति,एकीकृत माओवादीद्धारा संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता
20th May 2009, Wednesday
ए बि सि समाचार डट् कम् सम्वाददाता    
जेठ ६ , काठमाडौं ।   प्रधानमन्त्री तथा एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संविधान सभाका सभाध्यक्ष सुवास नेम्वाङविच भोलीसम्म संसदको अवरोध हटाउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा संसदमा माओवादीको माग प्रवेश गराउने र संसदको अवरोध हटाउने विषयमा सहमति बनेको हो ।
भेटमा संविधानसभाका सभाध्यक्ष नेम्वाङले संसदको गतिरोध हटाएर नयाँ सरकार गठनको बाटो खोल्न प्रधानमन्त्रीसँग आग्रह गर्नु भएको थियो ।जवाफमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको कदमविरुद्ध एकिकृत माओवादीको प्रस्ताव संसदमा प्रवेश गराए संसदको अवरोध हटाउने प्रतिवद्धता व्यक्त गर्नु भएको स्रोतले जनाएको छ । भेटपछि सभाध्यक्ष नेम्वाङले संसद सूचारु हुनेमा आफु निकै विश्वस्त र आशावादी रहेको बताए ।
संसद सूचारुका केहि आधार तयार भइसकेका छन् केहि आधार आजै तयार भएर संसद सूचारु हुने र नभए पनि भोली सम्म संसद सुचारु हुनेछ सभाध्यक्ष नेम्वाङले भने । आजै आफूले अरुदलसँग पनि छलफल गर्ने सभाध्यक्ष नेम्वाङ्गले जानकारी दिए । 
एकीकृत माओवादीद्धारा संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता
राष्ट्रपति डाक्टर रामवरण यादवको कदम विरुद्ध एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको छ । माओवादीले सेनापति प्रकरणमा राष्ट्रपतिले सरकारी निर्णय विपरित सेनापतिलाई थमौति गर्न दिएको आदेश विरुद्ध आज संकल्प प्रस्ताव दर्ता गराएको हो । 
संकल्प प्रस्तावमा राष्ट्रपतिद्धारा चालिएको कदम अन्तरिम संविधान, नागरिक सार्वोच्चता र अधिकार विहिन राष्ट्रपतिको व्यवस्था विपरित भएकाले त्यो कदम तत्काल फिर्ता लिई संविधान तथा नागरिक सर्वोच्चता कायमको पहल गर्न यो सदन राष्ट्रपतिलाई निर्देशन गर्नुपर्ने उल्लेख छ । 
प्रस्ताव दर्तापछि पत्रकारसँग कुरा गर्दै एकिकृत माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले राजनीतिक सहमति नभएपछि आफ्रनो अधिकार प्रयोग गरेर संकल्प प्रस्ताव दर्ता गरेको वताउनुभयो । राष्ट्रपतिको कदम गम्भिर र दुरगामी असर पार्ने भएकाले अदातलमा विचाराधिन हुदाँपनि संकल्प प्रस्ताव दर्ता गरिएको वताउनुभयो । 
एकिकृत माओवादीका अर्का नेता वर्षान पुन अनन्तले कांग्रेस एमाले गठवन्धनलाई सहयोग गर्ने दलहरुपनि राष्ट्रपतिको कदम विरुद्ध उभिने भएकाले आफुहरुको संकल्प प्रस्ताव वहुमतले पारित हुने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले संकल्प प्रस्ताव छिटो छलफल भए अहिलेकै सरकारले र ढिलो भए अब वन्ने सकारले जवाफ दिने वताउनुभयो । बिहान बालुवाटारमा बसेको सचिवालय बैठकले संकल्प प्रंस्ताव दर्ता गरेर सदन खुलाउने वातावरण तयार गर्ने निर्णय गरेको थियो ।
 बित्रहान मात्रधै प्रधानमन्त्री निवास बालुवाटारमा सदनको गतिरोध अन्त्यको प्रयास र संकल्प प्रस्तावका बारेमा प्रधानमन्त्री र सभाध्यक्षबीच छलफल भएको थियो । 
राष्ट्रपति विरुद्ध महाअधियोग लगाएरदुई तिहाईले पारित भएमा राष्टपतिले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ भने संकल्प प्रस्ताव दर्ता गर्दा बहुमतले पारित हुने प्रावधान छ । तर संकल्प प्रस्ताव बहुमतले पारित भएमा राष्ट्रपतिलाई नै

          प्रधानमन्त्री तथा एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संविधान सभाका सभाध्यक्ष सुवास नेम्वाङविच भोलीसम्म संसदको अवरोध हटाउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा संसदमा माओवादीको माग प्रवेश गराउने र संसदको अवरोध हटाउने विषयमा सहमति बनेको हो ।भेटमा संविधानसभाका सभाध्यक्ष नेम्वाङले संसदको गतिरोध हटाएर नयाँ सरकार गठनको बाटो खोल्न प्रधानमन्त्रीसँग आग्रह गर्नु भएको थियो ।जवाफमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको कदमविरुद्ध एकिकृत माओवादीको प्रस्ताव संसदमा प्रवेश गराए संसदको अवरोध हटाउने प्रतिवद्धता व्यक्त गर्नु भएको स्रोतले जनाएको छ । भेटपछि सभाध्यक्ष नेम्वाङले संसद सूचारु हुनेमा आफु निकै विश्वस्त र आशावादी रहेको बताए ।संसद सूचारुका केहि आधार तयार भइसकेका छन् केहि आधार आजै तयार भएर संसद सूचारु हुने र नभए पनि भोली सम्म संसद सुचारु हुनेछ सभाध्यक्ष नेम्वाङले भने । आजै आफूले अरुदलसँग पनि छलफल गर्ने सभाध्यक्ष नेम्वाङ्गले जानकारी दिए । 

 

               एकीकृत माओवादीद्धारा संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता

राष्ट्रपति डाक्टर रामवरण यादवको कदम विरुद्ध एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको छ । माओवादीले सेनापति प्रकरणमा राष्ट्रपतिले सरकारी निर्णय विपरित सेनापतिलाई थमौति गर्न दिएको आदेश विरुद्ध आज संकल्प प्रस्ताव दर्ता गराएको हो । संकल्प प्रस्तावमा राष्ट्रपतिद्धारा चालिएको कदम अन्तरिम संविधान, नागरिक सार्वोच्चता र अधिकार विहिन राष्ट्रपतिको व्यवस्था विपरित भएकाले त्यो कदम तत्काल फिर्ता लिई संविधान तथा नागरिक सर्वोच्चता कायमको पहल गर्न यो सदन राष्ट्रपतिलाई निर्देशन गर्नुपर्ने उल्लेख छ । प्रस्ताव दर्तापछि पत्रकारसँग कुरा गर्दै एकिकृत माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले राजनीतिक सहमति नभएपछि आफ्रनो अधिकार प्रयोग गरेर संकल्प प्रस्ताव दर्ता गरेको वताउनुभयो । राष्ट्रपतिको कदम गम्भिर र दुरगामी असर पार्ने भएकाले अदातलमा विचाराधिन हुदाँपनि संकल्प प्रस्ताव दर्ता गरिएको वताउनुभयो । एकिकृत माओवादीका अर्का नेता वर्षान पुन अनन्तले कांग्रेस एमाले गठवन्धनलाई सहयोग गर्ने दलहरुपनि राष्ट्रपतिको कदम विरुद्ध उभिने भएकाले आफुहरुको संकल्प प्रस्ताव वहुमतले पारित हुने विश्वास व्यक्त गर्नुभयो l उहाँले संकल्प प्रस्ताव छिटो छलफल भए अहिलेकै सरकारले र ढिलो भए अब वन्ने सकारले जवाफ दिने वताउनुभयो । बिहान बालुवाटारमा बसेको सचिवालय बैठकले संकल्प प्रंस्ताव दर्ता गरेर सदन खुलाउने वातावरण तयार गर्ने निर्णय गरेको थियो । बित्रहान मात्रधै प्रधानमन्त्री निवास बालुवाटारमा सदनको गतिरोध अन्त्यको प्रयास र संकल्प प्रस्तावका बारेमा प्रधानमन्त्री र सभाध्यक्षबीच छलफल भएको थियो । राष्ट्रपति विरुद्ध महाअधियोग लगाएरदुई तिहाईले पारित भएमा राष्टपतिले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ भने संकल्प प्रस्ताव दर्ता गर्दा बहुमतले पारित हुने प्रावधान छ । तर संकल्प प्रस्ताव बहुमतले पारित भएमा राष्ट्रपतिलाई नैतिक संकट मात्र पर्नेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: