राष्ट्रपतिविरुद्ध महाअभियोग चुनौती,संकल्प प्रस्ताव दर्ता गर्न नदिनेमा कांग्रेस एमाले सहमत

व्यवस्थापिका संसदको आजको बैठक पनि नियमित कार्यसूचिमा प्रवेश गर्न सकेन
राष्ट्रपतिविरुद्ध महाअभियोग चुनौती,संकल्प प्रस्ताव दर्ता गर्न नदिनेमा कांग्रेस एमाले सहमत
19th May 2009, Tuesday
ए बि सि समाचार डट् कम् सम्वाददाता    
जेष्ठ ५, काठमाडौं- राष्ट्रपतिको कदम विरुद्ध माओवादीले संसदमा ल्याउने भनेको संकल्प प्रस्ताव माओवादी बाहेकका दलहरुले ल्याउन नदिने निर्णय गरेका छन्। संविधान सभामा प्रतिनिधित्व गर्ने बाईस दलको आज बसेको बैठकले सो निर्णय गरेको हो। 
सिंहदरबारस्थित एमाले संविधानसभा दलको कार्यालयमा बसेको बैठकले संकल्प प्रस्तावको सट्टा पुष्पकमल दाहाललाई प्रधानमन्त्रीकै हैसियतमा संसदमा आफ्नो कुरा राख्न दिन सकिने निष्कर्ष निकालेको छ। संकल्प प्रस्ताव नल्याई राष्ट्रपति डा. रामवरण यादव विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन दलहरुले माओवादीलाई चुनौती समेत दिएका छन्।  
यसैबीच संसदको गतिरोधको विषयमा एकिकृत माओवादी र नेपाली कांग्रेसबीच पनि छलफल भएको छ। माओवादी संविधानसभा दलको कार्यालयमा भएको छलफलमा संकल्प प्रस्ताव ल्याएर माओवादीले नयाँ सरकार गठन गर्न नदिएको धारणा कांग्रेसका नेताहरुले माओवादी समक्ष राखेका थिए। सरकार गठन भन्दा अन्य विषय संसदको अग्राधिकार हुन नसक्ने जिकिर कांग्रेसको थियो।  
जवाफमा माओवादी नेताहरुले राष्ट्रपतिको गैर संवैधानीक काम नसच्चिने हो भने नजिरको रुपमा रहने भएकाले राष्ट्रपतिको कदम सच्चिनुपर्ने अडान दोहोर्‍याएका थिए। छलफलमा माओवादीको तर्फबाट अर्थमन्त्री डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ तथा कांग्रेसबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि सहभागि हुनुहुन्थ्यो।
कांग्रेस एमाले लगायतका दलहरुले माओवादीले संसदमा ल्याउने भनेको संकल्प प्रस्ताव संविधान विपरीत भएको भन्दै अर्को विकल्प खोज्न आग्रह गरेका छन् । एमाले संविधानसभा दलको कार्यालय सिंहदरवारमा भएको ९ दलको बैठकमा यस्तो निर्णय भएको हो । 
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, फोरम र तमलोपा सहित ९ दलको सहभागिता थियो । बैठकमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग सदन सञ्चालन गरेर सरकार गठनको वाटो खोलिदिन आग्रह गर्ने सहमति भएको थियो । यसैबीच सहमतिका लागि भन्दै बसेको काँग्रेस र माओवादीको बैठक भने विना निष्कर्षसकिएको छ । 
माओवादीले संसदमा संकल्प प्रस्ताव लैजान पाउनर्ुपर्ने र काँग्रेसले संकल्पको विकल्प खोज्न आग्रह गरेपछि बैठक निष्कर्षा पुग्न नसकेको हो । राजनीतिक सहमति जुटाउने विषयमा विहान एकीकृत माओवादी र एमालेबीच पनि छलफल भएको थियो । 
तर दुवै दल आ-आफ्ना अडानमा बसेपछि छलफल निष्कर्षा पुग्न सकेन । माओवादीले राष्ट्रपतिको कदम विरुद्ध संकल्प प्रस्ताव लैजाने अडान राखेको छ भने एमालेले संकल्प प्रस्ताव लैजान नहुने अडान राखेको छ । माओवादीले प्रस्ताव लगेर मतदान नै हुनुपर्ने अडान राखेपछि एमालेले मतदान गर्नु राम्रो नहुने भन्दै आफ्ना कुरा सम्बोधन मार्फ् राख्न सुझाव दिएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । जवाफमा माओवादी अध्यक्षले सदन रोक्ने आफ्नो चाहना नभएको र सहमतिका लागि छलफललाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । बैठक पछि माओवादी प्रवक्ता दीनानाथ शर्माले अरु विकल्प भए ल्याउन एमालेलाई आग्रह गरेको जानकारी दिनुभयो । 
यसअघि राष्ट्रपतिको कदम विरुद्ध संसदमा माओवादीको संकल्प प्रस्ताव दर्ता गर्न दिन नहुनेमा नेपाली काँग्रेस र नेकपा एमालेका शर्ीष्ा नेताहरु सहमत भएका थिए । कांग्रेस सभापति गिरिजाप्रसाद कोईराला र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच कानूनविद्हरु समेतको सहभागीतामा विहान भएको छलफलमा माओवादीलाई संकल्प प्रस्ताव ल्याउन नदिने सहमति भएको हो ।
 दुवै नेताले सरकार गठन नै अहिलेको पहिलो आवश्यकता भएकोले सरकार गठन प्रक्रियाले संसदमा अग्राधिकार पाउनु पर्ने भन्दै सबैभन्दा पहिले सरकार गठन हुनु पर्ने र सबै त्यसैमा लाग्नुपर्नेमा जोड दिएका छन् । माओवादीको मागका बारेमा सरकार बनेपछि मात्रै विचार गर्न सकिने भेटमा सहभागी कां

 दुवै नेताले सरकार गठन नै अहिलेको पहिलो आवश्यकता भएकोले सरकार गठन प्रक्रियाले संसदमा अग्राधिकार पाउनु पर्ने भन्दै सबैभन्दा पहिले सरकार गठन हुनु पर्ने र सबै त्यसैमा लाग्नुपर्नेमा जोड दिएका छन् । माओवादीको मागका बारेमा सरकार बनेपछि मात्रै विचार गर्न सकिने भेटमा सहभागी कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले जानकारी दिनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: