सर्वोच्च अदालतलाई राष्ट्रपति कार्यालयद्वारा जवाफ

 
 सरकारबाट हटाइएका प्रधानसेनापति रुक्माङ्गत कटवाललाई काममा र्फकन निर्देशन दिनुको कारणसहितको पत्र राष्टपतिको कार्यालयले आइतबार सर्वोच्च अदालतलाई पठाएको छ ।राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै अदालतमा दायर भएको मुद्दामाथि भएको सुनुवाइपछि अदालतले कारण पेश गर्न भनेकाले राष्ट्रपतिको कार्यालयले जवाफपत्र पठाएको हो ।

पत्रमा सरकारले सहमति र संविधान विपरित प्रधानसेनापति कटवाललाई हटाउन सिफारिस गरेकाले यस्तो कदम चाल्नु परेको उल्लेख गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
सरकारमै सहभागी प्रमुख दलहरुले असहमति जनाउँदा जनाउँदै पनि माओवादीका मन्त्रीहरुले मात्रै प्रधानसेनापतिलाई कारबाहीका लागि सिफारिस गरेकोले नेेपाली सेनाको परमाधिपतिको हैसियतले यस्तो कदम चाल्नु परेको पत्रमा उल्लेख छ ।

गएको बैशाख २४ गते सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यालयलाई १० दिन भित्रमा  कारणसहितको पत्र पेश गर्न भनेको थियो ।

मुद्धाका अन्य विपक्षीहरुले पनि जवाफसहितको पत्र अदालतमा पेश गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: