माओवादीको सक्कली रुप

 
 
Image

भ्रष्टाचारमुक्त कर्मचारीतन्त्रको नारा दिएर हिँड्ने माओवादीको के सक्कली रुप पनि त्यस्तै होला? अर्थमन्त्री बाबुराम भटराईकी पत्नी एवं कामचलाउ पर्यटनमन्त्री हिसिला यमीले प्रमको राजीनामापछि अत्यन्तै संवेदनशील ठाउँमा भ्रष्टाचारमा बद्वनाम भइसकेका व्यक्तिलाई सरुवा गराएकी छन्। नेपालमा उड्ने राष्टिय विमानहरुको सुरक्षा हेर्ने निकाय एयर सेफ्टी विभागको निर्देशकमा पटकपटक भ्रष्टाचारकाण्डमा सजाय पाएका व्यक्ति विनोद गौतमलाई मंगलबार दिउँसो सरुवा गरेकी हुन्। गौतमलाई उनकै अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्रधिकरणको बोर्ड बैठकले भ्रष्टाचार गरेको आरोपमा नसिहत दिने निर्णय गरेको दियो। यस्तो निर्णय गरेको दुई दिनपछि मन्त्री यमी कुन जादूले गौतमको पक्षमा लागिन् भन्ने प्रश्नको उत्तर माओवादीका नाममा ज्यान फालेर हिँडेका त्यहीँका कर्मचारीहरुले नै पाएका छैनन्।
मन्त्री यमी आफैं सहभागी भएर कारबाही गरिएका गौतमबाट दुई दिनमै प्रभावित हुनु र विमान सुरक्षाजस्तो अति नै संवेदनशील स्थानमा सरुवा गर्नुलाई पद छोड्नुअघि घुस बुझेको आरोप कर्मचारी संगठनकै एक नेताले 
लगाएका छन्। उनका अनुसार, सो विभागबाट ६ महिनाअघि भ्रष्ट भनी हिसिलाले नै गौतमलाई हटाएकी थिइन्। गौतम हुन् पनि त्यस्तै। उनले विमानको सुरक्षामा लापरबाही गर्दै विमान सञ्चालकहरुबाट हरेक फाइलमा लाखौँ असुल्छन्। निर्लज्जतापूर्वक पैसा माग्ने उनलाई सञ्चालकहरुकै दबाबमा यसअघि त्यहाँबाट हटाइएको थियो। उनी विमान सुरक्षा विभागको निर्देशक हुँदा भएका लापरबाहीको प्रमाण उनको समयमा भएका विमान दुर्घटनाहरुले पनि दिएका छन्। त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पटकपटक निलम्बन गर्ने र ग्रेड रोक्का गर्ने आदेश मन्त्रालय र प्रधिकरणलाई दिइसकेको छ। विमानका पार्टपुर्जा सप्लाई गर्ने एजेन्सीले राज्यलाई तिरेको दुई हजार डलर राजस्व आफैँ खाएर राजस्व नै दाखिला नगरी उसको लाइसेन्स नवीकरण गरिदिएर बद्वनाम भएका उनलाई इको भिक्टर कलसाइनको टि्वनटर जहाज दुर्घटनाको केसमा अख्तियारले भ्रष्टाचार गरेको ठहर गर्दै निलम्बन र ग्रेड रोक्काको अर्को निर्देशनसमेत दिएको थियो। यिनी तत्कालीन नेकोन एयरको इन्जिनको म्याद गैरकानुनीरुपमा घुस खाई थप गरेर जनताको सुरक्षामा प्रत्यक्ष खेलबाड गर्ने बदमासीमा समेत कारबाहीमा परेका व्यक्ति हुन्। कांग्रेसी नेता दीपकुमार उपाध्यायका नातेदार उनलाई भ्रष्ट आचारणकै कारण स्वयं दीपकुमारले समेत महत्वपूर्ण ठाउँमा सरुवा गर्न अस्वीकार गरेका थिए। दीपकुमारजस्ता व्यक्तिले समेत भ्रष्ट ठहर्या एका गौतमलाई स्वच्छताको नारा दिने यमीले ठूलै रकम हात पारेर लाखौँ लाख स्वदेशी र विदेशी हवाई यात्रुको ज्यान जोखिममा पार्ने गरी सुरक्षाको जिम्मेवारी दिएकी छन्। यस कार्यमा यमीका कार्की थरका निजीसचिवमार्फत पैसा बुझेको माओवादीसम्बद्ध कर्मचारी स्रोतले जनाएको छ। यिनै कार्कीले पत्र तयार गर्ने ठाउँमा आफँै बसेर तत्काल नै पत्र बनाउन लगाई गौतमलाई बोलाएर पत्र बुझ्न लगाएको रोचक दृश्य देखेका प्राधिकरणका कर्मचारीहरुले कार्की र गौतमलाई विभिन्न रेष्टुराँमा केही दिनदेखि एकसाथ देख्दै आएका थिए। पीए कार्की मन्त्री यमीका नाममा एयरपोर्टका ठेकेदारहरुसँग रकम उठाउने काममा समेत बद्वनाम छन्। यिनी आफूलाई माओवादीका पोलिटब्युरो सदस्य राम कार्कीको भाइ भएको बताउँदै हिँड्छन्। यो घटनाले जातेजाते मन्त्री यमीमाथि अर्को बदनामी थपिदिएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: