आगामी सरकार गठन गर्ने कसरत जारी, मधेशी फोरममा तीव्र विवाद

नेकपा एमालेको नेतृत्वमा आगामी सरकार गठन गर्ने कसरत जारी रहंदा मधेशी जनअधिकार फोरमको निर्णयको प्रतीक्षा बडो महत्वका साथ भैरहेको छ।

तर बिहीबार दिनभरी जसो केन्द्रीय समितिको बैठकमा व्यस्त फोरमका एकजना नेताले पार्टी भित्र बरु आफ्नै नेतृत्वको सरकार गठन गर्ने विकल्प माथिको छलफलले प्राथमिकता पाइरहेको बताए।

एमाले नेतृत्वको सरकार गठनमा समर्थन जुटाउन बिहीबार सांझ फोरम सहितका पांच दलको बैठक बस्ने भनिएको थियो।

तर फोरमको आन्तरिक व्यस्तताका कारण नेताहरु अनुपस्थित भएपछि बैठक बस्न सकेन।

बिहीबार बिहान नेपाली कांग्रेसले डाकेको बैठकमा सहभागी नभएको फोरमको केन्द्रीय समितिको बैठक बिहीबार सांझ अबेरसम्म जारी रहेको थियो।

प्रधानमन्त्रीको सम्भावना

मधेशी जनअधिकार फोरमका एकजना केन्द्रीय नेता बीपी यादवले बैठकस्थलबाट आफुहरुले अन्य विकल्पहरुका अतिरिक्त आफ्नै दलको नेतृत्वमा सरकार बन्ने सम्भावनाका बारे पनि छलफल गरिरहेको बताए।

उनले भने, मधेशवादी मोर्चालाई सकृय बनाएको हुनाले र माओवादीको समर्थन आइसकेपछि, माओवादीले सचिवालयबाट जुन निर्णय गरेको छ, त्यो आधारमा मधेशी जनअधिकार फोरमबाट चाहिं प्रधानमन्त्रीका लागि उम्मेदवारी (दिने) सम्भावना बढेको छ, अहिले।

फोरमको बैठकमा एउटा पक्षले एमाले नेतृत्वको गठबन्धनसंग जान हुन्न भन्ने मत राखेको र अर्कोले एकीकृत माओवादीसंग जान नहुने भनिरहेको भएता पनि आफ्नो पार्टीको नेता प्रधानमन्त्री हुने बारेमा भने कसैको पनि दुई मत नरहेको नेता बीपी यादबले बताए।

केन्द्रीय समितिको बैठकमा फोरमका संयोजक उपेन्द्र यादवले हाल सत्ता समीकरणको दुई पाटोमा रहेका पक्षहरुलाई सरकारमा सामेल भएर वा नभएर समर्थन गर्ने समेतका विभिन्न पांच विकल्प प्रस्तुत गरेको बताइएको छ।

समर्थन

बिहीबार बिहान नेपाली कांग्रेसले डाकेको बैठकमा फोरम , तमलोपा र सद्भावना पार्टी संलग्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको फोरम बाहेकका अन्य दुई घटकले एमाले नेतृत्वको सरकार गठनमा समर्थन जनाउने निर्णय गरेका थिए।

उनीहरु माओवादीको नेतृत्वको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा मधेशका मुद्दाहरुप्रति व्यक्त प्रतिबद्धतालाई नयां बन्ने गठबन्धनले पनि पालना गर्ने वचन पाएपछि आफ्नो समर्थन दिन तयार रहेका थिए।

एमाले नेतृत्वमा गठबन्धन सरकार बनाउन लागिपरेका दलहरुले मधेशी जनअधिकार फोरमलाई पनि त्यही प्रतिबद्धतामा विश्वास गरेर समर्थन दिन आह्वान गरेका थिए।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: