सरकार गठनका लागि सत्र दलको सहमति

आगामी सरकार गठनका लागि नेकपा (एमाले)को आहृवानमा आज साँझ नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने १७ दलको बैठकले एमाले  नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन गर्न सहमति जनाएको छ ।

 

 संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आफ्नो आन्तरिक बैठकमा व्यस्त भएका कारण सो बैठकमा उपस्थित हुन नसकेकाले बैठकले औपचारिक निर्णय गर्न नसकेको  नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले बैठकपछि पत्रकारलाई बताउनुभयो ।

 

 उहाँले एकीकृत नेकपा माओवादी र एकाध दलबाहेक अन्य सबै दलको र्समर्थन नेपाललाई छ भन्नुभयो ।

 

 बैठक भोलि पनि चल्ने उपसभापति पौडेलले जानकारी दिनुभयो । राष्ट्रपतिविरुद्ध माओवादीले चलाएको अभियानलाई सबै दलले निन्दा गरेको र त्यसको विरोधमा जनतामा स्पष्ट कुरा लिएर जानुपर्छ भन्ने दलहरुको विचार रहेको नेता पौडेलले उल्लेख गर्नुभयो

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: