भारतीय सञ्चारमाध्यमप्रति चीनको आपत्ति

नेपालको आन्तरिक राजनीतिमा चीनले हस्तक्षेप गरेको भन्ने भारतीय सञ्चारमाध्यमको आरोपलाई लिएर चीनले आपत्ति जनाएको छ । “त्यस्ता समाचारहरु हल्लामात्रै हुन्”- चीनको परराष्ट्र मन्त्रालयका प्रवक्तामा ज्हाजुले मङ्गलबार पत्रकार सम्मेलनमा भने- “अन्य मुलुकको राजनीतिमा चीन सरकारले कहिल्यै हस्तक्षेप गर्दैन ।”

 

छिमेकी मुलुकको हैसियतले नेपालमा सबै दलले मिलेर काम गरून् भन्ने चीनको चाहना रहेको उनले स्पष्ट पारेका छन् । “चीनले जहिल्यै पनि नेपालमा शान्ति, प्रगति र राजनीतिक स्थिरता होस् भन्ने चाहन्छ”- पछिल्लो राजनीतिक घटनाक्रममा चीनले “अनावश्यक” चासो राखेको भन्ने केही भारतीय सञ्चारमाध्यमका समाचार खण्डन गर्दै माले भने ।

 

“भारतले प्रधानसेनापतिलाई हटाउने प्रधानमन्त्री पुष्पकमल दाहालको अवैधानिक प्रयासलाई रोक्न लाग्दा चीनले सेनापतिमाथि कारबाही अगाडि बढाउन दाहाललाई समर्थन दिइरहेको थियो”- भारतबाट प्रकाशित हुने “टाइम्स अफ इण्डिया” ले गत शनिबारको अङ्कमा लेखेको छ- “माओवादीले हतियार नछोडेमा आफूले साथ दिइरहने प्रतिबद्धता पनि चीनले दाहाललाई दिएको छ ।”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: