एमालेद्बारा नेतृत्वका लागि समर्थन र सहयोग जुटाउन कसरत जारी

काठमाडौं – सरकारको नेतृत्वका लागि पहल जारी राखेको नेकपा एमालेले मंगलबार दिनभर अब बन्ने नयाँ सरकारको समर्थन र सहयोग जुटाउन कसरत जारी राख्यो । कांग्रेसले नेकपा एमालेलाई सरकार गठन गर्न आग्रह गरेलगत्तै एमालेले सरकार गठनका लागि बहुमत जुटाउन कसरत सुरु गरेको हो ।

 राष्ट्रपतिले दिएको समयसीमा भित्र राष्ट्रिय सहमतिको सरकार गठन गर्न नसकेपछि एमालेले बहुमतका आधारमा सरकार गठनको प्रयास गरेको हो । पार्टीका तर्फबाट पूर्व महासचिव एवं वरिष्ठ नेता माधव नेपाललाई सरकारको नेतृत्व गर्न सर्वसम्मत सिफारिस गरेपछि स्वयं नेपालले अन्य दलहरुसँगको छलफललाई जारी राखेका हुन् । 
मंगलबार एमालेले संविधानसभाको सबभन्दा ठूलो दल माओवादीबाहेकका दलहरुसँग आन्तरिक र बहुपक्षीय छलफल जारी राख्यो । एमालेलाई समर्थन जुटाउन यसअघिसम्म प्रतिपक्षीको भूमिकामा रहेका कांग्रेस पनि दिनभर छलफलमा ब्यस्त रह्यो ।
एमाले नेतृत्वमा सरकार एमाले काग्रेससहित मधेशवादी मोर्चाको पूर्ण समर्थन रहेमात्र सरकार गठनका लागि एमालेलाई बहुमत प्राप्त हुन्छ । काग्रेसको ११३ एमालेको १०९ र मधेशवादी मोर्चाको ८३ सिट जोड्दा ३०५ अर्थात सामान्य बहुमत मात्र हुन्छ । मंगलबार एमाले काग्रेस सहितको बैठकमा मोर्चासंग  यसअघि भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपपछि एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेर गएको हो ।

मधेशवादी दलका साथै साना १८ दलले पनि एमाले नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्ने आश्वासन दिएका छन् । यद्यपि नेपाली जनता दल नेकपा संयुक्तलगायतका दलले भने माओवादी नेतृत्वमा सरकार बने पनि सहयोग गर्ने आश्वासन माओवादीलाई दिइसकेका छन् । यता माओवादीलाई भने बहुमत पुर् याउन फोरमसहित केही साना दलले सहयोग गरे पुग्छ तर फोरमसहित मधेशी मोर्चाले सर्तसहितको प्रस्ताव अघि सारेका  छन् । 
ुमोर्चाले राखेको प्रस्तावमा एमाले र माओवादी दुबै सकारात्मक रहे कसलाई सहयोग गर्नहुन्छु भन्ने दैनिकीले गरेको प्रस्तावमा मोर्चामा सम्बद्ध सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले अहिलेको अवस्थामा माओवादीलाई समर्थन गर्ने सम्भाबना कम रहेको धारणा राखे ।
उनका अनुसार माओवादी सरकारले यसअघि मोर्चासँग भएको सहमति कार्यान्वयन अनुगमन समिति गठनका लागि पटक-पटक गरेकेा प्रयासमा माओवादीले नै सहयोग नगरेको आरोप लगाए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: