इटहरीमा मामाले पिट्दा भान्जा मारे, इलाममा बाबुले आफ्नै छोरीको हत्या

 
इटहरी – स्कूल जान नमानेकोभन्दै पिट्दा मामाको कुटाइबाट भान्जाको मृत्यु भएको छ । इटहरी ५ का मामा कुमार दमाईले भान्जा सुशन रणतयलीलाई स्कुल जान अह्राउँदा नमानेपछि कुटपिट गरेका थिए ।
मामाको कुटाईबाट टाउकोमा गम्भीर चोट लागेका रणतयलीको इटहरीस्थित सामुदायिक उपचार केन्द्रमा उपचार हुदै गर्दा मंगलबार बिहान मृत्यु भएको इटहरी प्रहरीले जानकारी दिएको छ । अत्याधिक रगत बगेपछि १२ वर्षीय रणतयलीको ज्यान गएको प्रहरीले जनाएको छ ।
भान्जालाई मरणासन्न हुने गरी कुट्ने मामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी नियन्त्रणमा रहेका कुमारले स्कुल जान नमानेपछि आफूले धकलेको र भान्जा बाटोमा लडेको बयान दिएका छन् ।  
बाबुले छोरी मारे
यसैगरी, इलामको दानाबारीमा मंगलबार एक बाबुले आफ्नै छोरीको हत्या गरेका छन् ।  इलाम दानाबारी ३ का हरिप्रसाद चौलागाईले आफ्नी १८ महिनाकी छोरी एलिना चौलागाइलाई खोलाको बगरमा पछारेर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चौलागाईलाई तत्कालै पक्राउ गरी अनुसन्धान थालेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: