प्रचण्डद्वारा दूत पठाउन गरेको आग्रह भारतले अस्वीकार गरेको खुलासा

प्रधानसेनापति प्रकरणमा उत्पन्न राजनीतिक संकट अन्त्यका लागि भारतीय उच्च दूत पठाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  गरेको आग्रह भारतले अस्वीकार गरेको खुलासा भएको छ ।भारतको अंग्रेजी दैनिक द हिन्दुसंगको अन्तर्वातामा प्रधामन्त्री दाहालले आफूले अन्तिम समयमा जरुरी सन्देश नयाँ दिल्ली पठाएपनि चुनावको कारण देखाउँदै नेपालमा उच्च दूतको उपस्थिती सम्भव नभएको भारतीय राजदूत राकेश सुदले जवाफ दिएको बताएका छन् । नेपालको संकट अन्त्य गर्न दिल्लीले मौका गुमायो शीर्षकमा द हिन्दुको सोमवारको अंकमा प्रथम पृष्टमा प्रकाशित समाचार अनुसार भारतीय विदेश सचिव शिवशंकर मेनन वा त्यतिकै विशिष्ठ अधिकारीलाई  नेपाल पठाउन आफूले आग्रह गरेका दाहालले बताएका छन् । उनले भारतको उक्साहटमा एमालेले अन्तिम समयमा सेनापति प्रकरणमा धारणा बदलेको आरोप लगाएका छन् । चीन प्रति नेपालको झुकाव बढेको भारतको गलत बुझाई रहेको भन्दै दाहालले त्यही धारणाले सेनापति प्रकरणमा रंग लगाएको टिप्पणी गरेका छन् । तिब्बत मामलालाई लिएर नेपालमा चीनको चासो बढेको दाहालको भनाइ छ । नेपालमा चीनको कुनै पनि प्रतिनिधिमण्डल आफ्नो निम्तोमा नआएको उनले भनेका छन् ।  नेपालका अन्य दल र भारतसंग छलफल नगरी चीनसंगको नयाँ मैत्री सन्धी नगर्ने पक्षमा आफूहरु रहेको पनि उनले आफ्नो अन्तर्वातामा स्पष्ट पारेका छन् । सेनापति थमौति गर्ने राष्ट्रपतिको कदम फिर्ता नभए माओवादी विपक्षमा बस्ने दाहालले बताएको उक्त समाचारमा उल्लेख छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: