माधवकुमार नेपाललाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तावित

 

तेश्रो ठूलो दल नेकपा एमालेले आफ्ना वरिष्ठ नेता माधवकुमार नेपाललाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्दै आफ्नो पक्षमा बहुमत जुटाउन राजनीतिक छलफललाई तीव्र बनाउने निधो गरेको छ।
एमाले केन्द्रिय कमिटीको आइतवार साँझ सकिएको बैठकले औपचारिक रुपमा नेता नेपाललाई प्रधानमन्त्रीको रुपमा अघि सारेको हो।
एमाले सचिव शंकर पोखरेलले भने, हाम्रो पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र त्यो अवसर आएमा वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मेवारी दिने निर्णय गरियो।
राष्ट्रपति डा.रामबरण यादवले आइतवार गरेको आव्हान अनुसार, अब संविधानसभा व्यवस्थापिका संसदमा हुने चुनावबाट प्रधानमन्त्री छानिने छन्।
पाँचदिने म्यादभित्र दलहरुले सहमतिको सरकार बनाउन नसके पछि राष्ट्रपतिले संविधानको अर्को व्यवस्था अनुसार प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाउन संसदलाई पत्र लेखेका हुन्।
तर एकिकृत नेकपा माओवादी संसदमा आफूले गरिरहेको अवरोध हटाउन तयार नभइसकेकाले सरकार गठनको बाटो खुलि सकेको छैन।
माओवादीले रोष्टम घेरेकाले आइतवार पनि संविधानसभा व्यवस्थापिका संसदको बैठक मंगलवारसम्मको निम्ति स्थगित भएको छ।
समर्थनको खोजी
दोश्रो ठूलो दल नेपाली कांग्रेसको समर्थन पाएको तेश्रो ठूलो दल एमालेलाई आफ्नो नेतृत्वमा सरकार बनाउन अन्य दलहरुको समर्थन आवश्यक पर्नेछ।
अन्य दलको समर्थन जुटाउन र संसदको अवरोध हटाउने विषयमा ती दुवै दलका शीर्ष नेताहरु बीच एमाले कार्यालयमा बैठक भएको थियो।
एमाले नेता पोखरेल भन्छन्, ती विषयमा द्विपक्षिय, बहुपक्षिय र सर्वदलीय छलफल अगाडी बढाउने निर्णय भयो।
सबै भन्दा ठूलो दल माओवादीले नयाँ सरकार गठनको निम्ती आफ्नो नेतृत्वको सरकारले हटाएका प्रधानसेनापतिलाई काम गरिरहन राष्ट्रपतिले दिएको निर्देशन फिर्ता हुनु पर्ने पूर्व शर्त अघि सारेको छ।
एमालेले प्रधानसेनापति हटाउने सरकारको कदमलाई असम्वैधानिक भनि निर्णय गरेको बताउँदै सचिव पोखरेलले राष्ट्रपतिको कदमलाई भने राजनीतिक परिस्थितिको उपजको रुपमा लिएको जनाएका छन्।
कांग्रेसले राष्ट्रपतिको कदमको खुलेरै समर्थन गरिसकेको छ।
प्रमुख दलहरुको परस्पर विरोधी अडानका कारण राजनीतिक संकट झनै बढ्ने आशंका छ।

तेश्रो ठूलो दल नेकपा एमालेले आफ्ना वरिष्ठ नेता माधवकुमार नेपाललाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्दै आफ्नो पक्षमा बहुमत जुटाउन राजनीतिक छलफललाई तीव्र बनाउने निधो गरेको छ।

एमाले केन्द्रिय कमिटीको आइतवार साँझ सकिएको बैठकले औपचारिक रुपमा नेता नेपाललाई प्रधानमन्त्रीको रुपमा अघि सारेको हो।एमाले सचिव शंकर पोखरेलले भने, हाम्रो पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र त्यो अवसर आएमा वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मेवारी दिने निर्णय गरियो।राष्ट्रपति डा.रामबरण यादवले आइतवार गरेको आव्हान अनुसार, अब संविधानसभा व्यवस्थापिका संसदमा हुने चुनावबाट प्रधानमन्त्री छानिने छन्। पाँचदिने म्यादभित्र दलहरुले सहमतिको सरकार बनाउन नसके पछि राष्ट्रपतिले संविधानको अर्को व्यवस्था अनुसार प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाउन संसदलाई पत्र लेखेका हुन्। तर एकिकृत नेकपा माओवादी संसदमा आफूले गरिरहेको अवरोध हटाउन तयार नभइसकेकाले सरकार गठनको बाटो खुलि सकेको छैन। माओवादीले रोष्टम घेरेकाले आइतवार पनि संविधानसभा व्यवस्थापिका संसदको बैठक मंगलवारसम्मको निम्ति स्थगित भएको छ।

समर्थनको खोजी

दोश्रो ठूलो दल नेपाली कांग्रेसको समर्थन पाएको तेश्रो ठूलो दल एमालेलाई आफ्नो नेतृत्वमा सरकार बनाउन अन्य दलहरुको समर्थन आवश्यक पर्नेछ। अन्य दलको समर्थन जुटाउन र संसदको अवरोध हटाउने विषयमा ती दुवै दलका शीर्ष नेताहरु बीच एमाले कार्यालयमा बैठक भएको थियो। एमाले नेता पोखरेल भन्छन्, ती विषयमा द्विपक्षिय, बहुपक्षिय र सर्वदलीय छलफल अगाडी बढाउने निर्णय भयो। सबै भन्दा ठूलो दल माओवादीले नयाँ सरकार गठनको निम्ती आफ्नो नेतृत्वको सरकारले हटाएका प्रधानसेनापतिलाई काम गरिरहन राष्ट्रपतिले दिएको निर्देशन फिर्ता हुनु पर्ने पूर्व शर्त अघि सारेको छ। एमालेले प्रधानसेनापति हटाउने सरकारको कदमलाई असम्वैधानिक भनि निर्णय गरेको बताउँदै सचिव पोखरेलले राष्ट्रपतिको कदमलाई भने राजनीतिक परिस्थितिको उपजको रुपमा लिएको जनाएका छन्। कांग्रेसले राष्ट्रपतिको कदमको खुलेरै समर्थन गरिसकेको छ। प्रमुख दलहरुको परस्पर विरोधी अडानका कारण राजनीतिक संकट झनै बढ्ने आशंका छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: