जर्मनीमा नेपाल दिवस

सभासद डा. स्टेफान अाइसेलले नेपालको वर्तमान प्रजातान्त्रिक अभ्यासले छिट्टै नै स्थाइत्व पाउने बाताएका छन । जर्मन नेपाल मैत्रीसंघले “नेपाल दिवसका” अवसरमा आयोजना गरेको सम्वृद्ध नेपाल हाम्रो सपना नामक अन्तर्कृया कार्यक्रममा उनले सो कुरा बाताएका हुन ।

 

उनले छ दशक देखी जर्मनिले गरेको प्रजातान्त्रिक अभ्यास स्मरण गर्दै भने- म नेपालमा भइरहेको लोकतान्त्रिक अभ्यासले छिट्टैनै निकासा पाउने कुरामा आशबादी छु । कार्यक्रममा बोन शहरका मेयर पिटर फिङेरले भने -हामी जर्मनीहरुले नेपाल र नेपालीलाई अती नै माया गर्छौ , हाम्रो विश्वाश छ नेपालमा सबै राजनीतिक शक्तीहरु फेरी पनि समग्र हितका लागि एउटै थालोमा उभिने छन र हामीले माया गर्ने एउटा सुन्दर भूमिको सुन्दर भबिश्य कोर्नेछन । कार्यक्रममा संस्थासँग आबद्ध कारीब एक सय असी जना सदस्यहरुको शाहभागीता थियो ।

 

जर्मन नेपाल मैत्री संघले हरेक बर्ष आफ्नो स्थापना दिनको अवसर पारेर नेपाल दिवस मनाउदै आइरहेको छ । आजभन्दा ४२ बर्ष अघी स्वर्गिय प्रेयर मारले ८ जना सदस्यबाट सुरुगरेको यो संस्थामा अहिले ८ सय जना सदस्य रहेका छन । दुई देशको सम्बन्ध बिस्तारमा पुलको काम गर्ने यो संस्थाले नेपालको दुर्गाम भेकमा बिभिन्न बिकासमुलक कामका साथै सान्स्कृतिक उत्थानमा सहयोग पुर्याउदै आइरहेको छ । संस्थाका अध्यक्ष राम प्रताप थापा, जो बोन स्थित नेपाली महाबाणिज्यदुत तथा एनआरएनका उपाध्यक्ष हुन । भन्छन- यो संस्थाले खासमा यहाँबाट नेपाल जाने पर्यटकहरुलाई नेपाल सम्बन्धी जानकारी दिने गर्दछ । उनका अनुसार संस्थाले वार्षिक रुपमा नेपाल दिवस लगायत नेपालमा काम गर्ने जर्मनिका बिभिन्न गैर सरकारी संस्थाहरुसँग अन्तरकृया गर्नुका साथै हिमालयन दिवस आयोजना गर्दछ ।

 

कार्यक्रममा डा थोमस डोहनेले भने- नेपालमा जातिय समस्याले ठुलो खतरा निम्त्याउन सकेने बताए । उनले भने सरकारअले ल्याउने कार्यक्रमा बाहुनहरुको मात्र प्रतिनिधित्व हुने गरेको छ । त्यसमा समायोजन हुनु पर्दछ । अर्का बक्ता योखिम केन्नेवेग ले मानव अधिकार र सुरक्षाको स्थिती मा सुधार नहुनु चिन्ताजनक रहेको बताए । संस्थाका अध्यक्ष थापाले नेपाल पूर्ण रुपमा शान्ति र स्थाइत्वको प्रतिक्षामा छ जसका लागि राजनैतिक दलहरुले प्रतिवध्धता जनाउनु पर्ने बताए । उनले एनआरएनलाई नेपालको सामाजिक र आर्थिक बिकासमा सहयोगी बन्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: