प्रचण्डद्वारा सरकार गठनका लागि सभासद् किनबेचको खेल सुरु भएको आरोप

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि संसदवादी भनिने दलहरु मान्छे किनबेचमा लागेको आरोप लगाएका छन ।´आज बिहानै एक जना नेताले मलाई भेटेर करोडौं रुपैयाँमा सभासद् किनबेच हुन थालेकाले आफूलाई पनि समस्या परेको बताए´ उनले बसन्तपुरमा आयोजित एक कार्यक्रममा भने ।

आफुले भावनामा आएर राजिनामा दिएको र सेनापतिलाई कारवाही प्रकृया थालेको नभई नागरिक सर्वोच्चताका लागि मात्र आफूले निर्णय गरेको उनको भनाई थियो ।

एमाले र काग्रेस प्रति इंगित गर्दै माओवादी अध्यक्ष दाहालले सैनिक सर्वोच्चता चाहनेहरु ज्ञानेन्द्रपथमा उभिएको आरोप लगाए । विदेशीको दलालि गरेर सत्ता प्राप्त गर्ने प्रयासमा केही दल लागिपरेकेा उनको भनाई थियो ।

´माओवादीलाई नै सरकार देउ´

यसैबीच उनले शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन माओवादीको नेतृत्वमा नयाँ राष्ट्रिय सरकार बन्नु पर्ने प्रस्ताव गरेका छन ।

एबीसी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनल नयाँ संविधान लेखन र शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीको नेतृत्वमा सरकार बन्नुको कुनै विकल्प नभएको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेसहितका राजनीतिक दलहरुप्रति संकेत गर्दै प्रचण्डले उनीहरुको अस्थिरता र परनिर्भरताप्रति आक्रोश प्रकट गरेका छन । विरोधीहरुलाई सजिलो बनाइदिन आफूले राजीनामा नगरेको भन्दै नागरिक सर्वोच्चता स्थापित नभएसम्म नयाँ सरकार गठनको प्रक्रिया सुरु नहुने उनको भनाई थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: