‘राष्ट्रपतिको खोटो कदम प्रधानमन्त्रीको खोटो नियत’

 
 
 
 
 
काठमाडौँ, वैशाख २५ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटीले सरकार गठनसम्बन्धी औपचारिक निर्णय शनिबार गर्ने भएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय मदननगर, बल्खुमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले आˆनै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको पहल गर्नुपर्ने राय व्यक्त गरेका छन् ।

पार्टी अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा सुरु भएको बैठकले शनिबार सरकार गठनसम्बन्धी निष्कर्ष निकाल्ने अनि पार्टी स्थायी कमिटीको विस्तार र पोलिटब्युरोको निर्वाचनसमेत गर्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । अधिकांश सदस्यले एमालेको नेतृत्वमा सहमति जुटाइ राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने प्रक्रियालाई तीव्रता दिनुपर्ने सुझाव दिएको महासचिव ईश्वर पोखरेलले बताउनुभयो ।

शुक्रबार अध्यक्ष खनालले प्रधानसेनापतिलाई सोधिएको

स्पष्टीकरण प्रकरण, माओवादी नेतृत्वको सरकारबाट हट्ने पार्टीको निर्णयलगायतका घटनाक्रम तथा पार्टीले गरेका छलफल र पहलहरूबारे केन्द्रीय कमिटीलाई जानकारी दिनुभएको थियो ।

त्यस्तै, महासचिव पोखरेलले साङ्गठनिक कामको बाँडफाँडसम्बन्धी जानकारी दिनुभएको थियो ।

यसपछि सुरु भएको छलफलमा भाग लिन नाम लेखाएकामध्ये साढे दुई दर्जनजतिले आˆना राय व्यक्त गर्नुभएको र बाँकी २७ जनाले शनिबार राय व्यक्त गरेपछि राष्ट्रिय सरकार गठनसम्बन्धमा औपचारिक धारणा तय गरिने सचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार छलफलमा भाग लिनुभएका अधिकांश सदस्यको विचार मुलुकमा सरकारविहीनताको अवस्था लामो समय राख्न हुँदैन भन्ने थियो ।

सरकार सञ्चालनमा माओवादी नेतृत्व असफल भएको अनि शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण गर्नुपर्ने जिम्मेवारीका सन्दर्भमा एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसलाई पनि सहभागी बनाउँदै आˆनै नेतृत्वमा

राष्ट्रिय सरकार बनाउनुपर्ने अधिकांशको राय आएको केन्द्रीय सदस्य योगेश भट्टराईले बताउनुभयो ।

बैठकमा पार्टी उपाध्यक्ष तथा माओवादी नेतृत्वको सरकारका उपप्रधानमन्त्री रहनुभएका बामदेव गौतमले चाहिँ यसअगाडि आफूले सार्वजनिक गरेको धरणामै अडान दोहोर्‍याउँदै सरकारबाट फिर्ता हुने निर्णय गलत रहेको विचार व्यक्त गर्नुभएको भट्टराईले जानकारी दिनुभयो ।

‘उपाध्यक्ष गौतमले सरकारबाट हट्नु उचित थिएन भन्ने अडान बैठकमा राख्नु स्वाभाविक हो, बैठकले छलफलका आधारमा निर्णय गर्छ र त्यो निर्णय सबैलाई स्वीकार्य हुनेछ’ महासचिव पोखरेलले भन्नुभयो ।

शनिबार राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी निष्कर्ष निकालेपछि बैठकमा पोलिटब्युरोको निर्वाचन हुनेछ । पोलिटब्युरो ३९ सदस्यीय हुनेछ ।

यसैगरी, यो यही बैठकले नयाा संविधानको प्रारूपमा छलफल गर्ने तथा सरकारको काम र संविधानसभा उपनिर्वाचनको समीक्षा पनि गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

राससका अनुसार बैठकमा केन्द्रीय सदस्यले राष्ट्रपतिको सेनासम्बन्धी पछिल्लो निर्देशनलाई असल नियतका साथ गरिएको खोटो कदम र प्रधानमन्त्रीको प्रधानसेनापतिलाई अवकाश दिने निर्णयलाई खोटो नियतले गरिएको एकलौटी कदमको संज्ञा दिएका थिए ।

बैठकमा उपाध्यक्ष वामदेव गौतमले एकीकृत नेकपा -माओवादी)लाई छोडेर सरकार बनाइएमा संविधान निर्माण गर्न र शान्ति प्रक्रिया अधुरै रहने बताउादै सेनापति प्रकरणमा स्थायी समितिको निर्णयप्रति आफूले लेखेको “नोट अफ डिसेन्ट” निर्णयका लागि प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा केही सदस्यले बृहत् शान्ति सम्झौता र १२ बुादे सहमतिलाई नयाा ढङ्गले परिमार्जन गरेर अघि बढ्नुपर्नेसमेत तर्क राखेका थिए । बैठकले विगतमा स्थायी समितिले गरेका निर्णय अनुमोदन गरेको थियो । बैठक भोलि बिहान ११ः०० बजे बस्नेछ ।

यसैगरी, राससका अनुसार राष्ट्रपति डा.रामवरण यादवले भोलि वैशाख २६ गते राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरूलाई आहृवान गर्नुभए पनि सो समयावधिमा सरकार गठन हुन नसक्ने सम्भावना बढेको छ ।

नेपाली काङ्ग्रेसको प्रस्तावमा सरकारको नेतृत्व गर्ने भनी चर्चा पाएको नेकपा -एमाले)को केन्द्रीय कमिटीको बैठक जारी रहेको तथा नयाा सरकार गठनका लागि निणर्ायक मानिएको मधेसी जनअधिकार फोरम नेपालको अधिकारिक धारणा नआइसकेकाले सरकार गठनको काम लम्बिनसक्ने देखिएको हो ।

दलहरूबीच राष्ट्रिय सरकार गठनका लागि पर्याप्त छलफल भइनसकेकाले सबै दलको सहमतिमा राष्ट्रपतिसाग सरकार गठनका लागि अनुरोध गरी थप समयावधि बढाउनुको विकल्प नरहेको एमालेका सचिव शङ्कर पोखरेलले बताउनुभयो ।

सबै समस्याको निकास दिने थलो व्यवस्थापिका-संसद् भएकाले मुलुकमा देखिएको राजनीतिक अन्योल समाप्त गर्न र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संसद् सञ्चालनका लागि प्रधानमन्त्रीले बाटो खोल्नु नै अहिलेको उपयुक्त निकास हुने एमालेका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताउनुभयो ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: